२०८३ कार्तिक १६ गते आईतबार

भिसिट भिसामा पूर्वगृहमन्त्री रमेश लेखकबारे अख्तियार– अनुसन्धान जारी छ

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, मङ्सिर २५
ramesh_lekhak1

काठमाडौँ: भिजिट भिसाका नाममा मानव तस्करी हुने घटनामा तत्कालिन गृह प्रशासनको संलग्नता रहेको आरोप लागे पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालिन गृहमन्त्री रमेश लेखकसमेतलाई छाडेर ७ जनाविरुद्ध मुद्दा दायर गरेको छ। अख्तियारले सेटिङ मिलाएर अवैध रकम असुलेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बहालवाला सहसचिव तथा तत्कालिन प्रमुख अध्यागमन अधिकृत तीर्थराज भट्टराईसहित ७ जना २ वटा कम्पनीविरुद्ध बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको छ।

यस प्रकरणमा तत्कालिन गृहमन्त्री लेखकको नाम पनि जोडिएको छ। भिजिट भिसामा खाडी जाने नेपालीसँग जनही ५० हजार र युरोप जानेसँग ३ लाख रुपैयाँ लिने गरेको र उक्त रकम गृह मन्त्रालयका उच्च अधिकारीसम्म नै बाँडफाँट हुने गरेको आरोप लागेको थियो। घुस र कमिसनको चक्करमा गृहमन्त्री नै लागेको भन्दै राजनीतिक तहमा उनले राजीनामा दिनुपर्ने माग राखेका थिए। गृहमन्त्री लेखककै दल नेपाली कांग्रेसका नेता शेखर कोइरालाले त्यसवेला नैतिकताका आधारमा राजीनामा दिन लेखकलाई सुझाव दिएका थिए भने विपक्षी दलहरूले लामो समयसम्म संसद् अवरोध गरेका थिए।

भिजिट भिसा प्रकरणमा गृह प्रशासन मुछिएपछि नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानिलकण्ठमा पदाधिकारी बैठक बसेको थियो। उक्त बैठकले भिजिट भिसामा अवैध रकम असुली प्रकरणमा गृहमन्त्री लेखकको संलग्नता नरहेको निष्कर्ष निकालेको थियो। लेखकले पनि उक्त आरोप कपोलकल्पित भएको भन्दै खण्डन गरेका थिए।

उक्त प्रकरणमा बिहीबार अख्तियारले बहालवाला सहसचिव भट्टराईसहित अध्यागमनका तत्कालिन अधिकृत यज्ञराज अर्याल, ग्रिनलाइन होलिडेज प्रालिका अध्यक्ष बालकृष्ण ढकाल र संस्थापक शेयर सदस्य राम खड्का तथा फेमिली होलिडेज प्रालिका सञ्चालक दीपक भण्डारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

अख्तियारले गृहमन्त्री लेखकसमेत आरोप लागेका अन्य व्यक्तिबारे भने अनुसन्धान भैरहेको अभियोगपत्रमा उल्लेख गरेको छ। अख्तियारले भनेको छ, ‘भिजिट भिसामा विदेश पठाउन तत्कालीन गृहमन्त्री, गृहसचिव, अध्यागमन हेर्ने गृह मन्त्रालयका महाशाखा प्रमुख, गृह मन्त्रालयका प्रशासन हेर्ने महाशाखाका प्रमुख, शाखा प्रमुख, गृहमन्त्रीका निजी सचिव, स्वकीय सचिव, गृह सचिवका सचिवालय र अन्य राष्ट्रसेवकहरु संलग्नताको सम्वन्धमा अनुसन्धान भैरहेको छ।’

प्रकाशित: २०८२ मङ्सिर २५ गते बिहिबार ०५:३६
प्रतिक्रिया

थप समाचार

अनलाइन अपोइन्टमेन्ट लिएपनि राहदानी विभागमा घण्टौँ लाइन बस्नुपर्ने बाध्यता

काठमाडौं। त्रिपुरेश्वरस्थित राहदानी विभागमा अनलाइनमार्फत अपोइन्टमेन्ट बुक गरेर आएका सेवाग्राहीले समेत घण्टौँ लाइनमा बस्नुपर्ने बाध्यता भोगिरहेका छन्। अनलाइन प्रणालीमार्फत समय निर्धारण...

सम्भावनाको दोबाटोमा भैरहवाः पुरानो गल्ला व्यापारदेखि औद्योगिकीकरणको मार्गमा

आज भैरहवा इतिहास र सम्भावनाको दोबाटोमा छ। एकातिर पुरानो गल्ला व्यापार, तोरीको तेल, चामल निर्यात र सीमापार कारोबारको विरासत छ भने अर्कोतिर आधुनिक उद्योग, अन्तर्राष्ट्रिय विमानस्थल, स्वास्थ्य...

कोशी प्रदेशका विभिन्न जिल्लामा दुई दिन विद्युत आपूर्ति बन्द हुने

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले केरौन १३२/३३ केभि सबस्टेसन आयोजनाद्वारा कोशी प्रदेशका विभिन्न जिल्लाहरूमा दुई दिन विद्युत आपूर्ति बन्द हुने भएको जनाएको छ। प्राधिकरणले जारी गरेको सूचना...

कर्णाली करिडोर चार लेन बनाउने: ३७ अर्ब लाग्ने, पाँच वर्षमा काम सक्ने

खुलालुदेखि हिल्सासम्मको सडकलाई स्तरोन्नति गर्ने योजनाअन्तर्गत २४६ किलोमिटर सडक चार लेनको कालोपत्रे बनाउने प्रस्ताव गरिएको सडक विभागले जनाएको छ। यसका लागि ३६ अर्ब ९० करोड रुपैयाँ लागत अनुमान...

पत्रकारहरूमाथि प्रहरीको धरकपड

काठमाडौँ: विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारलाई लिएर प्रहरीले पत्रकार र मिडिया हाउसहरूमाथि धरपकड गरेको छ। शुक्रबार सादा पोशाकमा कार्यालयमै पुगेर प्रहरीले नेपाल प्रेसका पत्रकार विश्वमणि...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना