२०८३ कार्तिक १५ गते शनिवार

बालेनले रविको नेतृत्व नस्वीकार्ने, नयाँ शिराबाट छलफल सुरु

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, पुस १०
rabi-balen-1766451713

काठमाडौँ: काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच सोमबार साँझदेखि मध्यरातिसम्म करिब ६ घण्टा लामो छलफल भयो। रास्वपाका केही नेताले भेटलाई सकारात्मक दाबी गरे पनि स्रोतहरूका अनुसार उक्त छलफल ठोस समझदारीमा भने पुग्न सकेको थिएन। बरु असहमतिका कारण त्यही बैठकपछि बालेन छुट्टै दल निर्माण गरेर अघि बढ्ने मनस्थितिमा पुगेका छन्।

कमलपोखरीस्थित रास्वपा नेता असिम शाहको कार्यालयमा भएको छलफलमा आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचनमा सहकार्य गर्ने सम्भावनाबारे मुख्य रूपमा कुराकानी भएको थियो। छलफलमा रवि र बालेनसहित रास्वपा उपसभापति डीपी अर्याल, असिम शाह, आसिफ शाहलगायत सहभागी थिए।

छलफल सौहार्दपूर्ण वातावरणमै भए पनि शक्ति बाँडफाँट र नेतृत्वसम्बन्धी प्रस्तावमा कुरा नमिलेको स्रोतको भनाइ छ। बालेनले नेतृत्वको विषयमा फरक प्रस्ताव राखेका थिए भने लामिछाने उक्त प्रस्तावमा सहमत नभएपछि कुनै ठोस सहमति बिना नै बैठक सकिएको बताइएको छ। स्रोतका अनुसार बैठकपछि दुवै जना एउटै गाडीमा बाहिरिएका थिए, तर त्यसलाई राजनीतिक समझदारीको संकेतका रूपमा लिइनु नहुने बताइन्छ।

लामिछानेमाथि देशभरका विभिन्न सहकारीको रकम अपचलनको आरोपमा ५ जिल्लामा मुद्दा छ। उनी शुक्रबार मात्र नख्खु कारागारबाट धरौटीमा रिहा भएका थिए। त्यसपछि लामिछाने राजनीतिक भेटघाट तीव्र पारेका थिए।

बालेन निकट स्रोतकाअनुसार सोमबारको भेटमा बालेनले उक्त मुद्दाका विषयमा कुरा उठाएका थिए। लामिछानेमाथि विभिन्न जिल्लामा सहकारी ठगीको मुद्दा रहेको र अहिले पनि थुनाबाहिर बसेर पुर्पक्ष गरिरहेकाले लामिछानेको नेतृत्व स्वीकार नगर्ने मुडमा बालेन छन्। सोमबार बालेनले रास्वपाको नेतृत्व बदल्न प्रस्ताव गरेका थिए। लामिछानेले बालेनलाई प्रधानमन्त्रीका रूपमा अगाडि बढाउने र नेतृत्व आफूसँग राख्ने प्रस्ताव गरेका थिए। तर लामिछाने उक्त प्रस्तावमा सहमत नभएपछि बालेन आफैँ दल निर्माणको तयारीमा जुटेका हुन्।

व्यवहारिक सहकार्यका सवालमा कुनै ठोस सहमति नजुटेको अवस्थामा लामिछानेले मंगलबार चितवन पुगेर दिएको अभिव्यक्तिले बालेन झन् बिच्किएका छन्। बालेनलाई प्रधानमन्त्रीका रूपमा अगाडि बढाउने सहमति भएको हो भन्ने सञ्चारकर्मीको सवालमा लामिछानेले त्यस विषयमा छलफल नै नभएको बताएका थिए। उनले भनेका थिए, ‘हामी त्यसमा प्रवेश गरेका छैनौँ। पहिले त थाहा पाउनुप‍र्‍यो। कुराकानी हुनुपर्‍यो। के कस्तो छ भन्ने बुझ्नु प‍र्‍यो। एकअर्कासँग परिस्थितिबारे जानकारी लिनुप‍र्‍यो। विस्तारै राजनीतिक कुरामा हामी प्रवेश गर्छौं।’

आफैँले प्रधानमन्त्रीका लागि अफर गरेर सार्वजनिक रूपमा बोली फेरेपछि लामिछानेको भर नभएको निष्कर्ष बालेन समूहको छ। ‘प्रधानमन्त्रीको अफर उतैबाट आएको हो। तर अहिले पनि उहाँ आरोपित हो। त्यसैले नेतृत्वका विषयमा उहाँ(बालेन)ले प्रश्न उठाउनुभएको थियो। त्यसमा सहमति नभई सहकार्य हुँदैन,’ बालेननिकट स्रोतले बतायो।

रास्वपासँग सहमति नजुटेपछि बालेन आफैँ दल निर्माण गर्ने तयारीमा छन्। उनी लौरो चुनाव चिह्न लिएर निर्वाचन आयोगमा दर्ता भएको देश विकास पार्टीको नेतृत्व  हाँक्ने तयारीमा लागेका हुन्। देश विकास पार्टी निर्वाचन प्रयोजनका लागि लौरो चुनाव चिह्न लिएर आयोगमा दर्ता भैसकेको छ।

बुधबार दिनभर नयाँ पुराना नेताहरूसँग दल निर्माणका लागि भेटमा व्यस्त भए। बुधबार भगवान कोइराला, सीके राउत, मिलन पाण्डे, रेशम चौधरी, ज्ञानेन्द्र शाहीलगायतसँग छलफल गरेका उनी बिहीबार पनि बिहानैदेखि राजनीतिक भेटघाटमा व्यस्त रहेको उनीनिकट स्रोतले जानकारी दियो।

बालेन आफैँ दल निर्माण गरेर संसदीय निर्वाचनमा जाने तयारीमा जुटेपछि बिहीबार दिउँसो लामिछाने बालेनलाई भेट्न कुपोण्डोलस्थित कुमार बेनको घरमा पुगेका छन्।

प्रकाशित: २०८२ पुस १० गते बिहिबार १२:५६
प्रतिक्रिया

थप समाचार

सरकारले गर्‍यो एनप्याब्सन निलम्बन, संगठनका गतिविधिमा रोक

काठमाडौँ: सरकारले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) लाई निलम्बन गरेको छ।अर्को निर्णय नभएसम्मका लागि संस्थाको दर्ता तथा सञ्चालनसम्बन्धी गतिविधिमा रोक लगाइएको...

कांग्रेसको नयाँ कार्यसमितिले आजदेखि जिम्मेवारी सम्हाल्ने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि विधिवत् रूपमा पार्टी सञ्चालनको सम्पूर्ण जिम्मेवारी सम्हाल्ने भएको छ। ललितपुरको सानेपास्थित...

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त

काठमाडौँ: बौद्ध भिक्षुणी तथा चर्चित गायिका आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडगराज पौडेलका अनुसार मन्त्रालयको...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना