झापा: राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह(बालेन)ले प्रतिनिधि सभा झापा क्षेत्र ५ को लागि मनोनयन दर्ता गराएका छन्।

मंगलबार बिहान निर्वाचन कार्यालय पुगेका बालेनले मनोनयन दर्ता गराएका हुन्। उक्त क्षेत्रमा पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीले आठौँ पटक चुनावी प्रतिस्पर्धामा उत्रिदैछन्। ओली  दिउँसो १ बजे निर्वाचन कार्यालय पुगेर मनोनयन दर्ता गराउँदै छन्।

बालेनले संसदीय निर्वाचनमा ‘डेब्यू’ गर्न लागेका हुन्। देशमा चार पटक प्रधानमन्त्री भइसकेका ओली ०४८ सालदेखि लगातार त्यही क्षेत्रबाट उठ्दै आएका छन्।