२०८३ कार्तिक १५ गते शनिवार

कांग्रेस युवानेता तिवारी भन्छन्: म उम्मेदवार हुनु नहुनु गौण हो, कांग्रेस पहिलो पार्टी बन्छ

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, माघ ७
shankar

काठमाडौँ: नेपाली कांग्रेस युवानेता शंकर तिवारीले आगामी निर्वाचनबाट कांग्रेस संसद्‌को पहिलो दल बन्ने बताएका छन्। उनले भदौ जेनजी उथलपुथलपछि हुन लागेको  निर्वाचनमा आफूलाई उम्मेदवारका रूपमा देख्न चाहनेलाई आभार प्रकट गर्दै आफूले लिएको सुदूर राजनीतिक लक्ष्यका अगाडि प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार हुनु नहुनु गौण भएको बताए।

यद्यपि, कांग्रेस पहिलो दल बन्ने दाबी गर्दै उनले नेपाली कांग्रेसको विशेष महाधिवेशन सम्पन्न हुनु र नेतृत्व बदलिनु चानचुने घटना नभएको बताए। सभापति गगन थापाको नेतृत्वमा नेपाली कांग्रेस नयाँ संकल्प, उमङ्ग जोश र जाँगर सहित आम निर्वाचनका लागि होमिएको उनको भनाइ छ। कांग्रेस बदलिएर देश बदल्ने महाअभियानमा सबैको साथ र समर्थनको जरुरी भएको भन्दै उनले भनेका छन्, ‘जडतामा अल्झिएको कांग्रेस एकैपटक बगेको छ , सफा कन्चन र निर्मल बनेर। तपाईँहरू निर्धक्क रहनुहोस् कांग्रेस पहिलो पार्टी बन्ने बन्नेछ। नेपाली राजनीतिमा नयाँ कीर्तिमान लेखिनेछ।’

उनले भनेका छन्–
फाल्गुन २१ गते सम्पन्न हुने आम निर्वाचनका लागि देशभर अत्यन्त उत्साहका साथ शान्तिपूर्ण र हर्षोल्लासपूर्ण वातावरणमा माघ ६ गते उम्मेदवारहरुको मनोनयन सम्पन्न भएको छ। भाद्र २३/२४ को जेनजी उथलपुथलपछि हुन लागेको यस निर्वाचनमा मलाई पनि सांसदको उम्मेदवारको रुपमा देख्न चाहनुहुने आशीर्वाद दिनुहुने सबै सबै शुभेच्छुकहरू प्रति कृतज्ञ छु र हार्दिक आभार प्रकट गर्दछु।

मैले लिएको सुदूर राजनीतिक लक्ष्यका अगाडि प्रतिनिधि सभा निर्वाचनमा मेरो उम्मेदवारी हुनु या नहुनु गौण कुरा हो। आम निराशा र अन्योललाई चिर्दै काङ्ग्रेस बदलेर देशलाई बदल्ने जुन महान लक्ष्यमा हामी लागेका थियौँ, त्यो लक्ष्य प्राप्तिको नजिक पुगेको तथ्य तपाईँहरू समक्ष सार्वजनिक गर्न पाउँदा म अत्यन्त हर्षित छु।

कांग्रेस बदल्ने मेरो संकल्प भाद्र २३ को जेन्जी उथलपुथल पछि झन् तीब्र भएर गएको थियो। त्यो काम अत्यन्त छोटो समयमा झन्डै आशातित , तिलश्मी र जादुमयी शैलीमा सम्पन्न भएको छ। पुस २७ देखि माघ ६ सम्मका १० दिनका प्रत्येक क्षण नेपाली इतिहासले फेरि फेरि दोहोराएर हेर्नेछ, खोतल्नेछ। नेपाली इतिहासको त्यो निर्णायक क्षणमा म जहाँ उभिए, त्यो क्षण सम्भव गराउन म जसरी लागे र उभिएँ , त्यो मेरो जिन्दगीको सबभन्दा गौरवका क्षणहरू हुन।

नेपाली कांग्रेसको विशेष अधिवेशन सम्पन्न हुनु र नेतृत्व बदलिनु चानचुने घटना थिएन। आदरणीय सभापति गगन थापाको नेतृत्वमा नेपाली कांग्रेस नयाँ संकल्प , उमङ्ग जोश र जाँगर सहित आम निर्वाचनका लागि होमिएको छ। कांग्रेस बदलिएर देश बदल्ने यस महाअभियानमा तपाईंहरूको अझ ठूलो साथ र समर्थनको जरुरी छ।

जडतामा अल्झिएको कांग्रेस एकैपटक बगेको छ , सफा कन्चन र निर्मल बनेर। तपाईँहरू निर्धक्क रहनुहोस् कांग्रेस पहिलो पार्टी बन्ने बन्नेछ। नेपाली राजनीतिमा नयाँ कीर्तिमान लेखिनेछ।

निर्वाचनका कार्यक्रम प्रारम्भ भए संगै नेपाल नवनिर्माणको युग प्रारम्भ भएको छ। त्यसको पहिलो पाइला आगामी निर्वाचनको परिणामले निर्दिष्ट गर्नेछ। तसर्थ टिकट वितरणका बेला देखिएका तिक्तता र मनोमालिन्यतालाई बिर्सेर मजबुत र सर्वव्यापी एकता सहित बढ्नु कांग्रेसजनको ऐतिहासिक कार्यभार र दायित्व हुन आएको छ। पार्टीको आधिकारिकता निरूपण गर्ने बहानामा प्रायोजित र कृतिम विवाद खडा गरेर एउटा पक्ष न्यायालयको ढोका ढकढक्याएको बेला ७२ घण्टाको छोटो समय भित्र १६५ निर्वाचन क्षेत्रमा सबै खाले सन्तुलन कायम गरेर टिकट वितरण गर्ने कुरा झन्डै असामान्य कार्य थियो।टिकट वितरणका बेला देखिएका छिटपुट अलमल र विवाद साम्य हुने क्रममा छन्।

गणतान्त्रिक संविधान जारी भएपछि पहिलो पटक १६५ निर्वाचन क्षेत्रमा रुखचिन्हमा मतदान गर्न पाउने गरी कांग्रेसका उम्मेदवारहरू खडा गरेको छ। यसले विगत निर्वाचनहरूमा नेपाली कांग्रेसको समानुपातिक तर्फ खुम्चिएको हिस्सालाई रोक्न सहज गराउने छ। नवनिर्वाचित नेतृत्वको संयम, धैर्यता र उदारताका कारण कतै २०५१ सालको मध्यावधिको विग्रह त हुने होइन भन्ने संशय भएको बेला हामी २०४८ सालतिरकै परिणाम तर्फ उन्मुख भएका छौँ। नेपाली राजनीतिमा नेपाली कांग्रेसको सर्बोपरिता पुन एकपटक स्थापित हुने आधार तय भएको छ।

तसर्थ, नेपाली कांग्रेसका आधिकारिक उम्मेदवारका रूपमा रुख चुनाव चिन्ह लिएर तपाईंहरूका बीचमा आउनु भएका पार्टीका उम्मेदवारलाई पार्टी पंक्तिका सबै साथीहरू एकताबद्ध भई निर्वाचन अभियानमा लाग्न, देशभरका प्रत्यक्ष तर्फ १६५ वटै निर्वाचन क्षेत्रमा र ११० समानुपातिक सिटमा अत्यधिक मतका साथ विजयी गराउन हार्दिक अनुरोध तथा अपिल गर्दछु।

आदरणीय नेता गगन थापाको नेतृत्वमा फागुन २१ गते नेपाली कांग्रेस राष्ट्रिय शक्तिको हैसियतमा गौरवमय ऐतिहासिक परम्परा कायम गर्दै संसदको पहिलो शक्ति भएर उदाउनेछ।

प्रकाशित: २०८२ माघ ७ गते बुधबार ०२:२६
प्रतिक्रिया

थप समाचार

सरकारले गर्‍यो एनप्याब्सन निलम्बन, संगठनका गतिविधिमा रोक

काठमाडौँ: सरकारले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) लाई निलम्बन गरेको छ।अर्को निर्णय नभएसम्मका लागि संस्थाको दर्ता तथा सञ्चालनसम्बन्धी गतिविधिमा रोक लगाइएको...

कांग्रेसको नयाँ कार्यसमितिले आजदेखि जिम्मेवारी सम्हाल्ने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि विधिवत् रूपमा पार्टी सञ्चालनको सम्पूर्ण जिम्मेवारी सम्हाल्ने भएको छ। ललितपुरको सानेपास्थित...

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त

काठमाडौँ: बौद्ध भिक्षुणी तथा चर्चित गायिका आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडगराज पौडेलका अनुसार मन्त्रालयको...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना