२०८३ कार्तिक १५ गते शनिवार

पर्यटक बढेसँगै ठोरीमा होटल तथा रिसोर्ट खुल्न थाले

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, पुस २१
hotel

पर्सा: पर्साको ठोरीमा भारतीय र स्वदेशी पर्यटकको आवागमन बढेसँगै होटल तथा रिसोर्टमा लगानी बढेको छ। ठोरी पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै गएपछि झण्डै एक दर्जनको हाराहारीमा होटल तथा रिसोर्ट सञ्चालनमा आइसकेका छन्।

कलाकार तथा होटल व्यवसायी सुशान्तसिंह ठकुरीले पनि यहाँ आउने पर्यटकलाई लक्षित गर्दै रेष्टुरेन्टलाई सुविधासम्पन्न रिसोर्टको विस्तारमा जुटेको बताए। ‘हामीले यहाँ चार वर्षदेखि रेष्टुरेन्ट सञ्चालन गरिरहेका थियौँ, पछिल्लो समय पर्यटक बढेसँगै नेचर रिसोर्ट गरिरहेका छौँ’, उनले भने।

ठकुरीले रिसोर्ट निर्माणका लागि करिब चार करोड लगानी गरिएको बताए। ठोरीमा भारतीय र स्वदेशी पर्यटकको आवागमनले यहाँको व्यापार बढेको उनको भनाइ छ। उनका अनुसार चार वर्ष अघिसम्म ९० प्रतिशत भारतीय पहुना र १० प्रतिशत स्वदेशी पहुना आउने गर्थे। तर, अहिले यहाँ ७० प्रतिशत भारतीय पहुना र ३० प्रतिशत स्वदेशी पाहुना आउन थालेका छन्।

त्यस्तै पछिल्लो समय वीरगञ्जका व्यवसायी जिम्दार राउतकुर्मी र धमेन्द्र पटेलले पनि ठोरीमा स्वीमिङपुलसहितको लर्डस अफ ठोरी होटल सञ्चालनमा ल्याउने तयारीमा छन्।

‘ठोरीमा घुम्न आउने पर्यटकको बसाई लम्बाउनका लागि व्यवस्थित खालको आवासीय होटलको अभावलाई परिपूर्ति गर्नका लागि होटल सञ्चालनमा ल्याएका हौं’, उनले भने, ‘अहिले पनि ठोरीमा राम्रो बस्नलायक होटलको अभावलाई यसले टेवा पुग्ने विश्वास लिएका छौं।’ अहिले ठोरीमा झण्डै साना–ठूला गरेर करिव डेढ दर्जन होटल तथा रिसोर्टमा रु ५० करोडभन्दा धेरै लगानी भइसकेको व्यवसायीहरु बताउँछन्।

पछिल्लो समय ठोरी बाह्रैमास व्यापार हुने पर्यटकीय गन्तव्य बनेको छ। भारतीय मात्र होइन, पर्सा आसपासका स्वदेशी पर्यटक पनि ठोरी आउने गरेका छन्। ठोरीमा राईधारा, सेतो पहाड, गोलेडाँडा, रातो पहाड, सिनेही पहाड, ‘स्टोनपार्क’ रानीवन, अमृतधारा, चिसापानी, सीतागुफा, वनशक्ति मन्दिर, बाघमोर्चा मन्दिर, सिकारीबासलगायत करिब ५० पर्यटकीयस्थल छन्।

सुवर्णपुरमा मधेश प्रदेशको पहिलो घरबास (होमस्टे) सञ्चालनमा छ। ठोरी गाउँपालिका-२ स्थित भ्युटावरबाट सूर्योदय र सूर्यास्त हेर्न धेरै पर्यटक जाने गरेका छन्। ठोरी तीनवटा राष्ट्रिय निकुञ्जको सङ्गमस्थल हो। वन्यजन्तु तथा वनस्पतिको अवलोकन गर्न प्रकृतिप्रेमी पर्यटक पनि त्यहाँ जाने गरेका छन्।

भारतको सीमावर्ती सहर जमुनिया, नरकटियागञ्ज, रामनगर, रक्सौल, सुगौली, मुजफ्फरपुर र पटनालगायत सहरबाट पर्यटक ठोरी आउने गरेका पर्यटन व्यवसायी ठकुरीले बताए।

प्रकाशित: २०८२ पुस २१ गते सोमबार ११:५०
प्रतिक्रिया

थप समाचार

अनलाइन अपोइन्टमेन्ट लिएपनि राहदानी विभागमा घण्टौँ लाइन बस्नुपर्ने बाध्यता

काठमाडौं। त्रिपुरेश्वरस्थित राहदानी विभागमा अनलाइनमार्फत अपोइन्टमेन्ट बुक गरेर आएका सेवाग्राहीले समेत घण्टौँ लाइनमा बस्नुपर्ने बाध्यता भोगिरहेका छन्। अनलाइन प्रणालीमार्फत समय निर्धारण...

सम्भावनाको दोबाटोमा भैरहवाः पुरानो गल्ला व्यापारदेखि औद्योगिकीकरणको मार्गमा

आज भैरहवा इतिहास र सम्भावनाको दोबाटोमा छ। एकातिर पुरानो गल्ला व्यापार, तोरीको तेल, चामल निर्यात र सीमापार कारोबारको विरासत छ भने अर्कोतिर आधुनिक उद्योग, अन्तर्राष्ट्रिय विमानस्थल, स्वास्थ्य...

कोशी प्रदेशका विभिन्न जिल्लामा दुई दिन विद्युत आपूर्ति बन्द हुने

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले केरौन १३२/३३ केभि सबस्टेसन आयोजनाद्वारा कोशी प्रदेशका विभिन्न जिल्लाहरूमा दुई दिन विद्युत आपूर्ति बन्द हुने भएको जनाएको छ। प्राधिकरणले जारी गरेको सूचना...

पत्रकारहरूमाथि प्रहरीको धरकपड

काठमाडौँ: विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारलाई लिएर प्रहरीले पत्रकार र मिडिया हाउसहरूमाथि धरपकड गरेको छ। शुक्रबार सादा पोशाकमा कार्यालयमै पुगेर प्रहरीले नेपाल प्रेसका पत्रकार विश्वमणि...

‘मिनी टिलर’ गोरुको विकल्प बन्दै

भोजपुर। दुर्गम पहाडी जिल्ला भोजपुरमा गोरुको विकल्पकारुपमा मिनी टिलरको प्रयोग बढ्दै जान थालेको छ । पछिल्लो समय जिल्लामा मिनी टिलरको बिक्री बढेको सिद्धकाली सप्लार्यसका प्रोपाइटर बाजिम मगरले...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना