२०८३ असोज २९ गते बिहिबार

हेटौँडा–सिस्नेरी–फर्पिङ सडकमा टाइम कार्ड लागू, कुन खण्ड पार गर्न कति समय लाग्छ ?

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असोज २९
photo-5_b87cd889

हेटौँडा। सवारी दुर्घटना न्यूनीकरण तथा सार्वजनिक सवारीसाधनको गति नियन्त्रण गर्ने उद्देश्यले मकवानपुरमा आजदेखि ‘टाइम कार्ड’ प्रणाली लागू गरिएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले हेटौँडादेखि भैँसे, भीमफेदी, कुलेखानी हुँदै फर्पिङबाट काठमाडौं जाने सडकखण्डमा सञ्चालन हुने सवारीसाधनका लागि टाइम कार्ड लागू गरेको हो।

मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) श्यामबहादुर खत्रीका अनुसार सवारीसाधनलाई निर्धारित समयभित्र सुरक्षित रूपमा गन्तव्यतर्फ अघि बढाउन तथा तीव्र गतिका कारण हुन सक्ने दुर्घटना न्यूनीकरण गर्न यो व्यवस्था लागू गरिएको हो ।

दशैंको शुभकामना व्यक्त गर्दै एसपी खत्रीले सार्वजनिक सवारीसाधनका चालकलाई सुरक्षित यात्रा सुनिश्चित गर्न, ट्राफिक नियमको पालना गर्न र निर्धारित गतिमा मात्र सवारी चलाउन आग्रह गरेका छन्। यात्रुको जीवन सुरक्षालाई प्राथमिकतामा राख्दै समयमै गन्तव्यमा पुग्ने होडमा लापरबाही नगर्न उनले चालकलाई विशेष सन्देश दिएका छन्।

टाइम कार्डअनुसार सडकखण्ड पार गर्न लाग्ने समय

प्रहरीले लागू गरेको टाइम कार्डअनुसार विभिन्न सडकखण्ड पार गर्न निम्न समय निर्धारण गरिएको छ।

हेटौँडा देखि भैँसेसम्म : २५ मिनेट

भैँसे देखि भीमफेदीसम्म : ३० मिनेट

भीमफेदी देखि कुलेखानीसम्म : ४० मिनेट

कुलेखानी देखि फर्पिङसम्म : ४५ मिनेट

निर्धारित समयअनुसार सवारीसाधन सञ्चालन गर्दा चालकले तीव्र गतिमा सवारी चलाउने प्रवृत्तिमा कमी आउने र दुर्घटनाको जोखिम न्यूनीकरण हुने प्रहरीको अपेक्षा छ।

टाइम कार्ड लागू गर्ने कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख एसपी श्यामबहादुर खत्री, जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक रमेश विष्ट, नेपाल पत्रकार महासङ्घ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी तथा सम्बन्धित प्रहरी चौकीका इन्चार्जलगायतको उपस्थिति रहेको थियो।

प्रहरीले चाडपर्वका समयमा यात्रुको चाप बढ्ने भएकाले चालकलाई संयमित भएर सवारी चलाउन, ट्राफिक नियमको पूर्ण पालना गर्न र यात्रुको सुरक्षामा विशेष ध्यान दिन आग्रह गरेको छ।

प्रकाशित: २०८३ असोज २९ गते बिहिबार ०३:०६
प्रतिक्रिया

थप समाचार

सार्वजनिक सवारीमा अग्नि नियन्त्रक यन्त्र अनिवार्य गरिँदै

काठमाडौँ: काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले यात्रुवाहक सार्वजनिक सवारीसाधनलाई थप सुरक्षित, व्यवस्थित र यात्रुमैत्री बनाउन बाटो इजाजत (रुट परमिट) सँगै अग्नि नियन्त्रक यन्त्र अनिवार्य...

एफएनसीसीआई यातायात तथा पारवहन समिति उपसभापतिमा मेघराज पौडेल मनोनित

काठमाडौँ: अटोमोबाइल व्यवसायी मेघराज पौडेल नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अन्तर्गतको यातायात तथा पारवहन समितिको उपसभापतिमा मनोनित भएका छन्। एफएनसीसीआईले कार्यकारिणी समिति सदस्य...

टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन

काठमाडौँ: रसुवाको टिमुरेमा गत भदौ १० गते आएको बाढीमा ३३८ वटा ट्रक तथा कन्टेनर बेपत्ता भएको विवरण सार्वजनिक भएको छ। नेपाल ट्रक यातायात व्यवसायी महासंघले यातायात व्यवस्था विभागलाई उपलब्ध गराएको...

भोटेकोशी बाढीबाट प्रभावित अटोमोबाइल व्यवसायीको क्षति विवरण संकलन गर्दै नाडा

काठमाडौँ: भोटेकोसीमा आएको बाढी तथा डुबानबाट प्रभावित अटोमोबाइल व्यवसायीको क्षति विवरण नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले संकलन थालेको छ। बाढी तथा डुबानका कारण देशका विभिन्न क्षेत्रमा...

४ लाख ३० हजार डाउन पेमेन्टमा नयाँ टियागो इभी, एक्सचेन्ज भ्यालुएसनको पनि सुविधा

काठमाडौँ: टाटा मोटर्सको टियागो ईभी नेपाली बजारमा विशेष सुविधासहित उपलब्ध भएको छ। नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङले टियागो ईभी लक्षित ‘जोयफुल विक’ अभियान सञ्चालन गरिरहेको हो। सेप्टेम्बर...
gagan thapa
राजनीति

कांग्रेस सभापतिमा गगनकुमार थापा विजयी, पाए ९३.८८ प्रतिशत मत

अर्का उम्मेदवार श्यामकृष्ण खड्गीले ३७५ मत प्राप्त गरेका छन्। कुल ७ हजार १३ मत खसेको निर्वाचनमा ५४ मत बदर भएको छ।
kalyan
ब्लग

डिजिटल युगमा समाजः एआईले मौलिक पहिचान र स्थानीय ज्ञानको सीमान्तीकरण हुने खतरा

मानव सभ्यताको विकासक्रममा प्रविधि र समाज सधैं एक अर्काका परिपूरक रहँदै आएका छन्। औद्योगिक क्रान्तिदेखि सूचना प्रविधिको विकाससम्म आइपुग्दा समाजले अनेकौं फड्को मारेको छ। तर, एक्काइसौं शताब्दीको...
ganesh_karki_1
विचार

प्रधानमन्त्रीले भारत भ्रमणमा उठाउनुपर्ने ऊर्जा क्षेत्रका सात एजेन्डा

प्रधानमन्त्रीको भारत भ्रमणको सफलता सहमतिपत्रमा हस्ताक्षरको संख्याले मात्र मापन हुनुहुँदैन। कुन परियोजना कहिले अघि बढ्ने, लगानी कसरी जुट्ने र विद्युत् व्यापारबाट दुवै देशले कसरी लाभ लिने...
default
पूर्वाधार

बूढीगण्डकी बाढी: ४४५ मेगावाट क्षमताका चार जलविद्युत् आयोजनामा क्षति

क्षति पुगेका आयोजनामध्ये टाइम्स इनर्जी लिमिटेडले बनाउन सुरु गरेको ३४१ मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत् आयोजनाको मुख्य क्याम्प क्षेत्र बाढीले बगाएको छ। आयोजनाको निर्माण उपकरणसमेत...
image 2
प्रवास

एनआरएनए स्थापना दिवसः जापानमा एकता, सहकार्य र संस्थागत सुदृढीकरणमा जोड

टोकियो, जापान: गैरआवासीय नेपाली संघ (एनआरएनए) को स्थापना दिवसका अवसरमा जापानमा रहेका नेपाली समुदायबीच एकता, सहकार्य र आपसी सद्भावलाई थप सुदृढ बनाउनुपर्ने आवश्यकता देखिएको बिषयमा अन्तरक्रिया...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना