काठमाडौ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सचिवालय बैठक सुरू भएको छ। बैठक कार्यालय वनस्थलीमा केन्द्रीय समिति बैठक तयारी स्वरूप सुरू भएको हो।
यो सचिवालय बैठक पार्टी सभापति रवि लामिछाने जिम्मेवारीमा फर्किएपश्चातको पहिलो सचिवालय बैठक हो। बालेन शाह र कुलमान घिसिङको पार्टी समाहित भएपछिको पनि रास्वपाको यो पहिलो बैठक हो।
लामिछाने गत पुस ४ गते धरौटी बुझाएर कारागारबाट छुटेका थिए। कारागारबाट छुटेपछि पुस ६ गतेदेखि उनी सभापतिको जिम्मेवारीमा फर्किएका थिए। त्यसअघि डोरप्रसाद अर्यालले कार्यवाहक सभापतिको जिम्मेवारी सम्हालिरहेका थिए।
बैठकमा सभापति रवि लामिछानेलगायत रास्वपा नेताहरू सहभागी भएकोमा सागर ढकाल र सुदन गुरुङ पनि पार्टी कार्यालयमा देखा परेका छन्।
यस बैठकमा पार्टी समायोजन प्रक्रिया तथा निर्वाचन प्रक्रिया सम्बन्धित विषयमा छलफल हुँदैछ।





















