काठमाडौँ: नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाली कांग्रेसमा कोही मालिक र दास नभएको बताएका छन्। आइतबार विशेष महाधिवेशनलाई सम्बोधन गर्दै उनले सभापतिदेखि सामान्य सदस्यसम्म सबैको हैसियत कांग्रेसमा समान भएको बताए।
उनले कांग्रेस दास र लासहरूको नभई ज्युँदा मान्छेहरूको पार्टी भएको टिप्पणी उनले गरे। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई इंगित गर्दै उनले भने, ‘कांग्रेस दास र लासहरूको पार्टी होइन, कांग्रेस जिउँदो मानिसको पार्टी हो। यहाँ कोही ‘बा’ छैन नबोल् भन्ने। यहाँ सबै बराबर छन्।’
जुन समाजले प्रश्न गर्न सक्दैन त्यसले उत्तर पनि पाउन नसक्ने टिप्पणी गर्दै उनले कांग्रेसले समाजको जिम्मेवारी पूरा गर्न सक्ने बताए। कांग्रेसमा लामो समयदेखि जाम भएर बसेको पार्टी सञ्चालनको तरिका बदलिएको टिप्पणी उनले गरे।


