भौतिक पुर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले शनिबार राति दाउन्ने सडक खण्डको स्थलगत निरिक्षण गरेर निर्माण कार्यलाई तिव्रता दिन निर्देशन दिएका छन्।
सडक विस्तारको क्रममा भएको ढिलासुस्ती किन भैरहेको छ भनेर आफैँ निरीक्षणमा आएका मन्त्री घिसिङले सडक विस्तारका लागि मेसिन र मजदुर तत्काल थपेर दुई महिनाभित्र सहज रुपमा यात्रायात सञ्चालन हुन मिल्ने सडक तयार बनाउन निर्देशन दिएका हुन्।











