२०८३ कार्तिक १५ गते शनिवार

सुनसान छ कुनै वेला काठमाडौँ जोड्ने प्रमुख पूर्वी नाका, भ्याइनभ्याइ हुने बजारमा छैन व्यापार

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, माघ ४
photo-2_9794ea74

रामेछाप: एक समय काठमाडौँ जाने पूर्वको प्रमुख नाकाको रूपमा रहेको रामेछापको पुरानो बजार साँघुटार अहिले सुनसान भएको छ। लिखु खोला किनारस्थित यो बजार पूर्वको ओखलढुङ्गा, खोटाङ, सोलुखुम्बु र भोजपुर क्षेत्रका मानिसहरूको काठमाडौं आउजाउ गर्ने मुख्य नाका थियो। तर सडक सञ्जाल विस्तार र समय परिवर्तन सँगै साँघुटार बजारको चहलपहल घट्दै गएको छ।

विसं १९६० मा सुरु भई १९६५ सालतिर साँघुटारबाट ओखलढुङ्गा तर्न लिखु खोलामा झोलुङ्गे पुल बनेपछि यहाँको आवतजावत बढ्नेको थियो। पुल तरेर पूर्व जाने मानिसहरूको आउजाउ बढेपछि साँघुटारमा नाङ्ले पसल सुरु गरेका स्थानीय हिरा उदास बताउँछन्। पछि १९८५ सालदेखि नेवार समुदाय र भक्तपुरबाट आएका भदौकाजीहरूले यहाँ पसल सुरु गरेका थिए।

हजुबा पुस्ताले सुरु गरेको साँघुटारको व्यापार अहिले नाति र पनाति पुस्ताले धानिरहेका छन्। तर कुनै समय भ्याइनभ्याइ हुने बजारको व्यापार अहिले सुनसान छ। साँघुटार बजार ऐतिहासिक बजारको रूपमा चिनिन्छ। करिब एक सय वर्ष पुरानो यो बजारमा ढुङ्गा माटोले बनेका अग्ला घरहरू देखिन्छन्। यस्ता घरहरू चार तले निर्माणका छन् र अहिले बाहिरबाट सिमेन्टले पोतिएको अवस्थामा छन्। बजार क्षेत्रमा क्रमशः नयाँ सिमेन्टका घर बन्न थालेका छन्।

ऐतिहासिक महत्वका यी घरहरू विस्तारै भत्कँदै र माटोमा मिल्दै जाने क्रम बढ्दै गएको छ। यो बजारलाई साना सहरको रूपमा विकास गर्न सके मौलिकताको संरक्षण र गाउँबाट सहर पलायनलाई पनि रोक्न सकिने अवस्था छ। स्थानीय र पुरातात्विक हिसाबले महत्त्वपूर्ण यी पुराना घर र साँघुटारको मौलिकता संरक्षण गर्न पुराना घर संरक्षण कार्यक्रम आवश्यक रहेको स्थानीयहरू बताउँछन्। अन्यथा यो बजारको ऐतिहासिक पहिचान माटोमा मिसिने खतरा रहेको उनीहरूको भनाइ छ।

प्रकाशित: २०८२ माघ ४ गते आईतबार ०२:१२
प्रतिक्रिया

थप समाचार

अनलाइन अपोइन्टमेन्ट लिएपनि राहदानी विभागमा घण्टौँ लाइन बस्नुपर्ने बाध्यता

काठमाडौं। त्रिपुरेश्वरस्थित राहदानी विभागमा अनलाइनमार्फत अपोइन्टमेन्ट बुक गरेर आएका सेवाग्राहीले समेत घण्टौँ लाइनमा बस्नुपर्ने बाध्यता भोगिरहेका छन्। अनलाइन प्रणालीमार्फत समय निर्धारण...

सम्भावनाको दोबाटोमा भैरहवाः पुरानो गल्ला व्यापारदेखि औद्योगिकीकरणको मार्गमा

आज भैरहवा इतिहास र सम्भावनाको दोबाटोमा छ। एकातिर पुरानो गल्ला व्यापार, तोरीको तेल, चामल निर्यात र सीमापार कारोबारको विरासत छ भने अर्कोतिर आधुनिक उद्योग, अन्तर्राष्ट्रिय विमानस्थल, स्वास्थ्य...

कोशी प्रदेशका विभिन्न जिल्लामा दुई दिन विद्युत आपूर्ति बन्द हुने

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले केरौन १३२/३३ केभि सबस्टेसन आयोजनाद्वारा कोशी प्रदेशका विभिन्न जिल्लाहरूमा दुई दिन विद्युत आपूर्ति बन्द हुने भएको जनाएको छ। प्राधिकरणले जारी गरेको सूचना...

पत्रकारहरूमाथि प्रहरीको धरकपड

काठमाडौँ: विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारलाई लिएर प्रहरीले पत्रकार र मिडिया हाउसहरूमाथि धरपकड गरेको छ। शुक्रबार सादा पोशाकमा कार्यालयमै पुगेर प्रहरीले नेपाल प्रेसका पत्रकार विश्वमणि...

‘मिनी टिलर’ गोरुको विकल्प बन्दै

भोजपुर। दुर्गम पहाडी जिल्ला भोजपुरमा गोरुको विकल्पकारुपमा मिनी टिलरको प्रयोग बढ्दै जान थालेको छ । पछिल्लो समय जिल्लामा मिनी टिलरको बिक्री बढेको सिद्धकाली सप्लार्यसका प्रोपाइटर बाजिम मगरले...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना