२०८३ कार्तिक १५ गते शनिवार

बानेश्वरमा स्थानीय उत्पादन र रैथाने परिकार मेला सुरु, एक वर्ष चल्ने

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, माघ १
sagpat_local

काठमाडौँ: ‘स्थानीय तहबाटै नेपाललाई सक्षम बनाउने अभियान’ भन्ने मूल नारासहित स्थानीय उत्पादन र रैथाने परिकार प्रबर्द्धन मेला २०८२–०८३ सुरु भएको छ।  काठमाडौंको बानेश्वरमा एक वर्षसम्म चल्नेछ। डिग फर नेपाल र वल्ड मार्ट युनिक सोलुसन्स (मौलिक बजार तथा मौलिक भान्छाघर) को संयुक्त प्रस्तुतिमा आयोजना हुने यो मेला चौथो जैविक विविधता दिवसको अवसर पारेर माघ १ गतेदेखि सुरु भएको छ।

मेला ५२ हप्तासम्म हरेक शनिवार तथा विशेष पर्व–अवसरमा आयोजना गरिनेछ। यसले नेपालका सातै प्रदेशका मौलिक उत्पादन, रैथाने परिकार, जैविक विविधता र सांस्कृतिक पहिचानलाई एउटै साझा मञ्चमा प्रस्तुत गर्ने लक्ष्य लिएको आयोजकले जनाएको छ।

आयोजकका अनुसार ‘स्थानीय तहबाटै नेपाललाई सक्षम बनाउने’ अभियान पाँच एकीकृत आधार— जमिनको सदुपयोग, रैथाने उत्पादन र ब्रान्डिङ, बजार पहुँच, मौलिक खानपान प्रवर्द्धन तथा सीप र शिक्षाको समन्वय—मा आधारित छ। ‘बाँझो जमिन रहित नेपाल’ अभियानअन्तर्गत प्रयोगविहीन जमिनलाई उत्पादनमुखी बनाउँदै विद्यालय, स्थानीय तह र युवाको सहकार्यमा बाँझो जमिन रहित वडा तथा पालिका घोषणा गरिनेछ। त्यस्तै, ‘एक स्थानीय तह–कम्तीमा एक उत्पादन’ अवधारणामार्फत रैथाने उत्पादनको पहिचान, ब्रान्डिङ र मूल्यअवृद्धि गर्दै हरेक स्थानीय तहमा किसान–उत्पादनलाई बजारसम्म पुर्‍याउन मौलिक बजार स्थापना गरिनेछ।

ग्रामीण क्षेत्रका साना किसानबाट कच्चा पदार्थ संकलन गरी पोषणयुक्त, स्वच्छ र न्यून प्रशोधन गरिएका खाद्य सामग्री शहरी उपभोक्तासम्म पुर्‍याउने दीर्घकालीन प्रयासका उद्देश्यले मेला आयोजना गर्न लागिएको आयोजकको भनाइ छ। साथै, ७५३ स्थानीय तहमा क्रमशः स्थानीय रैथाने स्वाद घर (मौलिक भान्छाघर) सञ्चालन गर्ने योजना पनि अघि सारिएको छ। यसले किसानलाई उचित मूल्य, स्थानीय प्रशोधन–प्याकेजिङ र रोजगारी सिर्जनामा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

मेलामा हरेक हप्ता फरक–फरक प्रदेशका रैथाने परिकार र सांस्कृतिक प्रस्तुति देख्न पाइनेछ। सातै प्रदेशका स्थानीय शेफद्वारा तयार गरिएका परिकार, कृषि तथा गैर–कृषि उत्पादनको प्रदर्शनी र प्रत्यक्ष बिक्री, पोषण र जैविक विविधतासम्बन्धी जनचेतना कार्यक्रम, उत्पादक–खरिदकर्ता–लगानीकर्ताबीच बी–टु–बी सञ्जाल, सुपथ मूल्यमा २१ परिकारको रैथाने बुफे, परम्परागत संगीत र सांस्कृतिक पोशाक प्रस्तुति
रहने बताइएको छ।

मेलाको पहिलो चरणअन्तर्गत माघ १ देखि माघ २४ गतेसम्म पाँच चरणका विशेष कार्यक्रम तय गरिएको छ।

प्रकाशित: २०८२ माघ १ गते बिहिबार १२:४५
प्रतिक्रिया

थप समाचार

अनलाइन अपोइन्टमेन्ट लिएपनि राहदानी विभागमा घण्टौँ लाइन बस्नुपर्ने बाध्यता

काठमाडौं। त्रिपुरेश्वरस्थित राहदानी विभागमा अनलाइनमार्फत अपोइन्टमेन्ट बुक गरेर आएका सेवाग्राहीले समेत घण्टौँ लाइनमा बस्नुपर्ने बाध्यता भोगिरहेका छन्। अनलाइन प्रणालीमार्फत समय निर्धारण...

सम्भावनाको दोबाटोमा भैरहवाः पुरानो गल्ला व्यापारदेखि औद्योगिकीकरणको मार्गमा

आज भैरहवा इतिहास र सम्भावनाको दोबाटोमा छ। एकातिर पुरानो गल्ला व्यापार, तोरीको तेल, चामल निर्यात र सीमापार कारोबारको विरासत छ भने अर्कोतिर आधुनिक उद्योग, अन्तर्राष्ट्रिय विमानस्थल, स्वास्थ्य...

कोशी प्रदेशका विभिन्न जिल्लामा दुई दिन विद्युत आपूर्ति बन्द हुने

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले केरौन १३२/३३ केभि सबस्टेसन आयोजनाद्वारा कोशी प्रदेशका विभिन्न जिल्लाहरूमा दुई दिन विद्युत आपूर्ति बन्द हुने भएको जनाएको छ। प्राधिकरणले जारी गरेको सूचना...

पत्रकारहरूमाथि प्रहरीको धरकपड

काठमाडौँ: विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारलाई लिएर प्रहरीले पत्रकार र मिडिया हाउसहरूमाथि धरपकड गरेको छ। शुक्रबार सादा पोशाकमा कार्यालयमै पुगेर प्रहरीले नेपाल प्रेसका पत्रकार विश्वमणि...

‘मिनी टिलर’ गोरुको विकल्प बन्दै

भोजपुर। दुर्गम पहाडी जिल्ला भोजपुरमा गोरुको विकल्पकारुपमा मिनी टिलरको प्रयोग बढ्दै जान थालेको छ । पछिल्लो समय जिल्लामा मिनी टिलरको बिक्री बढेको सिद्धकाली सप्लार्यसका प्रोपाइटर बाजिम मगरले...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना