२०८३ कार्तिक १५ गते शनिवार

कुन्दन काफल भन्छन्: म त्याग गर्न तयार छु, तर कांग्रेस थप बलियो, जनमुखी र उर्जाशील हुनुपर्‍यो

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, माघ ५
kundanraj_kafle

काठमाडौँ: नेपाली कांग्रेसका नेता तथा बागमती प्रदेशका पूर्व अर्थमन्त्री कुन्दन काफ्लेले पार्टी हितका लागि आवश्यक परे त्याग गर्न तयार रहेको बताएका छन्। तर, चारतारे झण्डा र रुखसहितको कांग्रेस थप बलियो, जनमुखी र ऊर्जाशील बन्नुपर्ने उनको भनाइ छ।

सामाजिक सञ्जालमा विद्यार्थी आन्दोलनताका घाइतेको उद्वार गर्दै गरेको फोटो सेयर गर्दै उनले आफू कांग्रेसको ‘सिपाही’ भएको, पार्टीलाई कमजोर बनाउने कुनै पनि काम नगरेको बताएका छन्। पार्टीप्रति आफ्नो प्रतिबद्धता, राजनीतिक यात्राका अनुभव र वर्तमान अवस्थाप्रति चिन्ता व्यक्त गर्दै उनले दलको शीर उँचो बनाउन ज्यान हत्केलामा राखेका दर्जनौँ उदाहरण आफूसँग भएको उनको भनाइ छ।

‘मभित्र कमजोरीहरू होलान्, तर मैले कहिल्यै कांग्रेसलाई कुभलो गरिनँ। दलको शीर उँचो बनाउन ज्यान हत्केलामा राखेका दर्जनौँ उदाहरण छन्,’ उनले भनेका छन्। पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको भनाइ स्मरण गर्दै मूल्य र सिद्धान्तका आधारमा दीर्घकालीन राजनीति गर्नुपर्ने शिक्षाले आफूलाई मार्गदर्शन गरेको भनाइ उनको छ।

‘राजनीति सरल रेखामा हिँड्दैन भन्ने वाक्य मैले पहिलो–पटक कसैबाट सुनेको हुँ भने, त्यो अग्रजको नाम हो–गगनकुमार थापा। विद्यार्थी राजनीतिका दुःखसुख, नोकझोक र त्यतिबेला नै दलभित्रको अन्तसंघर्षका अनेक साक्षी बसिरहँदा, छेउकुनाबाट हेलिएर कुनै न कुनै आन्दोलनको अग्रभागमा भइरहँदा एक दिन मलाई श्रद्धेय गिरिजाबाबुले भनेको याद छ– तिमीहरु जस्तो नौजवानहरू लामो राजनीति गर्नुपर्छ। भ्यालुजका आधारमा आफू हिँडिरहनुपर्छ। लागिरहनुपर्छ,’ उनले भनेका छन्।

यस्तो छ उनको भनाइ–

म कांग्रेसको सिपाही हुँ, कतै भाग्दिनँ। ‘राजनीति सरल रेखामा हिँड्दैन भन्ने’ वाक्य मैले पहिलो–पटक कसैबाट सुनेको हुँ भने, त्यो अग्रजको नाम हो–गगनकुमार थापा। विद्यार्थी राजनीतिका दुःखसुख, नोकझोक र त्यतिबेला नै दलभित्रको अन्तसंघर्षका अनेक साक्षी बसिरहँदा, छेउकुनाबाट हेलिएर कुनै न कुनै आन्दोलनको अग्रभागमा भइरहँदा एक दिन मलाई श्रद्धेय गिरिजाबाबुले भनेको याद छ– ‘तिमीहरु जस्तो नौजवानहरु लामो राजनीति गर्नुपर्छ। भ्यालुजका आधारमा आफू हिँडिरहनुपर्छ। लागिरहनुपर्छ।’

मैले यी दुई प्रसङ्गहरु किन पनि यहाँ उल्लेख गरेँ भने– मभित्र तमाम कमजोरीहरु होलान् तर मैले कहिल्यै प्रतिवद्ध दल कांग्रेसलाई कुभलो गरिनँ। दलको हानिनोक्सानी होस् भन्ने सपनामा पनि सोचिनँ। दलको शीर उँचो हुन्छ भने ज्यान नै हत्केलामा राखेका दर्जनौं उदाहरणहरु छन्। सडकमा नारा लगाउँदा होस् या आन्दोलनमा रगत बगाउँदा, दलभित्र रहेका विचारधारा समूहको टकरावका बेला होस् या कुनै सभा–सम्मेलनमा आफूलाई उभ्याउनुपर्दा– सबै ठाउँमा म ‘स्पष्ट’, ‘खरो’ र ‘देखिने/सुनिने’ खालको हुने प्रयत्न गरेँ। कहिलेकाँही यही कुरा कतिपय अग्रजका लागि ‘उग्र’ भन्ने लाग्यो त कतिपयका लागि यो स्वभाव ‘जोदाहा र जुझारु’ भन्ने लाग्यो। यो स्वभावमा मैले ‘कम्प्रोमाइज’ गर्न सक्दिनँ किनभनेँ मैले यसरी नै राजनीति सिकेँ, राजनीति पढेँ र राजनीति गर्दै आएँ। यो मेरो आदत होइन सम्पत्ती बनिसक्यो।

तर म आफूलाई भन्दा पनि बढि माया गरेको, समर्पित भएको र खुन–पसिना बगाएको पार्टी नेपाली कांग्रेसको वर्तमान अवस्था कस्तो छ भन्ने सबैमा जगजाहेर छ। हो– म विचारधार समूहका हिसावले श्रद्धेय नेता कृष्ण सिटौलाको छहारीमा छु। नेपालको शान्ति प्रक्रिया र संविधान निर्माणको त्यति जटिल र संवेदनशील अनुष्ठानका अगुवा सिटौला दाइप्रति मेरो सम्मान कहिल्यै घट्दैन। र, म जहाँ छु त्यो भूमिमा उभ्भिएर भन्न सक्छु– सिटौला दाइ मात्र होइन, सबै अग्रज श्रद्धेय नेताहरुलाई मैले अपमान गर्ने अधिकार राख्दिनँ।

समयक्रममा मबाट त्यस्तो केही गल्ती भएको भए एउटा उदारमना डेमोक्रेटको नाताले क्षमाको भागी बन्न पनि कुनै आपत्ती रहेन। कुरो यत्ति– एउटा सिंगो कांग्रेस, एउटा सवल कांग्रेस र एउटा नुतन कांग्रेस हामी सबैको सपना मात्र होइन अब अपरिहार्यता हो। यसका लागि मलाई पार्टीले– एउटा सिपाहीका रुपमा मैदानमा खटाउँछ भने पनि म तयार छु। र, अहिले त्याग गर भनेर मेरो धैर्यताको परीक्षा लिन्छ भने पनि म तयार छु। यसमा मेरो सर्त एउटा मात्र छ– चारतारे झण्डा र रुखसहित कांग्रेस चाहिँ थप बलियो हुनुपर्यो। थप जनमुखी र थप उर्जाशील हुनुपर्यो।
जय नेपाल।

प्रकाशित: २०८२ माघ ५ गते सोमबार ०३:४२
प्रतिक्रिया

थप समाचार

सरकारले गर्‍यो एनप्याब्सन निलम्बन, संगठनका गतिविधिमा रोक

काठमाडौँ: सरकारले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) लाई निलम्बन गरेको छ।अर्को निर्णय नभएसम्मका लागि संस्थाको दर्ता तथा सञ्चालनसम्बन्धी गतिविधिमा रोक लगाइएको...

कांग्रेसको नयाँ कार्यसमितिले आजदेखि जिम्मेवारी सम्हाल्ने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि विधिवत् रूपमा पार्टी सञ्चालनको सम्पूर्ण जिम्मेवारी सम्हाल्ने भएको छ। ललितपुरको सानेपास्थित...

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त

काठमाडौँ: बौद्ध भिक्षुणी तथा चर्चित गायिका आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडगराज पौडेलका अनुसार मन्त्रालयको...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना