काठमाडौं। नेपाली कांग्रेसले प्राडा गोविन्दराज पोखरेललाई प्युठानबाट उम्मेदवार बनाएको छ। पोखरेल नेता शेखर कोइराला निकट मानिन्छन्। नेपाल क्लिक्सँग कुरा गर्दै पोखरेलले सभापति गगन थापाले नै फोन गरेर चुनावी तयारीमा लाग्न भनेपछि आफू प्युठानतर्फ हिँडेको बताए ।
प्रधानमन्त्री सुशील कोइरालाका पालामा राष्ट्रिय योजना आयोगका उपाध्यक्षका साथै नेपाल पुनर्निमाण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मेबारी सम्हालेका छन्।
उनी कांग्रेसको विवाद मिलाउन निरन्तर लागि परेका थिए।
पोखरेल २०७४ सालको निर्वाचनमा तत्कालीन बाठबन्धनकी उम्मेदवार दुर्गा पौडेलसँग पराजित भएका थिए।


