२०८३ कार्तिक १५ गते शनिवार

तामाकोशी नदीमा सररर जेटबोट

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, पुस २१
photo-1_e8ac00f4

रामेछाप: अविरल बग्ने तामाकोशी नदी, त्यसैको किनारमा हुर्किएका मन्थलीका स्थानीय बासिन्दाले सायद कल्पनासमेत गरेका थिएनन्। एक दिन यही नदीमा पानीजहाज दौडनेछ। तर अहिले मन्थलीमा त्यो दृश्य यथार्थ बनेको छ। तामाकोशी नदीमा पहिलो पटक जेटबोट (पानीजहाज) सञ्चालनमा आएको छ, जसले रामेछापको पर्यटनमा नयाँ अध्याय थपेको छ।

नदीको सतह चिर्दै पानी माथि ठुलो माछा पौडिए जस्तै दौडने जेटबोटले यात्रुहरूलाई केही मिनेटमै साहसिक अनुभूति दिलाउँछ। जलमार्गबाट छिटो यात्रा र रोमाञ्चक अनुभव चाहने पर्यटकका लागि तामाकोशी मरिण एडभेन्चर प्रा.लि.ले यो सेवा सुरु गरेको हो। जेटबोट सञ्चालनअघि तामाकोशी नदीको बहाव, गहिराइ र भौतिक अवस्थाको विस्तृत परीक्षण गरिएको थियो। परीक्षण सफल भएपछि हाल छोटो दूरीमा व्यावसायिक रूपमा सेवा सुरु गरिएको कम्पनीका सञ्चालक सागरहरी अधिकारी बताउँछन्। ‘नदीको अवस्था उपयुक्त देखिएपछि सीमित दूरीमा जेटबोट चलाएका छौँ,’ उनले भने ‘कानुनी र प्राविधिक प्रक्रिया पूरा गर्दै सेवा विस्तार गर्ने तयारीमा छौँ।’

हाल परीक्षण र छोटो दूरीमा सीमित सेवा भए पनि कम्पनीको दीर्घकालीन योजना भने महत्त्वाकाङ्क्षी छ। सरोकारवाला निकायसँगको समन्वय र आवश्यक स्वीकृति प्राप्त भएपछि मन्थलीदेखि खुर्कोटसम्म जेटबोट सेवा सञ्चालन गर्ने तयारी गरिएको छ।

यदि यो योजना कार्यान्वयनमा आएमा मन्थली–खुर्कोटबीचको करिब १५ किलोमिटर दूरी मात्र ७ मिनेटमा पार गर्न सकिनेछ। अहिले यही दूरी सडक मार्गबाट पार गर्न आधा घण्टा समय लाग्ने भएकाले जेटबोट सेवा यात्रुका लागि मात्र होइन, स्थानीय आवतजावत र सम्भावित आपत्कालीन सेवाका लागि पनि उपयोगी हुने अपेक्षा गरिएको छ। जेटबोटमा एक पटकमा १५ जनासम्म यात्रा गर्न सकिने सिट क्षमता रहेको छ। सञ्चालन सुरु भएसँगै आन्तरिक पर्यटकहरूको चासो उल्लेखनीय देखिएको छ। विशेष गरी बिदाका दिनमा सयभन्दा बढी यात्रुले जेटबोट यात्राको अनुभव लिने गरेको सञ्चालक अधिकारी बताउँछन्।

पहिलो पटक पानीजहाज चढेका यात्रुहरूका लागि यो अनुभव नयाँ र रोमाञ्चक छ। नदीको बहावसँगै उफ्रँदै अघि बढ्ने जेटबोटले केही मिनेटमै यात्रुलाई उत्साह, डर र खुसीको मिश्रित अनुभूति दिलाउँछ। जेटबोट सञ्चालनसँगै मन्थली र आसपासका क्षेत्रमा पर्यटन गतिविधि बढ्ने अपेक्षा गरिएको छ। होटेल, रेष्टुराँ, यातायात र स्थानीय रोजगारीमा समेत सकारात्मक प्रभाव पर्ने स्थानीय व्यवसायीहरूको बुझाइ छ। तामाकोशी नदीलाई साहसिक पर्यटनको गन्तव्यका रूपमा विकास गर्न सकिए रामेछाप आन्तरिक पर्यटनको महत्त्वपूर्ण केन्द्र बन्न सक्ने सम्भावना देखिन्छ।

जहाज सञ्चालनका लागि आवश्यक वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन मन्थली नगरपालिकामा बुझाइसकिएको छ। नगरपालिकाबाट स्वीकृति प्राप्त भएपछि थप कानुनी र प्राविधिक प्रक्रिया अघि बढाइने सञ्चालक अधिकारीले जानकारी दिए। तामाकोशी नदीमा सुरु भएको यो जेटबोट सेवा केवल एक यात्राको माध्यम मात्र होइन, रामेछापको पर्यटन, सम्भावना र साहसिक पहिचानको नयाँ सङ्केत पनि हो। पानीजहाजसँगै मन्थली अब ‘सरर’ गर्दै नयाँ यात्रातर्फ अघि बढिरहेको छ।

प्रकाशित: २०८२ पुस २१ गते सोमबार ०२:१४
प्रतिक्रिया

थप समाचार

अनलाइन अपोइन्टमेन्ट लिएपनि राहदानी विभागमा घण्टौँ लाइन बस्नुपर्ने बाध्यता

काठमाडौं। त्रिपुरेश्वरस्थित राहदानी विभागमा अनलाइनमार्फत अपोइन्टमेन्ट बुक गरेर आएका सेवाग्राहीले समेत घण्टौँ लाइनमा बस्नुपर्ने बाध्यता भोगिरहेका छन्। अनलाइन प्रणालीमार्फत समय निर्धारण...

सम्भावनाको दोबाटोमा भैरहवाः पुरानो गल्ला व्यापारदेखि औद्योगिकीकरणको मार्गमा

आज भैरहवा इतिहास र सम्भावनाको दोबाटोमा छ। एकातिर पुरानो गल्ला व्यापार, तोरीको तेल, चामल निर्यात र सीमापार कारोबारको विरासत छ भने अर्कोतिर आधुनिक उद्योग, अन्तर्राष्ट्रिय विमानस्थल, स्वास्थ्य...

कोशी प्रदेशका विभिन्न जिल्लामा दुई दिन विद्युत आपूर्ति बन्द हुने

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले केरौन १३२/३३ केभि सबस्टेसन आयोजनाद्वारा कोशी प्रदेशका विभिन्न जिल्लाहरूमा दुई दिन विद्युत आपूर्ति बन्द हुने भएको जनाएको छ। प्राधिकरणले जारी गरेको सूचना...

पत्रकारहरूमाथि प्रहरीको धरकपड

काठमाडौँ: विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारलाई लिएर प्रहरीले पत्रकार र मिडिया हाउसहरूमाथि धरपकड गरेको छ। शुक्रबार सादा पोशाकमा कार्यालयमै पुगेर प्रहरीले नेपाल प्रेसका पत्रकार विश्वमणि...

‘मिनी टिलर’ गोरुको विकल्प बन्दै

भोजपुर। दुर्गम पहाडी जिल्ला भोजपुरमा गोरुको विकल्पकारुपमा मिनी टिलरको प्रयोग बढ्दै जान थालेको छ । पछिल्लो समय जिल्लामा मिनी टिलरको बिक्री बढेको सिद्धकाली सप्लार्यसका प्रोपाइटर बाजिम मगरले...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना