ऊर्जा जलस्रोत तथा सिँचाइसहित ३ वटा मन्त्रालयको जिम्मेवारी सम्हालेका कुलमान घिसिङले भोलिबाट नै आफ्नो राजनीतिक जीवन सुरु हुने बताएका छन्।
प्रधानमन्त्रीलाई राजीनामा बुझाएपछि भएको पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘भोलिबाट नै राजनीतिक जीवन सुरु हुन्छ। प्रभावकारी रूपमा सुरु हुन्छ ।’
देशभित्रका समस्याहरू समाधानका गर्नका आफू ३ वटा मन्त्रालयको जिम्मेवारीमा दिनरात खटेको उल्लेख गर्दै उनले हिजोसम्म पनि आफू मन्त्रालयको काममा नै राति ११-१२ बजेसम्म व्यस्त भएको बताए।
मन्त्री घिसिङले भने, ‘प्रधानमन्त्रीको आग्रहको कारण म चुनौती लिएर , देशलाई निकास दिन पर्छ भनेर मन्त्रिमण्डलमा आएको थिएँ।’


