२०८३ कार्तिक १५ गते शनिवार

नयाँ नेतृत्व चयन गर्दै पर्वत समाजको प्रथम साधारण सभा सम्पन्न

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, माघ ११
parbat

काठमाडौँ: पर्वत समाजको प्रथम वार्षिक साधारण सभा तथा अधिवेशनले गणेश शर्माको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध चयन गरेको छ।

काठमाडौंको बसुन्धरास्थित दियालो फुड ल्याण्डमा शनिबार भएको अधिवेशनले अध्यक्षमा पर्वतको मोदी गाउँपालिका वडा नं २ देउपुरका गणेश शर्मा, उपाध्यक्षमा फलेवास नगरपालिकाका ७ लिमिठानाका इश्वरी पन्त, महासचिवमा कुश्मा १३ का टिकाराम कार्की, कोषाध्यक्षमा फलेवास नगरपालिका वडा नं ४ का सुरेन्द्र तिवारी, सचिवमा कुश्मा नगरपालिका वडा नं ३ का अशोक पौडेल निर्वाचित भए।

त्यसैगरी सदस्यहरुमा मोदी गाउँपालिका वडा नं ५, बाजुङका बन्दना ढकाल, मोदी ७ राम्जाका प्रकाश गौतम, कुश्मा ४ का रामचन्द्र श्रेष्ठ, जलजला गाउँपालिका ४ का मनिष सुवेदी, फलेवास नगरपालिकाका ७ गोपाल पौडेल, महाशिला गाउँपालिकाका भिमप्रसाद शर्मा र बिहानी गाउँपालिकाका प्रकाश कुमार पाण्डे निर्वाचित भए।

समाजले आफ्नो साधरणसभा तथा अधिवेशनको अवसरमा प्रकाशित पर्वत चिनारी विमोचन र विभिन्न चार विधामा पर्वत व्यक्तित्व सम्मान पनि प्रदान गरेको थियो। पर्वत चिनारीमा पर्वत राज्यको इतिहासदेखि वर्तमान संघीय संरचनासम्मको अवस्था, चुनौती र सम्भावनासहित विभिन्न विज्ञहरूको लेख समेटिएको सम्पादन मण्डलका संयोजक देवेन्द्र लामिछानेले जानकारी दिए। पुस्तकको विमोचन प्रमुख अतिथि तथा राष्ट्रिय सभाका निवर्तमान अध्यक्ष गणेश तिमिल्सिना र समाजका अध्यक्ष गणेश शर्माले संयुक्त रुपमा गरेका थिए।

त्यसैगरी सोही कार्यक्रममा समाजले पर्वतको मोदी गाउँपालिका ६ गिज्यानका स्थानीय प्रा.डा तेजबहादुर सिंह महतलाई ‘पर्वत विशिष्ट व्यक्तित्व सम्मान’, फलेवास नगरपालिका वडा नं ५ खानीगाउँका स्थानीय भोलानाथ शर्मालाई ‘पर्वत शिक्षा सेवा सम्मान’, जलजला गाउँपालिका वडा नं ३ माझफाँटका स्थानीय टेकबहादुर जिसीलाई ‘पर्वत समाज सेवा सम्मान’ र फलेवास नगरपालिका वडा नं ६, देवीस्थानका स्थानीय विनोद भुषाललाई ‘कृषि तथा उद्यम सम्मान’ प्रदान गरेको थियो।

समाजले सम्मानका लागि व्यक्ति छनौटलाई निस्पक्ष, पारदर्शी र व्यवस्थित बनाउन पूर्व प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको थियो।उक्त समितिको सदस्यमा उच्च अदालतका पूर्व न्यायधीस जगत नारायण प्रधान र नेपाली सेनाका पूर्व उपरथी देवेन्द्र मेघासी सदस्य रहेका थिए।

सम्मानका विधा र मापदण्ड समाजसँगको परामर्शमा समितिले निर्धारण गरेको थियो।जसअनुसार विशिष्ट व्यक्तित्व सम्मान छनौट समितिले पर्वतमा जन्मेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा योगदान पुर्‍याएका व्यक्ति मध्येबाट छनौट गरेको हो।

त्यसैगरी पर्वत शिक्षा सेवा सम्मान, समाज सेवा सम्मान र कृषि तथा उद्यम सम्मान सम्बन्धित पालिकाको सिफारिस भएका उम्मेदवार मध्यबाट पर्वत जिल्लाका लागि पुर्‍याएको योगदानको मूल्याङ्कनका आधारमा छनोट गरिएको समाजका सदस्य अशोक पौडेलले कार्यक्रममा जानकारी दिए।

कार्यक्रममा पर्वत जिल्लाबाट काठमाडौं आएर बसोबास गर्दै आउनुभएका ३०० भन्दाबढी उपस्थिति पर्वतेलीको रहेको थियो। त्यसैगरी पर्वतबाट फागुन २१ गते हुने प्रतिनिधि सभाका एमाले उम्मेदवार पदम गिरी, कांग्रेस उम्मेदवार अर्जुन जोशी, नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार मनहरी तिमिल्सिनाले आफ्नो उम्मेदवारीबारे जानकारी दिएका थिए।

प्रकाशित: २०८२ माघ ११ गते आईतबार ०१:५३
प्रतिक्रिया

थप समाचार

अनलाइन अपोइन्टमेन्ट लिएपनि राहदानी विभागमा घण्टौँ लाइन बस्नुपर्ने बाध्यता

काठमाडौं। त्रिपुरेश्वरस्थित राहदानी विभागमा अनलाइनमार्फत अपोइन्टमेन्ट बुक गरेर आएका सेवाग्राहीले समेत घण्टौँ लाइनमा बस्नुपर्ने बाध्यता भोगिरहेका छन्। अनलाइन प्रणालीमार्फत समय निर्धारण...

सम्भावनाको दोबाटोमा भैरहवाः पुरानो गल्ला व्यापारदेखि औद्योगिकीकरणको मार्गमा

आज भैरहवा इतिहास र सम्भावनाको दोबाटोमा छ। एकातिर पुरानो गल्ला व्यापार, तोरीको तेल, चामल निर्यात र सीमापार कारोबारको विरासत छ भने अर्कोतिर आधुनिक उद्योग, अन्तर्राष्ट्रिय विमानस्थल, स्वास्थ्य...

कोशी प्रदेशका विभिन्न जिल्लामा दुई दिन विद्युत आपूर्ति बन्द हुने

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले केरौन १३२/३३ केभि सबस्टेसन आयोजनाद्वारा कोशी प्रदेशका विभिन्न जिल्लाहरूमा दुई दिन विद्युत आपूर्ति बन्द हुने भएको जनाएको छ। प्राधिकरणले जारी गरेको सूचना...

पत्रकारहरूमाथि प्रहरीको धरकपड

काठमाडौँ: विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारलाई लिएर प्रहरीले पत्रकार र मिडिया हाउसहरूमाथि धरपकड गरेको छ। शुक्रबार सादा पोशाकमा कार्यालयमै पुगेर प्रहरीले नेपाल प्रेसका पत्रकार विश्वमणि...

‘मिनी टिलर’ गोरुको विकल्प बन्दै

भोजपुर। दुर्गम पहाडी जिल्ला भोजपुरमा गोरुको विकल्पकारुपमा मिनी टिलरको प्रयोग बढ्दै जान थालेको छ । पछिल्लो समय जिल्लामा मिनी टिलरको बिक्री बढेको सिद्धकाली सप्लार्यसका प्रोपाइटर बाजिम मगरले...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना