२०८३ कार्तिक १५ गते शनिवार

यी हुन् रास्वपाको समानुपातिक सूचीमा परेका चर्चित ६ व्यवसायी

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, पुस १५
download

काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सामाजिक सञ्जालमा भाइरल, गायक गायिका, कलाकार, मोडलदेखि राज्यसत्तासँग सोझो पहुँच भएका व्यवसायीहरूलाई समेटेर समानुपातिकको बन्दसूची तयार गरेको छ। ११० जनाको बन्दसूचीमा प्रभावशाली अनुहारहरूको वर्चस्व देखिन्छ।

रास्वपाको समानुपातिक बन्दसूचीमा विभिन्न व्यवसायीहरू पनि परेका छ्न्। रास्वपाको समानुपातिक बन्दसूचीमा आईएमई ग्रुपका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालका छोरा सचिन ढकाल छन्। उनको नाम खस आर्य क्लस्टरको दोस्रो नम्बरमा छ। उनी चितवनबाट समानुपातिक उम्मेदवारको सूचीमा परेका हुन्। रास्वपाको समानुपातिक सूचीमा चितवनबाट सर्वाधिक २१ जनाको नाम रहेको छ। यो रास्वपा सभापति रवि लामिछानेको निर्वाचन क्षेत्र पनि हो।

सचिन फुटबल चितवन क्लबका अध्यक्ष हुनुका साथै पर्यटन र होटल व्यवसायमा संलग्न छन्। उनले इला ब्रान्डको होटल सञ्चालन गर्दै आएका छन्। उनी काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहको कोटाबाट समानुपातिक सूचीमा राखिएका हुन्।

यसैगरी नेपालसहित विदेशमा पनि चर्चि ब्रान्ड गोल्डस्टार जुत्ताचप्पल उत्पादन गर्दै आएको किरण सुज म्यानुफ्याक्चर्सकी कार्यकारी निर्देशक विदुषी राणाको नाम पनि समानुपातिकमा परेको छ। उनी पनि चितवनबाट समानुपातिक सूचीमा परेकी हुन्। उनको नाम खस आर्य महिला क्लस्टरको दोस्रो नम्बरमा छ।

यस्तै पूर्वअर्थमन्त्री लिमा अधिकारी (आचार्य) को नाम पनि समानुपातिक सूचीमा छ। उनको नाम विदुषीपछि तेस्रो नम्बरमा खस आर्य महिलामा छ। उनी काठमाडौँको बानेश्वरमा रहेको सेप अप स्लिमिङ र वेलनेस सेन्टरकी मालिक हुन् भने उनी नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)को सञ्चालक समिति सदस्य पनि रहेकी छन्। डिशहोमका प्रबन्ध निर्देशक तथा कामना विकास बैंकका अध्यक्ष सुदीप आचार्य उनका श्रीमान् हुन्।

विवेकशील साझा पार्टीबाट रास्वपा प्रवेश गरेकी समीक्षा बाँस्कोटाको नाम पनि समानुपातिक सूचीमा अटाएको छ। उनी विशेषगरी चिया उद्यम गरिरहेको बाँस्कोटा ग्रुपकी अध्यक्ष हुन्। उनी राष्ट्रिय सहकारी महासंघका संस्थापक अध्यक्षसमेत रहेका व्यवसायी दीपकप्रकाश बाँस्कोटाकी हुन्। नेपाली कांग्रेसको राजनीति गरेका दीपकप्रकाश बाँस्कोटाले गृहराज्यमन्त्रीको जिम्मेवारी पनि सम्हालेका थिए।

२०१९ की मिस नेपाल समेत रहेकी मोडल अनुष्का श्रेष्ठ पनि रास्वपाको समानुपातिक सूचीमा परेकी छन्। उनको नाम आदिवासी जनजाति क्लस्टरको चौथो नम्बरमा छ। उनी स्थानीय डेजर्ट ब्रान्ड माकुसी मिठाइकी सञ्चालक हुन्।

यस्तै रास्वपाले समानुपाति सूचीमा राखेका डा राम लामा ऊर्जा व्यवसायी हुन्। उनी ग्रिन हाइड्रोजन ल्याबका कोअर्डिनेटर रहेका छन्। उनको नाम आदिवासी जनजातिक क्लस्टरको पहिलो नम्बरमा छ।

प्रकाशित: २०८२ पुस १५ गते मङ्गलबार ०२:०७
प्रतिक्रिया

थप समाचार

सरकारले गर्‍यो एनप्याब्सन निलम्बन, संगठनका गतिविधिमा रोक

काठमाडौँ: सरकारले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) लाई निलम्बन गरेको छ।अर्को निर्णय नभएसम्मका लागि संस्थाको दर्ता तथा सञ्चालनसम्बन्धी गतिविधिमा रोक लगाइएको...

कांग्रेसको नयाँ कार्यसमितिले आजदेखि जिम्मेवारी सम्हाल्ने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि विधिवत् रूपमा पार्टी सञ्चालनको सम्पूर्ण जिम्मेवारी सम्हाल्ने भएको छ। ललितपुरको सानेपास्थित...

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त

काठमाडौँ: बौद्ध भिक्षुणी तथा चर्चित गायिका आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडगराज पौडेलका अनुसार मन्त्रालयको...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना