२०८३ कार्तिक १५ गते शनिवार

डा. शेखरको सन्देश: म एकताको पक्षमा छु, प्रधानमन्त्री वा सभापति बन्ने लालचमा छैन

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, पुस २७
shekhar-koirala00_00_17_03still001_eeef837d

काठमाडौँ: नेपाली कांग्रेसका बरिष्ठ नेता डा.शेखर कोइरालाले पार्टी एकता आजको आवश्यक्ता भएको बताएका छन्। उनले आफूलाई सभापति वा प्रधानमन्त्री बन्ने कुनै लोभ नभएको पनि बताए। पार्टीको महाधिवेशन र आगामी निर्वाचनको सन्दर्भमा सन्दर्भमा एक भिडियो सन्देश जारी गर्दै कोइरालाले आफ्नो निजी महत्त्वाकाङ्क्षा नभएको स्पष्ट पारेका हुन्। उनले कांग्रेसको समग्र एकताको पक्षमा शान्त आवाज उठाइरहने प्रष्ट पारेका छन्।

उनले आफूलाई मन्त्री वा महामन्त्री हुने लोभले विगतमा कहिल्यै आकर्षित नगरेको र सभापति वा प्रधानमन्त्री हुने कुराले पनि नलोभ्याउने दावी गर्दै आफ्नो परिवारबाट पाएको शिक्षा नै आफ्नो जीवन दर्शन भएको स्पष्ट पारेका छन्। परिवारकै दर्शनबाट अभिप्रेरित भएर पार्टी एकताका लागि लागिरहेको बताउँदै उनले कांग्रेस रूपान्तरणको अभियानमा आफू आक्रोशित र अधैर्य भएर अगाडि बढ्न नचाहेको उल्लेख गरे।
डा. कोइरालाले पार्टीको विशेष महाधिवेशनको अभियान चलिरहँदा आफ्नो मत केन्द्रीय कार्यसमितिमा लिखित रूपमै राखेको तर पार्टी विभाजनको सन्देश नजाओस् भनेर सतर्कता अपनाएको जिकिर गरे।

कांग्रेस संक्रमणमा पर्दा कसरी र कसले त्याग र अपमान सहनुपर्छ भन्ने आफूलाई थाहा भएको भन्दै उनले अन्तिमसम्म पार्टीको भावनात्मक एकतामा अगाडि बढिरहने प्रण गरे। देश आसन्न निर्वाचनको संघारमा रहेको र संविधान छतविक्षत अवस्थामा पुगेको भन्दै उनले चिन्ता व्यक्त गरे। जनआन्दोलनबाट निर्वाचित सरकारको ठाउँमा अनिर्वाचित सरकार गठन भएको र संविधानहीनताको अवस्था सिर्जना भएको भन्दै उनले लोकतन्त्रको रक्षाका लागि सबै एक हुनुपर्ने बताए।

महाधिवेशन प्रतिनिधिहरूलाई पार्टीको धरोहर भन्दै कोइरालाले विधिको प्रभावकारिता र नीतिको सान्दर्भिकता स्थापित गर्न काठमाडौँ आएका प्रतिनिधिहरूले ऐतिहासिक दायित्व निर्वाह गर्ने विश्वास व्यक्त गरे।

कोइरालाले बीपी कोइरालाको मेलमिलापको नीति कुनै कानुनको पन्ना वा विधानबाट नभई अन्तरआत्माको आवाज भएको स्मरण गराए। त्यस्तै सहमति, सहकार्य र सहअस्तित्वलाई एकाकार गर्दै समग्र कांग्रेस एकताको बिगुल फुक्ने महाधिवेशन गरेर जानुपर्नेमा उनले जोड दिए।

प्रकाशित: २०८२ पुस २७ गते आईतबार ०५:४०
प्रतिक्रिया

थप समाचार

सरकारले गर्‍यो एनप्याब्सन निलम्बन, संगठनका गतिविधिमा रोक

काठमाडौँ: सरकारले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) लाई निलम्बन गरेको छ।अर्को निर्णय नभएसम्मका लागि संस्थाको दर्ता तथा सञ्चालनसम्बन्धी गतिविधिमा रोक लगाइएको...

कांग्रेसको नयाँ कार्यसमितिले आजदेखि जिम्मेवारी सम्हाल्ने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि विधिवत् रूपमा पार्टी सञ्चालनको सम्पूर्ण जिम्मेवारी सम्हाल्ने भएको छ। ललितपुरको सानेपास्थित...

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त

काठमाडौँ: बौद्ध भिक्षुणी तथा चर्चित गायिका आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडगराज पौडेलका अनुसार मन्त्रालयको...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना