मुगु जिल्लामा परेको हिमपातले हिमाली बस्तीहरू सेताम्मे कपास जस्तो देखिएका छन्। हिमाली बस्ती र घरहरूमा जमेको हिउँले दृश्यलाई श्वेत चादरले ढाकेको छ।

पर्यटकहरूले यस दृश्यलाई अत्यन्त रमणीय मानिरहेका छन्।

मुगुमा यस वर्ष पहिलोपटक हिउँ परेको हो।