२०८३ कार्तिक १५ गते शनिवार

मौसमी तरकारीकै मूल्य ४०० प्रतिशतसम्म वृद्धि, व्यापारीले तोक्छन् मनपरी भाउ

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, माघ १
tarkari

काठमाडौँ: मौसमी समयअनुसार घट्नुपर्ने गोलभेँडा, काउली, मटरकोसा र हरियो सागपातलगायत अधिकांश मौसमी तरकारीको मूल्य अस्वभाविक रूपमा उच्च रहेको छ। अघिल्लो वर्ष यही समयमा निकै सस्तोमा पाइने तरकारीको मूल्य यतिबेला छोइनसक्नुगरी आकाशिएको छ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको दैनिक मूल्य सुचीअनुसार आज बिहीबार भारतीय सानो गोलभेंडा औसत थोक मूल्य प्रतिकिलो ७९ रुपैयाँ छ। यो मूल्य गतवर्षको आजकै दिनको तुलनामा १६३.३३ प्रतिशतले धेरै हो। गतवर्षको माघ १ गते भारतीय सानो गोलभेंडा औसत थोक मूल्य प्रतिकिलो ३० रुपैयाँ मात्र थियो। तराईँको सानो गोलभेंडा मूल्य गतवर्ष आजकै दिन प्रतिकिलो ३० रुपैयाँ रहेकोमा यसवर्ष १८७.५० प्रतिशतले वृद्धि भएर ८६.२५ रुपैयाँ पुगेको छ। यस अवधिमा स्थानिय काउलीको मूल्य ३८१.२५ प्रतिशतले वृद्धि हुँदै प्रतिकिलो ९६.२५ रुपैयाँ पुगेको छ। गतवर्ष आजकै दिन स्थानीय काउलीको मूल्य प्रतिकिलो २० रुपैयाँ रहेको थियो।

यस्तै, तराईँको काउलीको मूल्य पनि करीब ४०० प्रतिशतले वृद्धि भएको छ। गतवर्षको माघ १ गते १७.६७ रुपैयाँ औसत थोक मूल्य रहेको तराईको काउली यतिखेर बढेर ८८ रुपैयाँ किलो पुगेको कालीमाटीको दैनिक मूल्य सुचिले देखाएको छ। यो एकवर्षमो रायोको सागको मूल्य दोब्बरले वृद्धि हुँदै १५ रुपैयाँ किलोबाट ३२ रुपैयाँ किलो पुगेको पाइएको छ। त्यसैगरी, यस अवधिमा स्कूसको मूल्य पनि करीब १४३ प्रतिशतले बढेको छ। गतवर्ष आजको दिन प्रतिकिलो ३५ रुपैयाँ रहेको स्कुसको मूल्य आज ८५ रुपैयाँ किलो छ। यसबिचमा अधिकांश जसो तरकारीको मूल्य बढेको पाइएको छ।

समितीका सूचना अधिकारी विनय श्रेष्ठले यतिबेला तरकारीको आपूर्ति घटेकाले मूल्य आकाशिएको बताए। उनका अनुसार सामान्य अवस्थामा कालीमाटी बजारमा दैनिक ६०–७० मेट्रिक टन गोलभेँडा भित्रिने गरेकामा हाल ३५–४० मेट्रिक टन मात्रै आइरहेको छ। तर गोलभेँडा दैनिक उपभोगको प्रमुख तरकारी भएकाले माग भने यथावत् छ। माग उच्च र आपूर्ति कमजोर हुँदा मूल्य घट्न नसकेको उनले बताए।

‘यस वर्ष वर्षातको प्रत्यक्ष असर तरकारी उत्पादनमा परेको छ। अहिले बजारमा आउने गोलभेँडा साउन–भदौमा रोपिएको हो,’ उनले भने। ‘उक्त समयमा अत्यधिक वर्षाहुँदा धेरै ठाउँमा बाली डुबानमा पर्‍यो र बिरुवाहरु नष्ट भए, जसको प्रभाव अहिले मूल्यमा देखिएको छ।’ साथै, तराईका जिल्लाहरू—विशेषगरी सर्लाही लगायतबाट आउने उत्पादन पनि अपेक्षाकृत कम भएको र थप रूपमा शीतलहरका कारण गोलभेँडा र काउली समयमै पाक्न नसक्दा बजारमा पर्याप्त आपूर्ति हुन नसकेको उनले जानकारी गराए। गत वर्ष कम मूल्य पाएको अनुभवका कारण कतिपय किसानले यस वर्ष उत्पादन घटाएको हुन सक्ने पनि श्रेष्ठले बताए।

यद्यपि, आलु लगायतका केही तरकारीको मूल्य भने घटिसकेको छ। सूचना अधिकारी श्रेष्ठले उपभोक्तालाई महँगो भएका तरकारीको सट्टा सस्ता विकल्पतर्फ उपभोग परिवर्तन गर्न सुझाव दिएका छन्। यसो गर्न सके बढेको मूल्यलाई केही हदसम्म न्यूनिकरण गर्न सकिने उनको भनाइ छ।

थोक बजारदेखि खुद्रासम्म पुग्दा अस्वभाविक मूल्य अन्तर
थोक बजार र खुद्रा बजारमा तरकारी तथा फलफूलको मूल्यमा अत्याधिक अन्तर देखिएको पाइएको छ। थोक बजारमा १०० रुपैयाँ किलोमा पाइने तरकारी खुद्रा बजारमा पुग्दासम्म दोब्बर तेब्बरले महँगिने गरेको यथार्थ रहेको श्रेष्ठ बताएका छन्।

थोकदेखि खुद्रासम्म पुग्दा अत्यधिक मूल्य अन्तर देखिनु भने अस्वाभाविक भएको श्रेष्ठले बताए। विभिन्न तहमा ढुवानी, छाँटाइ, प्याकेजिङ र क्षतिको लागत जोडिए पनि दोब्बरभन्दा बढी मूल्य वृद्धि हुनु जायज नभएको उनको भनाइ छ। कालाबजारी तथा नाफाखोरी नियन्त्रण ऐनअनुसार अत्यधिक नाफा लिन नपाइने व्यवस्था भए पनि व्यवहारमा त्यसको प्रभावकारी कार्यान्वयन चुनौतीपूर्ण रहेको उनले स्वीकारे।

समितिले आफ्ना करिब ६ सय व्यवसायीलाई खरिद–बिक्रीको अभिलेख राख्न, कानुनको पालना गर्न र अनुचित नाफाखोरी नगर्न सचेत गराउँदै आएको जनाएको छ। सम्बन्धित निकायबाट अनुगमन र कारबाही पनि हुँदै आएको भएपनि असामान्य अवस्थामा अझ सक्रिय निगरानी आवश्यक रहेको श्रेष्ठको भनाइ छ।

समग्रमा, वर्षात् र शीतलहरका कारण उत्पादन घट्नु, आपूर्ति कमजोर हुनु र केही हदसम्म बजार प्रवृत्तिका कारण गोलभेँडा र काउलीजस्ता मौसमी तरकारीको मूल्य यस वर्ष घट्न नसकेको यथार्थ देखिएको उनको भनाइ छ।

मूल्य निर्धारण समितिले गर्दैन, व्यवसायीले आफैँ गर्छन्
कालीमाटीमा भित्रिने तरकारीको मूल्य निर्धारणमा समितिको भूमिका हुन्छ भन्ने उपभोक्ताको आंकलन हुने भए पनि समितिले मूल्य निर्धारण नगरी बजारमा भएको वास्तविक कारोबारको तथ्यांक मात्रै संकलन र सार्वजनिक गर्ने श्रेष्ठले बताए। अर्थात् व्यापारीहरूले मनपरी आफूखुशी मूल्य निर्धारण गर्दै आएका छन्।

श्रेष्ठका अनुसार कालीमाटी बजारमा बिहान ३ बजेदेखि ८–९ बजेसम्म मुख्य कारोबार हुने भएकाले सोही समयको न्यूनतम, अधिकतम र औसत थोक मूल्य संकलन गरी दैनिक बुलेटिनमार्फत सार्वजनिक गरिन्छ। यी मूल्यहरू प्रायः बोरा वा क्रेटजस्ता थोक परिमाणका आधारमा हुने भएकाले खुद्रा बजारमा फरक देखिनु पनि एक हद सम्म स्वाभाविक छ।

प्रकाशित: २०८२ माघ १ गते बिहिबार ११:१७
प्रतिक्रिया

थप समाचार

अनलाइन अपोइन्टमेन्ट लिएपनि राहदानी विभागमा घण्टौँ लाइन बस्नुपर्ने बाध्यता

काठमाडौं। त्रिपुरेश्वरस्थित राहदानी विभागमा अनलाइनमार्फत अपोइन्टमेन्ट बुक गरेर आएका सेवाग्राहीले समेत घण्टौँ लाइनमा बस्नुपर्ने बाध्यता भोगिरहेका छन्। अनलाइन प्रणालीमार्फत समय निर्धारण...

सम्भावनाको दोबाटोमा भैरहवाः पुरानो गल्ला व्यापारदेखि औद्योगिकीकरणको मार्गमा

आज भैरहवा इतिहास र सम्भावनाको दोबाटोमा छ। एकातिर पुरानो गल्ला व्यापार, तोरीको तेल, चामल निर्यात र सीमापार कारोबारको विरासत छ भने अर्कोतिर आधुनिक उद्योग, अन्तर्राष्ट्रिय विमानस्थल, स्वास्थ्य...

कोशी प्रदेशका विभिन्न जिल्लामा दुई दिन विद्युत आपूर्ति बन्द हुने

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले केरौन १३२/३३ केभि सबस्टेसन आयोजनाद्वारा कोशी प्रदेशका विभिन्न जिल्लाहरूमा दुई दिन विद्युत आपूर्ति बन्द हुने भएको जनाएको छ। प्राधिकरणले जारी गरेको सूचना...

पत्रकारहरूमाथि प्रहरीको धरकपड

काठमाडौँ: विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारलाई लिएर प्रहरीले पत्रकार र मिडिया हाउसहरूमाथि धरपकड गरेको छ। शुक्रबार सादा पोशाकमा कार्यालयमै पुगेर प्रहरीले नेपाल प्रेसका पत्रकार विश्वमणि...

‘मिनी टिलर’ गोरुको विकल्प बन्दै

भोजपुर। दुर्गम पहाडी जिल्ला भोजपुरमा गोरुको विकल्पकारुपमा मिनी टिलरको प्रयोग बढ्दै जान थालेको छ । पछिल्लो समय जिल्लामा मिनी टिलरको बिक्री बढेको सिद्धकाली सप्लार्यसका प्रोपाइटर बाजिम मगरले...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना