काठमाडौँ: उद्योगपति तथा नेपाली कांग्रेसका नेता विनोद चौधरीले २०४८ सालमा कांग्रेस सरकारले गरेको आर्थिक रूपान्तरणले मुलुकको अर्थव्यवस्था चलिहरहेको बताएका छन्। कांग्रेसको दोस्रो विशेष महाधिवेशनलाई सम्बोधन गर्दै उद्योगपति चौधरीले २०४८ सालमा आर्थिक रूपान्तरणपछि ३५ वटा सरकार आए पनि कुनै न कुनै रूपले मुलुक चलेको बताए।
गत भदौ २३ र २४ को जेनजी आन्दोलनले रूपान्तरण खोजेको उनले बताए। उनले जेनजी आन्दोलनको मर्मअनुसार मुलुक अघि बढाउनुपर्ने विचार व्यक्त गरेका छन्। बाटो विराएकै कारण जेनजी आन्दोलन भएको उनको भनाइ थियो। ‘जेनजी आन्दोलन राष्ट्र परिवर्तनको पुकार थियो। कयौं त्यस्तो तत्व पनि प्रवेश गरे, जसले मुलुकका संरचना ध्वस्त गरे,’ उनले भने।
उनले ३५ वर्षको दौरानमा रोजगारीका लागि एक करोड बढी नेपाल बाहिर जानुपरेको अवस्था, व्याप्त भ्रष्टाचार, उद्योग व्यवसायमा देखिएको विसंगतीविरुद्ध राष्ट्र पुकार जेनजी आन्दोलन भएको उनको तर्क छ।
कांग्रेसलाई नयाँ ऊर्जा र नेतृत्व दिनका लागि विशेष महाधिवेशन अपरिहार्य भएकोमा उनले जोड दिए।
अहिलेको यो अभियानलाई निर्भिकताका साथ नेतृत्वबाट आएका मुलुक बाहिर बसेका एक करोड नेपालीहरू आर्थिक क्रान्तिको परिकल्पना गरेर बसेको उनको भनाइ छ। ‘कांग्रेसमा कसैलाई छेक्ने, काखा र पाखा गर्न गरेको भन्दै उनले भने यस्तालई राजनीतिकलाई पाखा लगाउन पाइयोस्,’ उनले भने।
३५ वर्षको दौरानमा बाटो बिराएको बताउँदै उनले सक्षम व्यक्तिलाई मुलुकमा राख्न नसकेको उनको भनाइ छ।


