काठमाडौँ- महालक्ष्मी विकास बैंकले महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२३ का विजेताहरुलाई पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ। जेठ २० गते शनिबार देखि २२ गते सोमबारसम्म इमाडोलस्थित बलपार्क इन्डोर क्रिकेटमा सम्पन्न प्रतियोगितामा प्राइम कमर्सियल बैंक पहिलो हुँदा माछापुच्छ्रे बैंकले द्वितीय भयो।
प्रतियोगितामा विभिन्न बैंक तथा वित्तीय संस्थाका १६ टिमले सहभागिता जनाएका थिए। विजेतालगायतलाई नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर बमबहादुर मिश्र र महालक्ष्मीका अध्यक्ष राजेश उपाध्याले संयुक्त रूपमा पुरस्कार प्रदान गरे।
प्रतियोगितामा उत्कृष्ट फिल्डर एनआईसी एसिया बैंकका सञ्जय गिरी, उत्कृष्ट विकेट-किपर एनआईसी एसिया बैंकका रितेश अधिकारी, उत्कृष्ट बलर कामना सेवा विकास बैंकका छितेन दोर्जे शेर्पा र उत्कृष्ट ब्याट्सम्यान कामना सेवा विकास बैंकका समीर थापा क्षेत्री भए।
उत्कृष्ट खेलाडी प्राइम कमर्सियल बैंकका क्रितार्थ शाक्यलगायत ३१ खेलमा उत्कृष्ट खेल प्रर्दशन गर्ने खेलाडीहरुलाई म्यान अफ दि म्याचको ट्रफी प्रदान गरिएको छ।
कार्यक्रममा बोल्दै मिश्रले सामूहिक खेलले बैंक तथा वित्तीय संस्थाहरुबीच भाइचारा बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।महालक्ष्मीका उपाध्यायले प्रतियोगितामार्फत कर्मचारीमा टिमवर्कको भूमिका प्रष्ट पार्न मद्दत पुर्याउने अपेक्षा गरिएको बताए।
२९औं वर्षमा प्रवेश गरेको अवसरमा महालक्ष्मीले भविष्यमा अझ सरल, सहज र विश्वसनीय बैंकिङ सेवाको पहुँच सबै नागरिकसम्म पुर्याउने काममा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।


