काठमाडौँ: सरकारले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) लाई निलम्बन गरेको छ।अर्को निर्णय नभएसम्मका लागि संस्थाको दर्ता तथा सञ्चालनसम्बन्धी गतिविधिमा रोक लगाइएको गृहमन्त्रालयले जनाएको छ।
सरकारको स्वीकृति लिई खडा भई सञ्चालनमा रहेको एनप्याब्सनले राष्ट्रिय निर्देशन ऐन, २०१८ को दफा ५ बमोजिम दिइएको निर्देशन बारम्बार पालना नगरेपछि निलम्बन गरिएको गृहमन्त्रालयले जनाएको छ।
मन्त्रालयले संगठनका पदाधिकारीहरूले नेपाल सरकारबाट स्वीकृत विधान तथा संस्थाको मूल उद्देश्यविपरीतका कार्यसमेत गरेको बताएको छ।
संगठनका गतिविधिमा रोक लगाउँदै मन्त्रालयले संस्थाको नाममा त्यस्ता गतिविधि भए प्रचलित कानुनबमोजिम कारबाही हुने चेतावनी दिएको छ।



