२०८३ कार्तिक १६ गते आईतबार

एमालेमा आगामी नेतृत्व चयनका लागि आज मतदान, ओली-ईश्वर प्यानलबीच प्रतिस्पर्धा

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, पुस १
UML

नेकपा एमालेको काठमाडौंमा जारी ११औँ राष्ट्रिय महाधिवेशनअन्र्तगत आज आगामी नेतृत्व चयनको लागि मतदान हुँदै छ। पार्टीको केन्द्रीय निर्वाचन आयोगको कार्यतालिकाअनुसार मतदान आज मध्याह्न १२ बजेदेखि साँझ ६ बजेसम्म हुनेछ।

आगामी पाँच वर्षे कार्यकालको पार्टी नेतृत्वको लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल छुट्टाछुट्टै प्यानलसहित मैदानमा उत्रिएका छन्। पोखरेलले ११औँ महाधिवेशनमा तेस्रोपटक अध्यक्ष बन्न लागेका ओलीलाई ईश्वरले चुनौती दिएका छन्।

ओली पार्टीको नवौं र दशाैं महाधिवेशनबाट अध्यक्ष निर्वाचित भएका थिए। ओलीको प्यानलबाट पाँचजना उपाध्यक्षको लागि विष्णु पौडेल, रामबहादुर थापा ‘बादल’, गुरु बराल र पृथ्वीसुब्बा गुरुङ चुनावी प्रतिस्पर्धामा छन्।

ओलीको प्यानलबाट महासचिवमा वर्तमान महासचिव शंकर पोखरेल नै दोहोरिएका छन्। ओलीको प्यानलबाट तीन उपमहासचिवको लागि रघुवीर महासेठ, विष्णु रिमाल र लेखराज भट्ट चुनावी प्रतिस्पर्धामा छन्।

नौजना सचिवको लागि पद्मा अर्याल, छविलाल विश्वकर्मा, भानुभक्त ढकाल, खगराज अधिकारी, यामलाल कँडेल, शेरधन राई, महेश बस्नेत, हिक्मत कार्की र राजन भट्टराई चुनावी मैदानमा उत्रिएका छन्।

पार्टी अध्यक्ष ओलीलाई पराजित गरेर पार्टी नेतृत्व आफ्नो हातमा लिनेगरी चुनावी मैदानमा उत्रिनुभएका अध्यक्ष पदका उम्मेदवार ईश्वर पोखरेल पनि प्यानलसहित मैदानमा उत्रिएका छन्।

पोखरेल प्यानलबाट पाँचजना उपाध्यक्षको लागि बिन्दा पाण्डे, परशुराम मेघी गुरुङ, गोकर्ण विष्ट र अरुण नेपालले उम्मेदवारी दिएका छन्। यस्तै, रघुजी पन्त र टंक कार्कीको पनि उपाध्यक्षमा उम्मेदवारी परेको छ। पोखरेल प्यानलबाट महासचिवमा सुरेन्द्र पाण्डे चुनावी भिडन्तमा उत्रिएका छन्। यो प्यानलबाट तीनजना उपमहासचिवको लागि योगेश भट्टराई र वैजनाथ चौधरीको उम्मेदवारी परेको छ।

नौजना सचिवको लागि पोखरेलको प्यानलबाट गोकुल बाँस्कोटा, कर्ण थापा, ठाकुर गैरे, रचना खड्का, विनोद ढकाल, पुरुषोत्तम पौडेल र कृष्णगोपाल श्रेष्ठले उम्मेदवारी दिएका छन्। ११औँ महाधिवेशनमा भेला भएका २२६३ प्रतिनिधिले पदाधिकारी, स्थायी कमिटी, पोलिटब्युरोसहित ३०१ सदस्यीय कमिटी चुन्दै छन्।

असन्तुष्टले छाडे ओलीको साथ
११औँ महाधिवेशनको चुनावी कार्यक्रम चलिरहेकै बेला अध्यक्षका प्रतिस्पर्धी ओलीको साथ छोडने नेताहरु बढदै गएका छन्। विगतमा ओलीलाई दरो साथ, सहयोग गर्दै आएका नेताहरुले खोजे जस्तै र रोजेजस्तै पदमा उम्मेदवारी दिन नपाएपछि ओलीसँग असन्तुिष्ट व्यक्त गर्दै साथ छोडेका छन्।

आलीको साथ छोडेपछि नेतृत्व चयनका लागि भईरहको महाधिवेशनमा अध्यक्षका अर्का प्रतिस्पर्धी पोखरेललाई भने फाइदा हुने देखिन्छ। ओलीसँग अध्यक्षमा प्रतिस्पर्धा गरिरहेका पोखरेल सुरुमा कमजोर जस्तो देखिए पनि यी नेताहरुले ओलीको साथ छोडपछि झनझन बलियो हुँदै जाँदा कडा प्रतिस्पर्धा हुने देखिन्छ।

विगतमा ओली समूहमा रहेर पार्टी एवं राजकीय भूमिकामा महत्वपूर्ण जिम्मेवारी पाएका प्रदिप ज्ञवाली, रघुजी पन्त, कृष्णगोपाल श्रेष्ठ, गोकुल बास्कोटा, लालबाबु पण्डित, राजेन्द्र गौतम, अग्नि खरेल, लिला गिरी, कृष्ण राई, नवराज सिलवाल लगायतका नेताहरुले ओलीको साथ छोडेका छन्।

पार्टीको १०औं महाधिवेशनका उपमहासचिव बनेका ज्ञवालीले यसपटक महासचिवमा प्रतिस्पर्धा गर्न चाहेका थिए। ज्ञवालीलाई अध्यक्ष ओलीले उपाध्यक्षको उम्मेदवार बनाउन खोजेपछि उनले पदाधिकारीको कुनै पनि पदमा उम्मेदवारी नदिइ ओली गुटको गुण्डु बैठकबाट रुदै बाहिरिए। ज्ञवालीले केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराए । ज्ञवाली ओलीका विश्वासपात्र नेता हुन्।

ओली समूहको बैठकमा ज्ञवालीले एउटै व्यक्तिलाई दोहोर्‍याएर एउटै पदमा जिम्मेवारी दिने प्रवृत्ति उचित नभएको टिप्पणी गरेका थिए। तर ओली आफैं तेस्रो कार्यकालका लागि अध्यक्षमा प्रतिस्पर्धा गर्दै गर्दा उनले तेहर्‍याएर हुनुहुँदैन भन्ने कुरा गर्ने आटसम्म गरेनन्। आफूले विगत जस्तै रोजेकै र खोजेकै पदमा उम्मेदवारी दिन नपाउँदा ज्ञवाली ओलीबाट अन्तुष्ट भएका हुन्।

‘म एमालेको पदाधिकारी थिएँ, अब कार्यकर्ता भए । पार्टीमा सबैलाई प्रतिस्पर्धा गर्ने समान अवसर हुनुपर्छ। एउटै व्यक्तिलाई दोहो¥याइराख्ने प्रवृत्ति उचित भएन । मेरो मन एकदमै दुखेको छ,’ ज्ञवालीले भनेका छन् ।

त्यस्तै, यसअघि आफ्नै क्याविनेटमा शिक्षामन्त्री बनेका पन्तले पनि ओलीको साथ छाडेका छन् । पदाधिकारीमा ओलीले नसमेटेपछि पन्तले पोखरेल समूहबाट उपाध्यक्षमा उम्मेदवारी दिएका छन्।

त्यसैगरी ओलीको प्यानलबाट सचिव उम्मेदवारका आकांक्षी रहेका गौतमले पनि स्वतन्त्र रुपमा उपमहासचिव पदमा उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै, ओलीलाई फुटबलको प्लेसँग तुलना गरेर चर्चामा आएका श्रेष्ठले पनि ओलीको साथ छाडेका छन् । श्रेष्ठले पोखरेलको समूहबाट सचिवमा उम्मेदवारी दिएका छन्।

यसैगरी, यसअघि ओलीका विश्वास पात्र मानिएका बाँस्कोटा पनि ओलीबाट असन्तुष्ट छन्। यद्यपि बाँस्कोटाले केही समयअघिबाटै ओलीको साथ छाडेको संकेत गरिसकेका थिए। बाँस्कोटाले केही समय पहिलादेखि पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको पक्षमा बोल्दै आएका थिए । बाँस्कोटाले पोखरेल समूहबाट सचिवमा प्रतिस्पर्धा गर्दैछन्।

प्रकाशित: २०८२ पुस १ गते मङ्गलबार ०७:२७
प्रतिक्रिया

थप समाचार

सरकारले गर्‍यो एनप्याब्सन निलम्बन, संगठनका गतिविधिमा रोक

काठमाडौँ: सरकारले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) लाई निलम्बन गरेको छ।अर्को निर्णय नभएसम्मका लागि संस्थाको दर्ता तथा सञ्चालनसम्बन्धी गतिविधिमा रोक लगाइएको...

कांग्रेसको नयाँ कार्यसमितिले आजदेखि जिम्मेवारी सम्हाल्ने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि विधिवत् रूपमा पार्टी सञ्चालनको सम्पूर्ण जिम्मेवारी सम्हाल्ने भएको छ। ललितपुरको सानेपास्थित...

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त

काठमाडौँ: बौद्ध भिक्षुणी तथा चर्चित गायिका आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडगराज पौडेलका अनुसार मन्त्रालयको...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना