२०८३ कार्तिक १२ गते बुधबार

जेनजी आन्दोलनः सहाराविहीन भयो शहीद थापाको परिवार

 |  रासस
Sanket

रासस

काठमाडौँ, पुस १४
thapa

काठमाडौँ: गत भदौ २४ गते बिहान १० बजेतिर धनगढीमा रहेकी पुष्पाले श्रीमान् उत्तम थापालाई फोन गर्दा तीन दिनपछि घर आउँछु टिकट काटिसके भनेका थिए। अघिल्लो दिन काठमाडौँमा भएको जेनजी आन्दोलनका क्रममा अप्रिय घटना भएकाले त्यस दिनको अवस्था के छ भनेर पनि पुष्पाले श्रीमान्लाई सोधेकी थिइन्।

जवाफमा प्रहरी जवान थापाले आफू महाराजगञ्जस्थित प्रहरी वृत्त कार्यालयमै रहेको र अवस्था सामान्य भएको बताएका थिए। ‘आज हिजोजस्तो तनावपूर्ण अवस्था छैन, तीन दिनपछि घर आउँछु, बसको टिकट काटिसकेँ, मेरो चिन्ता लिनुपर्दैन’, थापाले फोनमा भनेका थिए। तर थापाले भनेजस्तो भएन। दिन ढल्दै जाँदा काठमाडौँमा तनाव बढ्यो। प्रदर्शनकारीहरुले संसद् भवन जलाए, त्यसपछि सिंहदरबार, सर्वोच्च अदालत पनि जले। प्रदर्शनकारीहरु महारागञ्जस्थित प्रहरी कार्यालयमा प्रवेश गरी प्रहरीमाथि कुटपिट गर्न थाले। कुटपिटका कारण प्रहरी जवान थापाको मृत्यु भयो।

थापामाथि भएको कुटपिटको भिडियो केही समयमै सामाजिक सञ्जाल हुँदै श्रीमती पुष्पासम्म पुग्यो। यद्यपि पुष्पालाई श्रीमान्लाई केही भएको छैन, जीवितै छन् भन्ने लागिरह्यो। मृत्यु भइसक्यो भन्ने विश्वास नै गर्न सकिनन्।

दार्चुला, लेकम गाउँपालिका–३ का थापा परिवारका जेठा सदस्य थिए। उनका भाइ महेशको केही महिना अघि महाकाली नदीमा धार्मिक काम सकेर घर फर्कने क्रममा भिरबाट लडेर मृत्यु भएको थियो। छोराको मृत्यु भएपछि कान्छि बुहारीले घर छाडिन्।

करिब एक दशकअघि श्रीमान् गुमाएकी निर्मलादेवीले पछिल्लो एक वर्षमा दुवै सन्तान गुमाइन्। थापाको मृत्युसँगै निर्मलादेवीको संसार उजाडिएको छ। उपचार गराइरहनुपर्ने बिरामी शरीर र सन्तान गुमाउनु पर्दाको पीडामा उनले आफूलाई सम्हालन सकेकी छैनन्। एक वर्षअघिसम्म पाँच जनाको सुखी परिवार सासू र बुहारीमा मात्रै सीमित भएको छ। परिवारको आशा र भरोसा मानेका दुवै छोराले संसार छाडिसकेका छन्।

आमा र श्रीमतीले उत्तमको शव पनि हेर्न पाएनन्। घटनामा थापाको मृत्यु भएको पुष्टि भएपछि सासूलाई लिएर पुष्पा काठमाडौँ आउने तयारी गरेकी थिएन। तर अवस्था प्रतिकूल बन्यो। थापाको पार्थिव शरीरलाई राष्ट्रिय सम्मानका साथ पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरियो। काका रुपसिंह थापाले महेन्द्रनगरमै किरिया गरे। श्रीमती पुष्पा काठमाडौँ आउन पाइनन्। त्यो समयमा आमा निर्मला भने लालीमै अड्किइन्।

प्रहरी जवान थापाले गाउँमै रहेको कृष्ण माध्यमिक विद्यालयबाट कक्षा १२ उत्तीर्ण गरेका थिए। त्यसपछि प्रहरीमै कार्यरत काका रूपसिंह थापाले प्रहरी तालिम केन्द्र दिपायलमा कार्यालय सहयोगीका रूपमा काममा लगाएका थिए।

विसं २०७३ सालमा प्रहरीमा भर्ना भएका थापाको प्रदेश प्रहरी गुल्म धनगढीमा पोस्टिङ भएको थियो। लामो समय धनगढीमै बिताएपछि उत्तमको केही महिनाअघि मात्रै काठमाडौँ सरुवा भएको थियो। उनले ऋणधन गरेर धनगढीमा १० धुरजति जग्गा किनेका थिए, त्यसमा केही समयपछि घर बनाउने सपना पनि बुनेका थिए। तर जग्गा किनेको ऋण नसकिँदै घर बनाउने सपना पनि तुहियो।

थापाका साला नारायण भट्टराईले भने, ‘भिनाजुको निधनपछि दिदी र आमा अहिले सहाराविहीन हुनुभएको छ, आमाको उपचार चलिरहेको छ, भिनाजुको मृत्यु भएपछि मैले उहाँहरुलाई सहयोग गरिरहेको छु, मैले पनि कहिलेसम्म सहयोग गर्न सक्छु थाहा छैन।’ उनले आफू केही महिनाअघि विदेशबाट फर्किएकाले अब फेरि पनि त्यतै जाने तयारी गरिरहेको सुनाए। थापालाई सरकारले सहिद घोषणा गरिसकेको छ। परिवारलाई केही रकम पनि उपलब्ध गराइसकेको छ। आर्थिक रुपमा केही सहयोग गरे पनि परिवार भने उजाडिएको छ। थापाकी श्रीमती पुष्पा श्रीमान्को हत्या गर्नेविरुद्ध कडाभन्दा कडा कारबाही हुनुपर्ने बताइन्।

सरकारले थापाको हत्याको आरोपमा सिन्धुली गोलञ्जोर गाउँपालिका–१ का अलिष श्रेष्ठ र रसुवा उत्तरगया गाउँपालिका–४ का सौरभ तामाङलाई पक्राउ गरी कारबाही अगाडि बढाइसकेको छ। साथै आफूलाई पनि सानो भए पनि जागिर उपलब्ध गराउनुपर्ने पनि उनको माग छ।

प्रकाशित: २०८२ पुस १४ गते सोमबार ०५:५०
Sanket

रासस

राष्ट्रिय समाचार समिति (रासस) नेपालको सबैभन्दा पुरानो र देशव्यापी रूपमा रहेको समाचार समिति हो।
प्रतिक्रिया

थप समाचार

बगर बन्यो धानखेत

रसुवा: उत्तरगया गाउँपालिका वडा नं ४ र ५ को मुख्य धानखेत बगरमा परिणत भएको छ। गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनासकारी बाढीका कारण उक्त वडाको सम्पूर्ण खेतीयोग्य जमिन बगरमा रुपान्तरण भएको हो। त्रिशूली...

संघीयताले बदलेको अर्थतन्त्र: गाउँगाउँमा व्यापारिक केन्द्र, बदलिँदो कर्नाली

संघीयतापछि स्थानीय सरकारले सडक, विद्यालय र व्यवस्थापन, कृषि, साना उद्यम दर्ता, खानेपानी आयोजना लगायतका काम आफैँ सञ्चालन गर्न थाले। विकास योजना वडा तहसम्म छलफल गरेर स्थानीय आवश्यकता अनुसार बनाउन...

कस्तो छ आजको मौसम?

काठमाडौँ: हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लागेको छ । तराई भूभागमा मौसम मुख्यतया सफा...

धानमा ‘किरा’ले क्षति पुर्‍याएपछि भोजपुरका किसान चिन्तित

भोजपुर। धान भित्राउने समय नजिकिँदै गर्दा धानबालीमा ‘लाई किरा’को समस्या देखिएपछि भोजपुरका किसान चिन्तित बनेका छन्। किराको प्रकोपका कारण धानको फेदमा क्षति पुग्दा बोट ढल्ने, बाला सुक्ने तथा...

किसानलाई दूधको उचित मूल्य खोइ?

दाङ: यहाँका दुग्ध उत्पादक किसानले मेहनत र लगानी अनुसारको मूल्य पाउन नसक्दा मारमा परेका छन्। पशुपालन व्यावसायमा दुःख मेहनत धेरै गर्नुपर्ने भए पनि त्यसअनुसार मूल्य नपाउँदा मारमा परेका हुन्। दूध...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना