२०८३ कार्तिक १४ गते शुक्रबार

‘मिनी टिलर’ गोरुको विकल्प बन्दै

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, कार्तिक १४
mini_tractor

भोजपुर। दुर्गम पहाडी जिल्ला भोजपुरमा गोरुको विकल्पकारुपमा मिनी टिलरको प्रयोग बढ्दै जान थालेको छ । पछिल्लो समय जिल्लामा मिनी टिलरको बिक्री बढेको सिद्धकाली सप्लार्यसका प्रोपाइटर बाजिम मगरले बताए।

‘पहाडी जिल्लामासमेत कृषिमा आधुनिकीकरण भित्रिएपछि खेतीका लागि आधुनिक कृषि उपकरण तथा औजारको माग बढेको छ’, मगरले भने, ‘पछिल्लो समय मुलुकमा खेतीपाती गर्ने प्रणालीमा परिवर्तन हुन थालेसँगै आधुनिक कृषि प्रविधिको पनि माग बढेको हो।’

उनका अनुसार जिल्लाका ग्रामीण क्षेत्रमा समेत खेतबारीमा मिनी टिलर देखिन्छन।

पछिल्लो समय युवा रोजगारी, शिक्षा लगायतका लागि जिल्ला बाहिर जान थालेपछि गोरु पाल्ने कृषकको संख्यामा समेत कमि आउन थालेको छ। गोरु खोज्ने तथा कहिले पालो आउँछ भनेर पर्खनु भन्दा मिनि टिलर नै अवका दिनमा सहज भएको कृषक सिताराम प्रधानको भनाई छ।

उनले भने, ‘खेत जोत्ने गोरु पहिलाको तुलनामा पाउन छाडेकाले अहिले विकल्पकारुपमा मिनि टिलर बनेको छ ।’ मिनी टिलरका कारण अहिले खेती गर्न निकै सहज भएको कृषकहरुको धारणा छ।

कृषकले अहिले जोत्न मिनी टिलर हलो, कम्बाइण्ड राइस मिल, रूख काट्ने मेसिन, धान काट्ने थ्रेसर, मकै छोडाउने क्रन थ्रेसरलगायतका आधुनिक औजारको प्रयोग गर्न थालेपछि यसको कारोबार बढेको सप्लार्यस मगरले बताए।

कृषि क्षेत्रको योजनाबद्ध विकास गर्ने उद्धेश्यले जिल्लाको पूर्वी पौवादुङमा गाउँपालिकाले कृषकहरुलाई व्यावसायिक कृषिमा लाग्न प्रोत्साहन गर्दै अनुदानमा मिनी टिलर वितरण गर्न सुरु गरेको छ।

गाउँपालिकाले गत बर्ष मात्र तीन सय बढी मिनि टिलर बितरण गरेको थियो। थोरै समयमा धेरै काम गर्न सकिने तथा प्रयोग गर्न पनि सजिलो भएकाले कृषकलाई अनुदानमा टिलर वितरण गरिएको गाउँपालिकाले जनाएको छ।

गोरुले जोत्दाभन्दा मिनी टिलर हलोले जोत्दा झण्डै ७५ प्रतिशत काम छिटो हुने कृषकहरु बताउँछन। गोरुलाई जस्तो वर्षभरी पालेर राख्नु नपर्ने हुँदा मिनी टिलर जिल्लामा खेतीका लागि कृषकको रोजाइमा पर्नुका साथै प्रभावकारी बन्दै गएको छ।

प्रकाशित: २०८३ कार्तिक १४ गते शुक्रबार ०५:१३
प्रतिक्रिया

थप समाचार

ईभीमा प्राइसवारको असरः बीवाईडीको आम्दानी अनुमानभन्दा कम, नाफा १.५ अर्ब डलर

एजेन्सी। चिनियाँ विद्युतीय सवारी साधन (ईभी) निर्माता बीवाईडी अटोमोटिभ कम्पनीले अपेक्षाभन्दा कमजोर तेस्रो त्रैमासिक आम्दानी विवरण सार्वजनिक गरेको छ। यसले चिनियाँ अटोमोबाइल निर्माताहरूले...

हेटौँडा–सिस्नेरी–फर्पिङ सडकमा टाइम कार्ड लागू, कुन खण्ड पार गर्न कति समय लाग्छ ?

हेटौँडा। सवारी दुर्घटना न्यूनीकरण तथा सार्वजनिक सवारीसाधनको गति नियन्त्रण गर्ने उद्देश्यले मकवानपुरमा आजदेखि ‘टाइम कार्ड’ प्रणाली लागू गरिएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरले हेटौँडादेखि...

सार्वजनिक सवारीमा अग्नि नियन्त्रक यन्त्र अनिवार्य गरिँदै

काठमाडौँ: काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले यात्रुवाहक सार्वजनिक सवारीसाधनलाई थप सुरक्षित, व्यवस्थित र यात्रुमैत्री बनाउन बाटो इजाजत (रुट परमिट) सँगै अग्नि नियन्त्रक यन्त्र अनिवार्य...

एफएनसीसीआई यातायात तथा पारवहन समिति उपसभापतिमा मेघराज पौडेल मनोनित

काठमाडौँ: अटोमोबाइल व्यवसायी मेघराज पौडेल नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अन्तर्गतको यातायात तथा पारवहन समितिको उपसभापतिमा मनोनित भएका छन्। एफएनसीसीआईले कार्यकारिणी समिति सदस्य...

टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन

काठमाडौँ: रसुवाको टिमुरेमा गत भदौ १० गते आएको बाढीमा ३३८ वटा ट्रक तथा कन्टेनर बेपत्ता भएको विवरण सार्वजनिक भएको छ। नेपाल ट्रक यातायात व्यवसायी महासंघले यातायात व्यवस्था विभागलाई उपलब्ध गराएको...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना