२०८३ कार्तिक १५ गते शनिवार

झलनाथ खनाल दम्पत्ती भन्छन्: सरकारमा मानवता छैन, विवेकहीन छ

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, पुस १६
photo-3_59d5dcd4

काठमाडौँ: जेनजी आन्दोलनका क्रममा घाइते भएकी पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारको स्वास्थ्य अवस्था अहिले सुधारोन्मुख छ। गत भाद्र २४ गतेको जेनजी आन्दोलनको नाममा डल्लुस्थित खनाल दम्पतीको घरमा आगजनी भएको थियो। निवासमा आगजनी हुँदा गम्भीर घाइते भएकी चित्रकार भारतमा तीन महिनाको उपचारपछि नेपाल फर्किएकी हुन्। अहिले उनी आफ्नौ घरमा आराम गरिरहेकी छिन्।

उक्त आन्दोलनमा जेनजीको प्रयोग गरेर बाह्य शक्तिले आफूमाथि र पूरा सिंगो देशमाथि आक्रमण गरेको उनले बताइन। उनले राजनीतिमा संलग्न होस् या राजनीतिबाट टाढा भएकाहरूको होस यस्तोखाले आक्रमण हुनु जंगली पारा भएको बताइन्। जेनजी आन्दोलनको नाममा नेपाललाई ध्वस्त पार्ने षड्यन्त्र भएको उनको ठम्याइ छ।

‘जेनजी आन्दोलन त निउ मात्रै हो। जेनजीहरूले घटना घटाएकै होइन, जेनजीहरू प्रयोग भएका हुन्। रियल जेनजी यस्ता अमानवीय हुँदैनन्। उनीहरूको नामबाट अरुले खेल खेले। राजनीतिबाट टाढा भएकाले होस या राजनीतिमै संलग्न भएकाले होस त्यस्तो आक्रमण गर्ने यो जंगली नियम लागू गर्न हुँदैन्। एकदम दुःखद घटना हो। मलाई मात्रै होइन, देशकै दुःखद घटना हो। काठमाडौँ भित्र वा बाहिर, देशभरी नेपाललाई ध्वस्त पार्ने कार्यक्रम गरियो। जसले घटायो नेपाललाई असफल राष्ट्र बनाउने र विदेशी सेनाले जेजे गर्न मन लाग्छ गर्ने त्यही प्रयास हो।’

घट्नालाई स्मरण गर्दै भनिन्,‘जुन दिन घटना घटाइयो त्यसबेला खाना खाएकै थिइन्। किचनको वरपर थिए। एक्कासी बाहिरबाट ढुंगा हानियो, चारै तिरबाट ढुंगा हान्ने बित्तिकै हामी छलेर बसिराखेको थियौँ। ढुंगा सँगसँगै एकैछिनमा धुँवाको मुस्लो आयो, मुस्लो यति तातो थियो कि तत्कालै मेरो हातमा पीडा दियो, अनि सास फेर्न धेरै गाह्रो भयो। झ्याल खोज्दै दौडिदा त्यहाँ नपुग्दै ढलेछु। त्यसपछि अरु के भयो थाहा भएन्, अचेत भएछु।’

त्यस्तै उनले विभिन्न ठाउँमा आगलागी भएको र आफ्नो घरमा पनि आक्रमण हुन सक्ने पूर्व जानकारी कतैबाट नपाएको बताइन्। ‘आक्रमण हुँदैछ भन्ने थाहा भएन, त्यसको जानकारी केही भएन। त्यही कारणले पनि होला, यसरी आक्रमण भयो अनि यस्तो परिणाम भोग्नुपर्यो,’ उनले भनिन्।

त्यस्तै पूर्वमन्त्री खनालले वर्तमान सरकारले चित्रकारको उपचार गर्ने त के उनको स्वास्थ्य अवस्थाबारे पनि जानकारी नलिएको भन्दै गुनासो व्यक्त गरे। वर्तमान सरकारमा सामान्य विवेक र मानवीयता नदेखिएको उनले बताए।

‘चित्रकार भदौ २४ गतेका घटनाक्रमबाट घाइते भएकी मान्छे हो कि होइन, यो देशको सरकारलाई थाहा छ? सुशीला कार्कीले नेतृत्व गरेको सरकारलाई थाहा छ ? घाइते हुन् कि होइनन् उनी घाइतेहरूलाई या निरीक्षण गर्न भनेर विभिन्न ठाउँमा गइन् तर चित्रकार घाइते हुन् कि होइनन् चासो गरिएन्। उनले उपचार पाउनुपर्छ कि पर्दैन यो गम्भीर प्रश्न हो। पूर्वप्रधानमन्त्रीले चाहीं आफैँ उपचार गर्नुपर्छ र सरकारको केही जिम्मेवारी छैन ?’उनले भने,‘ यो राज्य जेनजीका नायकहरूको मात्रै हो र?’

‘सरकारमा सामान्य विवेक, सामान्य मानवता, मानवीयता त्यो कुरा पनि मैले देखिरहेको छैन। कुनै सोधपुछ वा खोजीनीति छैन। आश्चर्य लागिरहेको छ। कस्तो सरकार भएको देशमा बसिरहेका छौं हामी ?’ उनले प्रतिप्रश्न गरे।

त्यस्तै उनले आफूहरूमाथि हमला गर्नेहरू देशकै शत्रु र अपराधी रहेको भन्दै कारबाहीको माग गरे। ‘ती ज्यानमारामाथि सरकारले कारबाही गर्छ कि गर्दैन भन्ने प्रश्न सारा तीन करोड जनताको प्रश्न हो,’ उनले भने। ‘ती अपराधी हुन्, जल्लादहरू हुन्, देशका शत्रुहरू हुन्, जसले निर्दोष मानिसहरूमाथि निर्मम ढंगले हमला गरेका छन्, अपराध गरेका छन्। हाम्रो ज्यान लिन खोजिएको थियो। मेरो श्रीमतीलाई अहिले बचाएर ल्याएको छु तर उनीहरूले ज्यान लिन खोजेका थिए। ज्यानमारामाथि सरकारले कारबाही गर्छ कि गर्दैन ?’ खनालले प्रश्न गरे।

उनले श्रीमती चित्रकारको स्वास्थ्य अवस्थाबारे जानकारी समेत दिएका छन्।

‘साँढे तीन महिनासम्म उपचार गरेर ल्याएको छु, अहिले अलिक रिकभरी हुँदैछ, अवस्था ठीकै छ तर हात नै गुमाउनुपर्यो। एउटा हात आफैँ समस्यामा थियो, दाहिने अझै चल्न सकेको छैन। केही समाउनै सक्दैन। कति समयपछि ठीक हुन्छ अहिले भन्न सकिँदैन। फेरि थेरापी गर्दै ठीक ठाउँमा ल्याउन सकिन्छ कि भनेर प्रयत्न भइरहेको छ। हरेक दिन ज्वरो आउँछ र जलनका बिमारीहरूलाई ज्वरोले पनि सताउने रहेछ। फेरि पनि इन्फेक्सन हुन्छ कि भन्ने डर छ। दुईवटै हात नचलेपछि जीवन कस्तो होला, मानसिक आघातको कुरा कल्पना पनि गर्न सकिँदैन।’

प्रकाशित: २०८२ पुस १६ गते बुधबार ११:१०
प्रतिक्रिया

थप समाचार

सरकारले गर्‍यो एनप्याब्सन निलम्बन, संगठनका गतिविधिमा रोक

काठमाडौँ: सरकारले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) लाई निलम्बन गरेको छ।अर्को निर्णय नभएसम्मका लागि संस्थाको दर्ता तथा सञ्चालनसम्बन्धी गतिविधिमा रोक लगाइएको...

कांग्रेसको नयाँ कार्यसमितिले आजदेखि जिम्मेवारी सम्हाल्ने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि विधिवत् रूपमा पार्टी सञ्चालनको सम्पूर्ण जिम्मेवारी सम्हाल्ने भएको छ। ललितपुरको सानेपास्थित...

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त

काठमाडौँ: बौद्ध भिक्षुणी तथा चर्चित गायिका आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडगराज पौडेलका अनुसार मन्त्रालयको...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना