२०८३ कार्तिक २६ गते बुधबार

वाणिज्य बैंकहरूको नाफा खुम्चिएर १९ अर्ब ३७ करोडमा सीमित, ग्लोबल आइएमईको सबैभन्दा बढी

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, मङ्सिर २५
Banijya_BAnk_nepal

काठमाडौँ: चालू आर्थिक वर्ष  २०८२/८३ को पहिलो चार महिनामा वाणिज्य बैंकहरूको नाफा १३.११ प्रतिशत खुम्चिएको छ।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालू आर्थिक वर्षको कात्तिकसम्म सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरूले साढे १९ अर्ब ३७ करोड ५० करोड रुपैयाँमा सीमित भएको छ। गत वर्ष पहिलो चौमासमा वाणिज्य बैंकहरूको नाफा २२ अर्ब २९ करोड ९ लाख रुपैयाँ रहेको थियो। चालु आवमा गत वर्षको सोही अवधिको तुलनामा बैंकहरूको नाफा दुई अर्ब ९२ करोड रुपैयाँ घटेको राष्ट्र बैंकले जनाएको छ।

आर्थिक गतिविधि सुस्त हुँदा बैंकहरूको निष्क्रिय कर्जा बढेर कर्जा बढ्दा प्रोभिजन बढी गर्दा नाफामा असर परेको हो। बैंकहरूको निष्क्रिय कर्जा बढेर ५.२६ प्रतिशत पुगेको छ। यसबीचमा बैंकहरूले दुई खर्ब ७० अर्ब २१ करोड ६० लाख रुपैयाँ प्रोभिजन गरेका छन्।

गत भदौ २३ र २४ भएको जेनजी आन्दोलनपछि  कर्जा प्रवाह हुन नसक्दा बैंकहरूको नाफामा गिरावट आएको हो। चालू आर्थिक वर्षको चार महिनाको अवधिमा ग्लोबल आईएमई बैंकले सबैभन्दा धेरै २ अर्ब ५१ करोड रुपैयाँ खुद नाफा कमाएको छ।

त्यस्तै नबिल बैंकले २ अर्ब ४६ करोड रुपैयाँ खुद नाफा कमाएको छ। यस अवधिमा सिटिजन्स बैंकको खुद नाफा सबैभन्दा कम अर्थात् १ करोड ६४ लाख रहेको छ। त्यस्तै कृषि विकास बैंकले ७ करोड ४९ लाख खुद नाफा कमाएको छ।

यसैगरी, चालु आर्थिक वर्षको पहिलो चार महिनामा स्ट्याण्डर्ड चार्टर्ड बैंकले ९१ करोड ५८ लाख, हिमालयन बैंकले ८२ करोड ३२ लाख, नेपाल बैंकले ८० करोड ९८ लाख, सानिमा बैंकले ७७ करोड ९२ लाख, प्रभु बैंकले ७३ करोड ७७ लाख, नेपाल एसबीआई बैंकले ६७ करोड २० लाख, सिद्धार्थ बैंकले ६६ करोड २७ लाख, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ६३ करोड ९ लाख, लक्ष्मी सनराइज बैंकले ६२ करोड ८१ लाख रुपैयाँ नाफा गरेका छन्।

यस्तै माछापुच्छ्रे बैंकले ६० करोड ९९ लाख, कृषि विकास बैंकले ७ करोड ४९ लाख, एनआइसी एशिया बैंकले ३ करोड ४३ लाख रूपैयाँ, सिटिजन्स बैंकले १ करोड ६४ लाख रुपैयाँ नाफा आर्जन गरेका छन्।

प्रकाशित: २०८२ मङ्सिर २५ गते बिहिबार ०५:४७
प्रतिक्रिया

थप समाचार

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार?

काठमाडौँ: स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। आज प्रतितोला सुन रु एक हजार ३०० र चाँदीको मूल्य प्रतितोला रु ४५ ले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला...

तिहारमा पैसाको व्यवस्थापन कसरी गर्ने? आम्दानी र खर्च सन्तुलित राख्ने ७ उपाय

विशेषगरी निश्चित आम्दानी भएका कर्मचारी, व्यवसायी, विद्यार्थी तथा गृहिणीले चाडपर्वको समयमा आर्थिक व्यवस्थापनमा ध्यान दिनु आवश्यक हुन्छ।

ग्लोबल आइएमई बैंकले १२ तले अत्याधुनिक कर्पोरेट भवन बनाउँदै, भूमिपूजा सम्पन्न

ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडौँको उत्तरढोकामा आफ्नो अत्याधुनिक कर्पोरेट भवन निर्माणको काम अघि बढाएको छ। शुक्रबार निर्माणस्थलमा आयोजित एक समारोहबीच बैंक सञ्चालक समितिका अध्यक्ष चन्द्रप्रसाद...

एनपीएलमा उत्कृष्ट खेलाडीलाई पल्सर बाइक, दर्शकलाई स्मार्टवाच जित्ने अवसर

 काठमाडौँ: नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ मा बजाज पल्सरले खेलाडीको उत्कृष्ट प्रदर्शनलाई पुरस्कृत गर्नुका साथै दर्शकलाई पनि प्रतियोगिताको हिस्सा बन्ने अवसर प्रदान गर्ने भएको छ। मोटरसाइकल...

नेपालमा आउँदै ‘हसल बाई नेपहप’, टीभीएस एनटर्क टाइटल स्पोन्सर

भारतीय चर्चित र्‍याप रियालिटी शो ‘एमटीभी हसल’ को नेपाली संस्करण ‘हसल बाई नेपहप’ नेपालमा सञ्चालन हुने भएको छ। मलिन मिडिया एन्ड इभेन्ट प्रालिले ल्याउन लागेको कार्यक्रमको टाइटल स्पोन्सरमा टीभीएस...
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
uniliver
उद्योग

सेयरधनीलाई सर्वाधिक लाभांश दिने युनिलिभरको यस्तो छ पाँच वर्षको प्रतिफल

युनिलिभरको उच्च सेयर मूल्य मात्र हैन सेयरधनीलाई आकर्षक लाभांश वितरणका कारण चर्चित बन्दै आएको छ। युनिलिभरको सेयर मूल्य उच्च रहनुको प्रमुख कारण वर्षेनी वितरण हुने आकर्षक नगद लाभांश हो।
company_ra
समाचार

लगानीकर्ता संरक्षण कोषमा १ अर्ब उपयोगविहिन, सेबोन मातहत ल्याउन सम्भव छ?

कम्पनी रजिस्ट्रारको कार्यालयमा रहेको कोषलाई सेबोन मातहत ल्याएर बजारमा संकट पर्दा लगानीकर्तालाई राहत दिने, क्षतिपूर्तिको व्यवस्था गर्ने, वित्तीय साक्षरता बढाउने तथा बजारको स्थायित्व कायम...
karnali_dev_bank
बैंकिङ

समस्याग्रस्त कर्णाली विकास बैंकको पछिल्लो अवस्था के छ?

यसरी कर्णाली डेभलपमेन्ट बैंकको भविष्य अझै राष्ट्र बैंकले तय गर्ने व्यवस्थापन र पुनः सञ्चालनको मोडालिटीमा निर्भर छ। तत्कालका लागि ऋण असुलीमार्फत साना निक्षेपकर्तालाई रकम फिर्ता गर्ने प्रयास...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना