काठमाडौँ- प्युठानको भिंग्रीमा कार दुर्घटनामा परी घाइते भएका आठ जनाको मृत्यु भएको छ। गम्भीर घाइते आठ जनालाई जिल्ला अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका हुन्।
दुर्घटनामा परी मृत्यु भएका मध्ये एक जनाको मात्र सनाखत भएको छ। स्वर्गद्वारी मन्दिरको दर्शन गरी कार दाङ तर्फ फर्किरहेको अवस्थामा दुर्घटना भएको प्रारम्भिक विवरण आएको प्रहरीले जानकारी दिएको छ।
प्रहरीका अनुसार प्यूठानबाट दाङ तर्फ आउँदै गरेको लु १ च ६३४५ नम्बरको कार स्वर्गद्वारी नगरपालिका-४ भिंग्रीको घुम्तीमा पौने ४ बजे दुर्घटनामा परेको हो।


