२०८३ कार्तिक १५ गते शनिवार

कांग्रेस विशेष महाधिवेशनमा पुगे देउवा पक्षका विनोद चौधरीदेखि चन्द्र भण्डारीसम्म

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, पुस २७
1000364282

काठमाडौँ: नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा समूहले आह्वान गरेको विशेष महाधिवेशन काठमाडौँको भृकुटीमण्डमा जारी छ। विशेष महाधिवेशनमा काठमाडौँका विभिन्न फरक फरक स्थानबाट जुलुस प्रदर्शनसहित नेता कार्यकर्ताहरू सहभागी भएका छन्।

महाधिवेशनका लागि सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई निमन्त्रणा गरिएको थियो। तर देउवासहित उनको समूहका अधिकांशले महाधिवेशन बहिष्कार गरेका छन्। सभापति र कार्यवाहक उपस्थित नभएपछि महामन्त्रीद्वय थापा र शर्माले दीप प्रज्वलनसहित विरुवामा पानी हालेर विशेष महाधिवेशनको उद्घाटन गरेका छन्।

गत असोज २९ गते कांग्रेसका ५४.५८ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको मागसहित हस्ताक्ष बुझाएका थिए। विधानत: ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको मागसहित निवेदन दिएको तीन महिनाभित्र अनिवार्य विशेष महाधिवेशन बोलाउनुपर्ने हुन्छ। तर विशेष महाधिवेशनप्रति कांग्रेस संस्थापन पक्षले असहमति जनाउँदै आगामी वैशाखमा नियमित महाधिवेशन गर्ने तयारी गरेको थियो।

संस्थापन पक्षले विधान मिचेपछि महामन्त्रीद्वय थापा र शर्माको अगुवाईमा विशेष महाधिवेशन आह्वान भएको हो। पार्टीभित्र चर्को आन्तरिक विवादकाबीच महामन्त्रीद्वय समूहले आयोजना गरेको महाधिवेशनमा संस्थापन पक्षका नेताहरू पनि देखिएका छन्। कार्यक्रममा सभापति देउवा निकट भनेर चिनिने गोपालमान श्रेष्ठ पुगेका छन्। उनले २०५९ सालमा आन्तरिक द्वन्द्वका कारण देउवाले कांग्रेस फुटाएर नेपाली कांग्रेस (प्रजातान्त्रिक) गठन गर्दा साथ दिएका थिए। त्यसयता उनी देउवानिकट मानिन्थे।

यस्तै देउवा पक्षका विनोद चौधरी, सुनिल शर्मा, पुष्पा भुसाल, उदयशमशेर राणा, डिला संग्रौला, चन्द्र भण्डारीलगायतका नेता देखिएका छन्।

यसैगरी अर्जुन जोशी, राजन केसी, देवेन्द्रराज कँडेल, अब्जुल सतार, योगेन्द्र चौधरी, भरत शाह, नानु बास्तोलालगायतका नेता पनि उपस्थित भएका छन्।

महाधिवेशनमा विभिन्न छ स्थानबाट जुलुस प्रदर्शनसहित कार्यकर्ताहरू सहभागी भएका छन्। काठमाडौंको सुन्धारा, रत्नपार्क, पद्मकन्या क्याम्पसचोक, शंकरदेव क्याम्पस, कमलपोखर र ललितपुरको कुपण्डोलबाट जुलुस भृकुटीमण्डपतर्फ आएको हो।

प्रकाशित: २०८२ पुस २७ गते आईतबार ०३:०६
प्रतिक्रिया

थप समाचार

सरकारले गर्‍यो एनप्याब्सन निलम्बन, संगठनका गतिविधिमा रोक

काठमाडौँ: सरकारले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) लाई निलम्बन गरेको छ।अर्को निर्णय नभएसम्मका लागि संस्थाको दर्ता तथा सञ्चालनसम्बन्धी गतिविधिमा रोक लगाइएको...

कांग्रेसको नयाँ कार्यसमितिले आजदेखि जिम्मेवारी सम्हाल्ने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि विधिवत् रूपमा पार्टी सञ्चालनको सम्पूर्ण जिम्मेवारी सम्हाल्ने भएको छ। ललितपुरको सानेपास्थित...

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त

काठमाडौँ: बौद्ध भिक्षुणी तथा चर्चित गायिका आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडगराज पौडेलका अनुसार मन्त्रालयको...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना