काठमाडौं – माल्दिभ्समा हुने फाइभ नेसन्स पुरुष बास्केटबल च्याम्पियनसिप सहभागी हुने नेपाली राष्ट्रिय पुरुष बास्केटबल टोलीलाई हिजो आइतबार बिदाइ गरिएको छ। राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले १२ खेलाडीसहित १६ सदस्यीय टोलीलाई सफलताको शुभकामना दिदै एक कार्यक्रमबीच बिदाइ गरे।
खेलाडीहरुमा सदिश प्रधान (कप्तान), विनोद महर्जन (उप कप्तान), विजय बुर्जा, निकेश राखल मगर, मविन्द्र भण्डारी, अजय कुश्वाहा, दिवेश्वर शाह, आयुश सिंह, निश्चल महर्जन, मनीष केसी, अशिम श्रेष्ठ र श्रेयशबहादुर शाह रहेका छन्।
प्रशिक्षकमा विपिन कपाली र नृपेश श्रेष्ठ तथा व्यवस्थापक सुशील गुरुङ छन्। फिबा रेफ्री राजकुमार महर्जनले प्रतियोगितामा निर्णायको भूमिका निर्वाह गर्ने छन। टोली सोमबार माल्दिभ्स प्रस्थान गर्दैछ।
जुन १४ देखि जुन २२ तारिखसम्म हुने प्रतियोगितामा नेपालसहित माल्दिभ्स, बंगलादेश, भुटान र पाकिस्तानले राउन्ड रोविन लिगका आधारमा प्रतिस्पर्धा गर्ने छन्। शीर्ष दुई टोलीले फाइनल खेल्ने छ।


