२०८३ कार्तिक १५ गते शनिवार

नीति बनाउने कुर्सीमा व्यवसायीको आकर्षण: संसदीय निर्वाचनमा उद्योगीहरूको बाक्लो उपस्थिति

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, माघ ७
photo_9fd35292

काठमाडौँ: आगामी फागुन २१ को प्रतिनिधिसभा तर्फको निर्वाचनका लागि यसपटक प्रत्यक्षतर्फ उद्योगी व्यवसायीहरूले बाक्लो सङ्ख्यामा उम्मेदवारी दर्ता गराएका छन्। उम्मेदवारी दर्ता गराउनेमा सेयर कारोबारी, सहकारी सञ्चालक, अर्बपति देखि सञ्चार उद्यमीसम्म रहेका छन्।

आगामी निर्वाचनका लागि करीब दुई दर्जनभन्दा बढी उद्योगी व्यवसायीले उम्मेदवारी दर्ता गराएका छन्। जसमध्ये एक हुन् नेपालकै पहिलो अर्बपति विनोद चौधरी। उनले नेपाली कांग्रेसबाट नवलपरासी पश्चीम क्षेत्र नं –१ बाट मंगलबार आफ्नो उम्मेदवारी दर्ता गराएका हुन्। चौधरीको यो दोस्रो चुनावी प्रतिस्पर्धा हो।

राजनीतिमा व्यवसायीको आकर्षण बढ्नुको मुख्य कारण नीति निर्माण तहमा पुग्ने चाहना रहेको उनीहरू बताउँछन्। उद्योगमैत्री कानुन, कर प्रणालीमा सुधार, लगानी सुरक्षाजस्ता मुद्दालाई संसदमा बलियो ढंगले उठाउन आफूहरू आवश्यक रहेको उनीहरूको तर्क छ। नीति बनाउने ठाउँमै नपुगेसम्म उद्योग–व्यवसायका समस्या समाधान नहुने उनिहरूको तर्क छ। करेन्ट चाउचाउ उत्पादन गर्ने यशोदा फुड्सका अध्यक्ष चुन्नप्रसाद शर्मा पौडेलले पनि रुपन्देही–२ बाट कांग्रेसको तर्फबाट उम्मेदवारी दिएका छन्। यो उनको पहिलो चुनावी प्रतिस्पर्धा हो।

पठाओका प्रबन्ध निर्देशक असीममान सिंह बस्न्यातले काठमाडौँ–१ बाट स्वतन्त्र रूपमै उम्मेदवारी दिएका छन्। उनले यसअघि नै आफूले स्वतन्त्र रूपमा निर्वाचनमा भाग लिने जानकारी गराएका थिए। यस्तै, नेपाली कांग्रसका तर्फबाट पर्सा–४ मा टिकट पाएका अनिलकुमार रुंगटा पनि स्थापित उद्योगी हुन्। कास्की–१ बाट नुर ओभर्सिज म्यानपावरका सञ्चालक तिलक रानाभाट नेपाली कांग्रेसबाट चुनावी मैदानमा उत्रिएका छन्।

मुक्तिनाथ विकास बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा सञ्चालक समितिका पूर्व अध्यक्ष भरतराज ढकालले स्याङ्जा–१ बाट कांग्रेसको तर्फबाट उम्मेदवारी दिएका छन्।

व्यवसायी पृष्ठभूमिबाट प्रतिनिधिसभा चुनाव लड्न लागेका अर्का व्यक्ति हुन्। मेडिकल व्यवसायी सुनीलकुमार शर्मा। कांग्रेसले मोरङ–३ मा उम्मेदवार बनाएका काठमाडौं मेडिकल कलेज र नोबल मेडिकल कलेजका सञ्चालक शर्माले जलविद्युत् आयोजनामा पनि लगानी गर्न लागेका छन्। उनी यसअघिको निर्वाचनमा मोरङ–३ बाटै निर्वाचित भएका थिए।

सञ्चार उद्यमीका रूपमा चिनिने ऋषिराज धमला रौतहट–४ बाट चुनावी मैदानमा उत्रिएका छन्। प्रभु शाहको पार्टी आम जनता पार्टीले उनलाई उम्मेदवार बनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्षसमेत रहेका डीपी अर्याल काठमाडौँ–९ बाट उम्मेदवार बनेका छन्। उनको कृषि फार्म, ट्राभल सर्भिस, सहकारी, इँटा उद्योग, रेमिटेन्स कम्पनी, एजुकेशन कन्सल्टेन्सी, सेक्युरिटी सर्भिस, ट्रेकिङ सर्भिस, होटेलसहितमा लगानी छ। उनी अघिल्लो निर्वाचनमा समानुपातिकतर्फबाट सांसद बनेका थिए।

युवा सेयर कारोबारी हरि ढकालले पनि चितवन–१ बाट दोस्रो पटक उम्मेदवारी दर्ता गराएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता ढकाल यसअघि सोही क्षेत्रबाट निर्वाचित भएका थिए। कांग्रेसका तर्फबाट रसुवामा उम्मेदवार बनेका मोहन आचार्य, धादिङ–२ बाट टिकट पाएका रमेशप्रसाद धमला, एमालेबाट कपिलवस्तु–३ मा उम्मेदवारी दिएका वीरेन्द्रप्रसाद कनौडिया तथा झापा–४ बाट उम्मेदवार बनेका एलपी साँवा लिम्बू पनि विभिन्न व्यवसाय तथा उद्यमसँग सम्बन्धित व्यक्तिहरू हुन्।

प्रकाशित: २०८२ माघ ७ गते बुधबार ११:०४
प्रतिक्रिया

थप समाचार

सरकारले गर्‍यो एनप्याब्सन निलम्बन, संगठनका गतिविधिमा रोक

काठमाडौँ: सरकारले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) लाई निलम्बन गरेको छ।अर्को निर्णय नभएसम्मका लागि संस्थाको दर्ता तथा सञ्चालनसम्बन्धी गतिविधिमा रोक लगाइएको...

कांग्रेसको नयाँ कार्यसमितिले आजदेखि जिम्मेवारी सम्हाल्ने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि विधिवत् रूपमा पार्टी सञ्चालनको सम्पूर्ण जिम्मेवारी सम्हाल्ने भएको छ। ललितपुरको सानेपास्थित...

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त

काठमाडौँ: बौद्ध भिक्षुणी तथा चर्चित गायिका आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडगराज पौडेलका अनुसार मन्त्रालयको...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना