२०८३ कार्तिक १५ गते शनिवार

जेनजी आन्दोलनमा घाइते एकता, जसलाई छोएको छैन चुनावले

 |  प्रविण रानाभाट/नेपाल फोटो लाइब्रेरी
Sanket

प्रविण रानाभाट/नेपाल फोटो लाइब्रेरी

काठमाडौँ, माघ १३
Ekata Shah story

देशभर अहिले चुनावी माहोल छ। दल र उम्मेदवारहरू आ–आफ्नो रणनीति बनाउन व्यस्त छन्। आज १८ वर्ष पुगेकी भक्तपुरकी एकता साहलाई भने यस्ता कुराले छोएको छैन। भलै उनी जस्तै युवाले गर्दा आज ती व्यक्ति र दलले चुनावी तयारीमा जुट्ने अवसर पाएका हुन्।

१२ कक्षा पढेर चिकित्सक बन्ने सपनामा अघि बढेको एकताको भदौ २३ गते बानेश्वरमा भएको जेनजी प्रदर्शनका क्रममा खुट्टामा गोली लागेको थियो। अहिले उनी अलिअलि हिड्न सक्छिन् तर उनको खुट्टा सन्चो हुने नहुने यकिन छैन। अझै उनको खुट्टाको अपरेसन बाँकी छ।

गोली लागेर घाइते भएकी एकतालाई भेट्न न त कुनै जेनजी अगुवा भन्ने पुगेका छन् न त प्रधानमन्त्री, सांसद बन्ने दौडमा रहेका नेता नै गएका छन्। सबैको एजेन्डा देश बनाउने छ। तर जसले देश साँच्चिकै बन्नुपर्छ भन्दा गोली खाइन् उनलाई कसैले सोध्न आएको छैन – तिम्रो स्वास्थ्य कस्तो छ ?

अब त टुप्पी कसेर पढ्ने हो – आइ लभ स्टडी –आइ क्यान डु डिस,’ एकता साहको कोठाभरी यस्तै सन्देश टाँसिएका छन्। पढ्न निकै रुचाउने उनले हातैले विभिन्न चित्रसहित शब्द कोरेर कोठा सजाएकी हुन्। तर, यही स्टडी रुममा एकता नपुगेको करिब ५ महिना हुन लाग्यो।

कोठामा एकताका किताबहरू छरप्रष्ट छन्। भित्तामा गणितका फर्मुला र विज्ञानका महत्वपूर्ण कुरा स्टिकी नोटमा लेखेर टाँसिएको छ। विद्यार्थी हुँदा उनी जहिलै अब्बल। किताबी शिक्षासँगै अतिरिक्त क्रियाकलापमा पनि उनको मन लाग्ने। त्यसैले कोठाभरी उनले पाएका पुरस्कार सजिएको छ। कोठामै झुण्डिएको छ उनी पढेको सैनिक आवासीय महाविद्यालयको क्यालेन्डर पनि। कक्षा १२ उत्तिर्ण भएर उनले ए प्लास ल्याएकी थिइन्। सोही क्यालेन्डरमा उनले त्यही पल सम्झिएर लेखेकी थिइन् – थ्यांक यु युनिभर्स!

अस्पतालको लामो बसाई पछि खुट्टामा चोट लिएर घर पुगे पनि उनमा छुट्टै आत्मविश्वास देखिन्छ अहिले पनि। त्यसैले त हिँड्न नसक्ने अवस्थामा पनि उनले मनोबल बढाइन्, चिकित्सक बन्न पार गर्नुपर्ने सीईई परीक्षामा सहभागी भइन् र नामसमेत निकालिन्।

आमा बुनु शाहीले विज्ञान विषयका पुस्तक र नोट छोरीको खाटसँगै राखिदिएकी छन्। तर, एकतालाई अब पहिला झैं ति किताबमा मन छैन।एकतालाई लाग्दो हो, ‘खै यो खुट्टा ठिक हुने हो कि होइन।’ यस्तै प्रश्नले होला सायद एकताले तय गरेको शैक्षिक शिखर हासिल गर्न उनलाई अप्ठेरो लागिरहेको छ। तर, आमा बुनु भने छोरीको हिम्मत बनेर बसिरहेकी छन्।

तत्कालिन सरकारले फेसबुकसहितका सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाएसँगै सूचनाको सहारा बनेको थियो टिकटक। त्यही टिकटकमा भदौ २३ गते बानेश्वरमा भ्रष्टाचारको विरोधमा प्रदर्शन गर्ने सूचना फैलियो। टिकटकभर नेपोबेबी ट्रेन्ड थियो। तिनै भिडियोले एकतालाई पनि बानेश्वरमा हुने प्रदर्शनमा जाऊँ जाऊँ बनायो।

भदौ २३ गते बिहानै एकता कलेज ड्रेस लगाएर तयार भइन्। घरमै भएको हेल्मेट लगाइन् र पानीको बोटल बोकिन्। छोरीलाई रोक्न अभिभावकले प्रयास गरे तर एकता ‘हजुरहरूको पुस्ताले सहनु भयो हाम्रो पुस्ताले सहदैन। म जान्छु’ भन्दै सरकारविरुद्ध हुने प्रदर्शनमा सहभागी हुनेमा दृढ थिइन्। बुबाले स्कुटरमा राखेर एकतालाई तीनकुनेसम्म छाडे। त्यसपछि एकता सरासर बानेश्वरतिर लम्किइन्। कलेज ड्रेस लगाएकी उनी चिच्याउन थालिन्। सरकारसँग जवाफ माग्न थालिन्। यसैबीच बानेश्वर तनावग्रस्त बन्यो। प्रहरीले अश्रुग्यास र लाठ्ठीचार्ज गर्न थाल्यो।

एकताकै अगाडि एकजना विद्यार्थीलाई प्रहरीले लाठ्ठी हान्यो। एकतामाथि पनि बज्रियो लाठ्ठी। तर उनी डराइनन्। टाइ देखाउँदै प्रहरीलाई उनले जगिँदै भनिन् – म स्टुडेन्ट हुँ। ‘मलाई देखेर पछाडी सरेका मानिसहरू पनि अगाडि आए। सायद पुलिसलाई मैले नै त्यो भिडको नेतृत्व गरेको लाग्यो होला, अनि मलाई कहाँ छाड्थे र!’ उनले त्यो क्षण सम्झँदै भनिन्।

होहल्लाबीच एक्कासी बानेश्वरमा गोली चल्यो। एकताको खुट्टामा दुईवटा गोली लाग्यो। उनलाई आसपासका मानिसले एम्बुलेन्समा राखेर अस्पताल पुर्याए। एकताले बोकेको ‘डम्ब फोन’मा बुबाको मिसकल आइरह्यो। अस्पतालमा पुगेको केही घण्टापछि एकताले आफ्ना बुबाआमालाई फोन गर्न भनिन्। सँगै रहेका दाइहरूले खबर उनका अभिभावकोमा पुर्‍याए।

एकताकी आमा बुनु भन्छिन् , ‘छोरीलाई गोली नै हान्नु पर्ने अवस्था थिएन।’

अहिले एकता भक्तपुरस्थित आफ्नै घरमा छिन्। तर उनको दैनिकी अहिले धेरै जसो एउटा कोठामै बित्छ। कहिलेकाहीँ कौसीमा निकिन्छिन् उनी। ‘अस्पतालमा हुँदा त गाह्रै थियो। घर आएपछि यता हरियाली छ। यहाँ साथीहरू आउँछन्। उनीहरू हुँदा हौसला आउँछ। एक्लै बस्दा याद आउँछ- मलाई किन हान्यो भन्ने लग्छ। यो समय जान्छ भनेर भन्नु हुन्छ। त्यसले हौसला बढाउँछ।’

अहिले अलिअलि हिँड्न सक्ने भएकी छन् उनी। तर, खुट्टामा गोलीको चोट अझै छ। नशामै गोली लागेकोले अझै केही शल्यक्रिया बाँकी छ। सुशीला कार्कीको सरकार बनेको थाहा पाएसँगै एकतालाई अब केही परिवर्तन होला कि भन्ने आशा थियो। त्यसैले खुट्टामा गोली लागे पनि उनी जेनजी र सरकारबीच हुने सम्झौताका लागि सिंहदरबार पुगिन्। तर, उनलाई बाहिरै रोकियो। भित्र जान त्यहाँ रहेका अधिकारीहरूले समन्वय नै गरेनन्। मन्त्री र पहुँचवालाका गाडीहरू भने उनकै अघि सिंहदरबार छिरिरहेको थियो। त्यो बेला एकतालाई महसुस भयो – अहो! पावर भनेको यस्तो हुने रहेछ।

बल्लतल्ल प्रधानमन्त्री कार्यालय पुगिन् उनी। तर, त्यहाँ उल्टै जेनजीका विभिन्न समूहबीच वादविवाद भयो। एकता त्यहाँको अवस्था देखेर छक्क परिन्। आमा बुनु भन्छिन्, ‘गोली मेरो छोरीले खाएको छ। हामी जस्तै धेरै जना घाइते छन्। कति जना मरेका छन्। तर जेनजी भनेर उनीहरू त्यहाँ झगडा गरिरहे। त्यहाँ जानुको अर्थ नै रहने नि। नानु दिक्का मान्छिन् जे गरे नि यस्तै हो भनेर अहिले।’

तर पनि एमबीबीएस सीईईमा नाम निकालेकी छोरीको हिम्मत कम हुन दिएकी छैनन् आमा बुनुले। एकतालाई अब चिकित्सक बन्ने बाटोमा अघि हिँड भनिरहेकी छन् उनी। सरकारसँग भने उनको माग छ– छोरीले जे पढ्न चाहेकी हुन्। त्यो पढ्ने वातावरण सरकारले बनाओस्। छोरीको उपचारमा कमी नहोस् सरकारले गरेको बाचा पूरा होस्।

एकता पनि भन्छिन्, ‘शिक्षा स्वास्थ्य र रोजगार क्षेत्र राम्रो होस्। हामी फेरि त्यही अवस्थामा पुग्न नपरोस्। आफ्नो ज्यान फाल्न नपरोस्। हाम्रो लागि यहीँ स्वर्ग बनोस्।’

प्रकाशित: २०८२ माघ १३ गते मङ्गलबार १२:४५
प्रतिक्रिया

थप समाचार

अनलाइन अपोइन्टमेन्ट लिएपनि राहदानी विभागमा घण्टौँ लाइन बस्नुपर्ने बाध्यता

काठमाडौं। त्रिपुरेश्वरस्थित राहदानी विभागमा अनलाइनमार्फत अपोइन्टमेन्ट बुक गरेर आएका सेवाग्राहीले समेत घण्टौँ लाइनमा बस्नुपर्ने बाध्यता भोगिरहेका छन्। अनलाइन प्रणालीमार्फत समय निर्धारण...

सम्भावनाको दोबाटोमा भैरहवाः पुरानो गल्ला व्यापारदेखि औद्योगिकीकरणको मार्गमा

आज भैरहवा इतिहास र सम्भावनाको दोबाटोमा छ। एकातिर पुरानो गल्ला व्यापार, तोरीको तेल, चामल निर्यात र सीमापार कारोबारको विरासत छ भने अर्कोतिर आधुनिक उद्योग, अन्तर्राष्ट्रिय विमानस्थल, स्वास्थ्य...

कोशी प्रदेशका विभिन्न जिल्लामा दुई दिन विद्युत आपूर्ति बन्द हुने

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले केरौन १३२/३३ केभि सबस्टेसन आयोजनाद्वारा कोशी प्रदेशका विभिन्न जिल्लाहरूमा दुई दिन विद्युत आपूर्ति बन्द हुने भएको जनाएको छ। प्राधिकरणले जारी गरेको सूचना...

पत्रकारहरूमाथि प्रहरीको धरकपड

काठमाडौँ: विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारलाई लिएर प्रहरीले पत्रकार र मिडिया हाउसहरूमाथि धरपकड गरेको छ। शुक्रबार सादा पोशाकमा कार्यालयमै पुगेर प्रहरीले नेपाल प्रेसका पत्रकार विश्वमणि...

‘मिनी टिलर’ गोरुको विकल्प बन्दै

भोजपुर। दुर्गम पहाडी जिल्ला भोजपुरमा गोरुको विकल्पकारुपमा मिनी टिलरको प्रयोग बढ्दै जान थालेको छ । पछिल्लो समय जिल्लामा मिनी टिलरको बिक्री बढेको सिद्धकाली सप्लार्यसका प्रोपाइटर बाजिम मगरले...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना