२०८३ कार्तिक १३ गते बिहिबार

टेनिस प्रतियोगितामा जिवस र जीवाश्रीलाई स्वर्ण

 |  Untitled
Sanket

Untitled

काठमाडौँ, जेठ २९
junior tennis

काठमाडौं – जिवस भट्टराई र जीवाश्री भट्टराईले राइजिङ स्टार खुला टेनिस प्रतियोगिताको यु–८ सिंगल्समा आइतबार स्वर्ण जितेका छन्।

सातदोबाटोस्थित टेनिस कोर्टमा भएको ब्वाइज फाइनलमा जिवसले भिरल अग्रवाललाई १०–९, १–१० र १०–८ ले पराजित गरे। गल्र्सको उपाधि भिडन्तमा जीवाश्रीले निम्ति कुँवरलाई १०–८, ८–१० र १०–८ ले हराइन्।

राइजिङ स्टार टेनिस एकेडेमीद्वारा आयोजित प्रतियोगिताको भेट्रान ६५ वर्षमाथि पुरुष डबल्समा मनोजशमशेरजंगबहादुर राणा र विदुर विष्टको जोडीले सहदेव ढुंगाना र ध्रुवबहादुर गुरुङको जोडीलाई ६–३ र ६–२ को सोझो सेटमा पराजित गर्दै अशोक र रामबहादुर तामाङको जोडीसंग फाइनल भेट पक्का गरे।

भेट्रान ६५ वर्षमाथि पुरुष सिंगल्समा मनोजशमशेरजंगबहादुर राणा, अशोक कुमार र कमल थापा अगाडि बढे। भेट्रान ४५ वर्षमाथि पुरुष डबल्समा निरेशबहादुर श्रेष्ठ र गोपालदास मानन्धर, विकास गुरुङ र शरण गुरुङ तथा मोहम्मद युनुस र अन्वर अलीले जित हात पारे। ५५ वर्षमाथि पुरुष सिंगल्समा थोङवान तुलेश्वर, कमल थापा, उत्तमकुमार लामा, सुनिल गुरुङ र राजु श्रेष्ठ अघिल्लो चरणमा प्रवेश गरे।

भेट्रान ३५ वर्षमाथि पुरुष सिंगल्समा कमलबहादुर भण्डारी, नवीन श्रेष्ठ, प्रवेश पन्त, साम्दुप लामा, भीष्मजंग गुरुङ, अनिल साइ, कृष्ण उप्रेती, सन्तोष खत्री, सिमान्त गुरुङ, प्रणव मल्ल, सञ्जय श्रेष्ठ, दावा सोनाम शेर्पा, छेवाङ लामा, सोम राना मगर, सुब्रत बस्नेत र पूर्व च्याम्पियन जितेन्द्र परियारले सफलता पाए। ४५ वर्षमाथि पुरुष सिंगल्समा रोहित सुनुवार, उत्तमकुमार लामा, सुकमान तामाङ, महेश श्रेष्ठ, विकास गुरुङ, मानबहादुर कट्वाल, मोहम्मद युनुस र थोङवान तुलेश्वरले आ–आफ्नो खेल जिते।

यु–९ ब्वाइज सिंगल्समा अर्याशराज पौडेल, भेडान्त चालिसे, संघर्ष फोडार, आरित मल्ल, भिराल अग्रवाल, निश्चल ज्ञवाली, इभान भट्टराई र सभ्यजंग कार्कीले जित हात पारे। यु–१० गल्र्स सिंगल्समा थिअ श्रेष्ठ, आयाना भद्र र आयुश्री हजुर घले विजयी भए। यु–१० ब्वाइज सिंगल्समा बोश्वविशेष डल्लाकोटी, अर्याशराज पौडेल, निश्चल ज्ञवाली र सुजन कुइकेल विजयी भए।

यु–१६ ब्वाइज सिंगल्समा वृजेश अर्यालले देवाशिश रेउलेलई ६–४ र ६–३ ले पराजित गरे। आगामी असार २ गतेसम्म आयोजना हुने प्रतियोगितालाई नेपाल टेनिस एसोसियसनले प्राविधिक सहयोग गरेको छ। प्रतियोगितामा जुनियर्स र सिनियर्स र भेट्रान्स विधा समावेश गरिएको छ।

प्रतियोगितामा पुरुष र महिलाको अन्डर ८, अन्डर ९, अन्डर १०, अन्डर १२, अन्डर १४ तथा अन्डर १६ मा सिंगल्स र डबल्स सहितका स्पर्धा समावेश छन। यस्तै मेन्स र वुमन्सको सिंगल÷डबल्स सहित ३५ वर्षमाथि, ४५ वर्षमाथि, ५५ वर्षमाथि र ६५ वर्षमाथि गरि ११ विधा समावेश गरिएको छ।

मेन्स सिंगल्स र वुमन्स सिंगल्सको विजेताले समान १ लाख रुपैयाँ, उपविजेताले ५० हजार रुपैयाँ र तेस्रो हुने खेलाडीले २५ हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ। मेन्स र वुमन्स डबल्सका विजेताले समान ६० हजार, दोस्रोले ३० हजार र तेस्रो हुने खेलाडीले २० हजार रुपैयाँ प्राप्त गर्नेछन्।

सिनियर विधामा ३५ वर्षमाथिको विधाको विजेताले ६० हजार, दोस्रोले ३० हजार र तेस्रोले २० हजार तथा डबल्स विधाको विजेताले ३० हजार, दोस्रोले १६ हजार र तेस्रोले १२ हजार रुपैयाँ प्राप्त गर्नेछन्। ४५ वर्षमाथि विधाको विजेताले ५० हजार, दोस्रोले २५ हजार र तेस्रोले १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् भने सोही उमेर समूहको डबल्स विधाका विजेताले २५ हजार, दोस्रोले १४ हजार र तेस्रोले १२ हजार रुपैयाँ प्राप्त गर्नेछन्।

५५ वर्षमाथिको विधाको विजेताले ४० हजार, दोस्रोले २० हजार र तेस्रोले १५ हजार तथा सोही उमेर समूहको डबल्स विधाको विजेताले २० हजार, दोस्रोले १३ हजार र तेस्रो हुने टिमले १२ हजार रुपैयाँ प्राप्त गर्नेछन्। जुनियरतर्फको विजेताले ६ देखि २० हजार रुपैयाँसम्म प्राप्त गर्नेछन्।

प्रतियोगिताको पुरस्कारमा मात्र १४ लाख ८५ हजार रुपैयाँ खर्च हुने राइजिङ स्टार एकेडेमीका अध्यक्ष रविन प्रधानले जानकारी दिए।

जुनियर लेभलबाट सिनियर लेभलसम्मका टेनिस खेलाडी उत्पादनमा सहयोग पुर्याउन प्रतियोगिताको आयोजना गरिएको एकेडेमीले जनाएको छ।

प्रकाशित: २०८० जेठ २९ गते सोमबार ०६:३६
प्रतिक्रिया

थप समाचार

एथ्लेटिक्समा ४ दशक अविराम, इन्द्रालाई ‘लाइफटाइम’ सम्मान

पोखरा- नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको ‘आठौँ पोखरा स्पोर्ट्स अवार्ड २०८०’ मा लाइफटाइम अचिभमेन्ट अवार्ड एथ्लेटिक्सकी इन्द्रा मल्ललाई अर्पण गरिने भएको छ। प्रतिभा छनोट समितिको...

वेस्ट इन्डिजमाथि ६ विकेटले नेपाल विजयी

काठमाडौँ- नेपालले पाँचौं तथा अन्तिम टी–२० खेलमा वेस्ट इन्डिज एमाथि ६ विकेटको जित हात पारेको छ। ५ खेलको सिरिजमा तीन खेल जित्दै वेस्ट इण्डिजले उपाधि हात पारेको छ। शनिबार भएको पाचौँ खेलको १७३...

टी-२० विश्वकपका लागि नेपालको नयाँ जर्सी सार्वजनिक

काठमाडौँ- आसन्न टी–२० विश्वकपका लागि नेपालको नयाँ जर्सी सार्वजनिक भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार काठमाडौंमा गरेको कार्यक्रममा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ र राखेप सदस्य सचिव...

इटहरी गोल्डकप स्चर्च ब्वाइज सेमिफाईनलमा

धरान- इटहरीमा जारी इटहरी गोल्डकपको क्वाटर फाईनल खेलमा न्युरोड टिम (एनआरटी)लाई २–१ गोलको अन्तरले पराजित गर्दै चर्च ब्वाइज युनाइटेड सेमिफाईनलमा प्रवेश गरेको छ। राष्ट्रिय जागृति क्लबको आयोजनामा...

‘प्रशिक्षकबिना खेलकुदको विकास असम्भव’

गण्डकी- गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्यमन्त्री महेन्द्रध्वज जिसीले प्रशिक्षक बिना खेलकुदको विकास असम्भव नहुने बताएका छन्। प्रदेश खेलकुद परिषद् गण्डकीको आठौँं बोर्ड बैठकलाई...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना