२०८३ कार्तिक १५ गते शनिवार

अस्पतालबाटै किशोरीको शव हराएपछि गोलबजारमा चक्का जाम

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, माघ १३
photo-6_bea223a3

सिरहा। सिरहाको गोलबजार नगरपालिका–३, जमदहकी करिब १६ वर्षीया किशोरी निशा बानियाँको शव अस्पतालबाटै हराएको घटनाले क्षेत्र तनावग्रस्त बनेको छ ।
घटनाको विरोधमा आक्रोशित आफन्त र स्थानीयवासीले हिजो (माघ ११ गते) पूर्व–पश्चिम राजमार्ग अन्तर्गत गोलबजार क्षेत्रमा चक्का जाम गरेका थिए ।

रमेश बानियाँकी छोरी निशा बानियाँको शव पोष्टमार्टमका लागि लहानस्थित रामकुमार उपेन्द्रप्रसाद प्रादेशिक अस्पतालमा राखिएको थियो। तर शव नै हराएको जानकारी पाएपछि दोषीमाथि कडा कारबाहीको माग गर्दै आफन्त र स्थानीय सडकमा उत्रिएका हुन्।

गत शुक्रबार (माघ ९ गते) किशोरी आफ्नै घरमा पासो लगाएको अवस्थामा मृत फेला परेकी थिइन्। इलाका प्रहरी कार्यालय गोलबजारले घटनालाई प्रारम्भिक रूपमा आत्महत्या मानेर मुचुल्का उठाई पोष्टमार्टमका लागि लहान अस्पताल पठाएको थियो।

मृतकका आमा–बुबा रोजगारीका सिलसिलामा भारतमा रहेकाले हिजो शव बुझ्न अस्पताल पुगेका थिए। तर अस्पतालमा शव फेला नपरेपछि घटनाले नयाँ मोड लिएको हो।

शव हराएको घटनालाई आफन्त तथा स्थानीयले अत्यन्तै रहस्यमय भन्दै निष्पक्ष छानबिनको माग गरेका छन्। स्थानीयका अनुसार निशा मृत्यु हुनु अघिल्लो दिन लहानकै एक युवकको घरमा बसेकी थिइन् र उनीहरूबीच प्रेम सम्बन्ध रहेको बताइएको छ। त्यहाँबाट घर फर्किएको केही समयमै आत्महत्या भएको भनिए पनि मृतकको शरीरमा चोटपटक देखिएको दाबी गरिएको छ।

स्थानीय आनन्द लामाले घटनाको निष्पक्ष छानबिन गर्नुपर्ने बताए । स्थानीय लामाले भने, ‘लहानबाट फर्किएपछि आत्महत्या हुनु र त्यसपछि अस्पतालबाटै शव हराउनु गम्भीर विषय हो। घटनामा कतै न कतै मिलेमत्तो देखिन्छ, निष्पक्ष छानबिन हुनुपर्छ।’

त्यस्तै, स्थानीय शिक्षक समर भण्डारीले पोष्टमार्टम नै नभएको शव हराउनु अस्पताल र प्रहरी प्रशासनको गम्भीर लापरबाही भएको बताए। उनले यस घटनामा संलग्न सबैलाई कडा भन्दा कडा कारबाही गर्न माग गरे।

गोलबजार नगरपालिका–३ का वडा अध्यक्ष धनप्रसाद लामाले आज बिहान १० बजेसम्म शव सहिसलामत उपलब्ध नगराइए पुनः कडा आन्दोलन गर्ने चेतावनी दिएपछि स्थानीयले अस्थायी रूपमा सडक खुलाएका थिए।

यस विषयमा बुझ्न इलाका प्रहरी कार्यालय लहानका प्रमुखसँग सम्पर्क गर्दा फोन उठेन। अस्पताल प्रमुख डा. रञ्जित झासँग सम्पर्क गर्न खोज्दा उनको मोबाइल फोन अफ रहेको थियो।

अस्पताल पुगेका एक पत्रकारका अनुसार शव हराएको जानकारी बाहिरिएपछि डा. झा क्वाटरमै लुकेर बसेका थिए। पछि स्वास्थ्यकर्मीको आग्रहमा बाहिर आए पनि उनले शव ‘मिसप्लेस’ भएको भन्नेबाहेक अन्य कुनै स्पष्ट जवाफ दिएका छैनन्।

घटनाको निष्पक्ष छानबिन तथा दोषीमाथि कडा कारबाहीको मागसहित स्थानीयमा आक्रोश बढ्दो छ।

प्रकाशित: २०८२ माघ १३ गते मङ्गलबार ०९:५६
प्रतिक्रिया

थप समाचार

अनलाइन अपोइन्टमेन्ट लिएपनि राहदानी विभागमा घण्टौँ लाइन बस्नुपर्ने बाध्यता

काठमाडौं। त्रिपुरेश्वरस्थित राहदानी विभागमा अनलाइनमार्फत अपोइन्टमेन्ट बुक गरेर आएका सेवाग्राहीले समेत घण्टौँ लाइनमा बस्नुपर्ने बाध्यता भोगिरहेका छन्। अनलाइन प्रणालीमार्फत समय निर्धारण...

सम्भावनाको दोबाटोमा भैरहवाः पुरानो गल्ला व्यापारदेखि औद्योगिकीकरणको मार्गमा

आज भैरहवा इतिहास र सम्भावनाको दोबाटोमा छ। एकातिर पुरानो गल्ला व्यापार, तोरीको तेल, चामल निर्यात र सीमापार कारोबारको विरासत छ भने अर्कोतिर आधुनिक उद्योग, अन्तर्राष्ट्रिय विमानस्थल, स्वास्थ्य...

कोशी प्रदेशका विभिन्न जिल्लामा दुई दिन विद्युत आपूर्ति बन्द हुने

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले केरौन १३२/३३ केभि सबस्टेसन आयोजनाद्वारा कोशी प्रदेशका विभिन्न जिल्लाहरूमा दुई दिन विद्युत आपूर्ति बन्द हुने भएको जनाएको छ। प्राधिकरणले जारी गरेको सूचना...

पत्रकारहरूमाथि प्रहरीको धरकपड

काठमाडौँ: विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारलाई लिएर प्रहरीले पत्रकार र मिडिया हाउसहरूमाथि धरपकड गरेको छ। शुक्रबार सादा पोशाकमा कार्यालयमै पुगेर प्रहरीले नेपाल प्रेसका पत्रकार विश्वमणि...

‘मिनी टिलर’ गोरुको विकल्प बन्दै

भोजपुर। दुर्गम पहाडी जिल्ला भोजपुरमा गोरुको विकल्पकारुपमा मिनी टिलरको प्रयोग बढ्दै जान थालेको छ । पछिल्लो समय जिल्लामा मिनी टिलरको बिक्री बढेको सिद्धकाली सप्लार्यसका प्रोपाइटर बाजिम मगरले...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना