काठमाडौं – इलाटीलाई हराउँदै उरुग्वेले फिफा यू–२० पुरुष विश्वकप फुटबलको उपाधि जितेको छ।
अर्जेन्टिना आयोजना भएको विश्वकपको सोमबार सम्पन्न फाइनलमा इटालीलाई १–० गोल अन्तरले हराउँदै उरुग्वे च्याम्पियन बनेको हो।
उरुग्वेलाई उपाधि दिलाउन आवश्यक एकमात्र गोल लुसियानो रोड्रिगेजले गोल गरे। उनले खेलको ८६ औं मिनेटमा गोल गर्दै उरुग्वेलाई अग्रता दिलाएका थिए।
सोही अग्रता बचाउँदै उसले पहिलो पटक पहिलो पटक यू–२० विश्वकपको उपाधि जितेको हो। उरुग्वे यस अघि पनि दुई पटक फाइनलमा पुगेको थियो।


