काठमाडौँ: नेपाली कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ। निर्वाचन कार्यतालिकाअनुसार बिहान ११ बजेसम्मका लागि मनोनयन दर्ताको समय तोकिएकोमा मनोनयन दर्ता भैसकेको छ।
जसअन्तर्गत सभापतिमा हालका महामन्त्री गगनकुमार थापाको मात्रै उम्मेदवारी परेको निर्वाचन समिति स्रोतले जनाएको छ। अन्य कसैको उम्मेदवारी नपरेकाले उनी सर्वसम्मत सभापति निर्वाचित हुनेछन्।
यस्तै महामन्त्री पदमा विश्वप्रकाश शर्मा र प्रदीप पौडेलले मनोनयन दर्ता गराएका छन्।
अन्य कुन-कुन पदमा क-कसले उम्मेदवारी दिए भन्नेबारे दिउँसो १ बजे नामवली प्रकाशन हुनेछ।
पार्टीको पुरानै विधानअनुसार एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्री र १२१ सदस्य पदमका लागि निर्वाचन हुँदैछ।सभापति निर्विरोध निर्वाचित भएमा अन्य २० पदमा निर्वाचन हुनेछ। कांग्रेस विशेष महाधिवेशनमा वरिष्ठ अधिवक्ता सीताराम केसीको संयोजकत्वमा ५ सदस्यीय निर्वाचन समिति गठन गरिएको छ।
नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा चार हजार ७४३ मतदाता रहेका थिए। निधन भएका र अन्य पार्टीमा प्रवेश गरेकाबाहेक चार हजार ६३५ जना महाधिवेशन प्रतिनिधि रहेका छन्। जसमध्ये ६३ प्रतिशत विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेका छन्।


