काठमाडौँ: काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन)ले मेयर पदबाट राजीनामा दिएका छन्। उनले आइतबारदेखि लागू हुनेगरी उपप्रमुख सुनिता डंगोलसमक्ष राजीनामा दिएका हुन्।
पदमा रहँदा काठमाडौँ महानगरपालिका र नगरवासीको हितमा सकेसम्म इमान्दारीपूर्वक कार्य गर्ने प्रयास गरेको भन्दै उनले स्वच्छाले राजीनामा दिएको बताएका छन्। आगामी दिनमा दिनम महानगरपालिकाको नेतृत्व, सेवा प्रवाह र विकास-यात्रा थप प्रभावकारी, पारदर्शी र परिणाममुखी बनोस् भन्ने कामनासहित उपप्रमुख र नगर कार्यपालिकालाई सफलताको शुभकामना पनि उनले दिएका छन्।
उनी आसन्न प्रतिनिधिसभाबाट झापा ५ बाट राष्ट्रिय स्वतन्त्र पार्टीबाट चुनाव लड्दैछन्। राजीनामासँगै उनी आजैदेखि रास्वपाका चुनावी प्रचारप्रसार कार्यमा संलग्न हुँदैछन्। सोमबार उनी रास्वपमा सभापति रवि लामिछानेसँग मधेशको जनकपुर जाने कार्यतालिका रहेको छ।


