काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौँ महानगरका मेयर बालेन शाहबीच आगामी निर्वाचनमा सहकार्य गर्ने सहमति भएसँगै नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले राजनीतिमा बाह्य चुनौति थपिएको बताएका छन्।
सामाजिक सञ्जालमा लेख्दै उपमहासचिव भट्टराईले जतिसुकै चुनौति बढे पनि भागेर हैन सामना गरेर अघि बढ्ने दृढता व्यक्त गरेका हुन्।
यस्ता चुनौतिलाई सामना गर्न आन्तरिक एकता बलियो बनाउनु पर्ने भट्राईको भनाइ छ। उनले राष्ट्र र पार्टीका एजेण्डा बोक्न सबैलाई आग्रह गरेका हुन्। कार्यशैली सुधार गरेर विगतका कमीकमजोरी सच्याउदै अघि बढ्न उनले सबैलाई आग्रह गरेका छन्।


