२०८३ कार्तिक १५ गते शनिवार

राजीनामा नदिई प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गर्दै बालेन्द्र, मेयर पद के हुन्छ?

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, माघ ४
balen

काठमाडौँ: माघ ४ गते काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिई प्रतिनिधिसभा निर्वाचनका लागि प्रचारप्रसारमा जुट्ने तयारी गरेका बालेन्द्र साह अन्तत: राजीनामा नदिने मुडमा पुगेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट आगामी निर्वाचनपछि प्रधानमन्त्रीको क्यान्डिडेटका रूपमा अघि सारिएका साह झापा ५ बाट चुनाव लड्दैछन्।

साहले गत पुस १३ गते सभापति रवि लामिछानेसँग ७ बुँदे सम्झौता गर्दै रास्वपा प्रवेश गरेका थिए। सहमतिअनुसार साहले रास्वपाको नेतृत्वमा रविलाई र रविले आगामी फागुन २१ मा हुने निर्वाचनपछिको प्रधानमन्त्रीमा बालेन्द्रलाई स्वीकार गरेका थिए।

जसअनुसार माघ ४ गते मेयरबाट राजीनामा दिएर माघ ५ गते रविसँगै बालेन्द्र मधेश प्रदेशको जनकपुरबाट चुनावी प्रचारमा हिँड्ने तयारीमा थिए। यद्यपि, उनी राजीनामा नदिई प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गर्ने तयारीमा लागेका छन्।

यसैक्रममा उनी  आइतबार पहिलोपटक रास्वपाको पार्टी कार्यालय पुगेका छन्। रास्वपाको केन्द्रीय समिति बैठकअघि बालेन पार्टी कार्यालय पुगेकोमा नेता कार्यकर्ताहरूले उनको स्वागत गरेका छन्।

के छ आचारसंहितामा?
राजीनामा दिएर प्रचारप्रसारमा लाग्ने तयारी गरेका बालेन्द्रले मेयर पदबाट राजीनामा नदिए पनि प्रतिनिधिसभा उम्मेदवार बनेपछि स्वत: पदमुक्त हुनेछन्। 

गएको पुस १२ गते आयोगद्वारा स्वीकृत निर्वाचन आचारसंहिता २०८२ ले राष्ट्रियसभा, प्रदेशसभा, नगर वा गाउँसभाका सदस्य पदमा बहाल रहेका व्यक्ति प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार भएमा मनोनयन दर्ता भएपछि त्यस्तो पदबाट स्वतः पदमुक्त मानिने व्यवस्था गरेको छ।

आचारसंहिताको दफा ३९ मा पदमुक्त भएको मानिने शीर्षकअन्तर्गत यस्तो प्रावधान राखिएको छ। ‘संघीय संसद्को सदस्य, प्रदेश सभा सदस्य, गाउँ सभा सदस्य वा नगरसभाको सदस्य पदमा बहाल रहेको व्यक्ति संघीय संसद्को सदस्य वा प्रदेश सभा सदस्य पदको लागि हुने निर्वाचनमा उम्मेदवार भएमा मनोनयनपत्र दर्ता भएपछि त्यस्तो पदबाट स्वतः पदमुक्त भएको मानिनेछ।’

मनोनयनपत्र दर्ता समानुपातिक निर्वाचन प्रणाली तर्फको उम्मेदवारको बन्दसूची दर्ता समेतलाई मानिने आचारसंहितामा प्रष्ट्याइएको छ।

प्रकाशित: २०८२ माघ ४ गते आईतबार ०१:५७
प्रतिक्रिया

थप समाचार

सरकारले गर्‍यो एनप्याब्सन निलम्बन, संगठनका गतिविधिमा रोक

काठमाडौँ: सरकारले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) लाई निलम्बन गरेको छ।अर्को निर्णय नभएसम्मका लागि संस्थाको दर्ता तथा सञ्चालनसम्बन्धी गतिविधिमा रोक लगाइएको...

कांग्रेसको नयाँ कार्यसमितिले आजदेखि जिम्मेवारी सम्हाल्ने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि विधिवत् रूपमा पार्टी सञ्चालनको सम्पूर्ण जिम्मेवारी सम्हाल्ने भएको छ। ललितपुरको सानेपास्थित...

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त

काठमाडौँ: बौद्ध भिक्षुणी तथा चर्चित गायिका आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडगराज पौडेलका अनुसार मन्त्रालयको...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना