काठमाडौँ: नबिल बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ।
मंसिर १९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८१/८२ सम्मको वितरणयोग्य मुनाफाबाट आफ्ना शेयरधनीलाई १२.५० प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने घोषणा गरेको हो।
उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपश्चात बैंकको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ।


