काठमाडौँ: पछिल्लो समय मुलुकको अर्थतन्त्र सुस्त गतिमा चलेको छ। बजारमा माग कम हुँदा उद्योगहरू आधा भन्दा कम क्षमतामा अर्थात् औसत ४४ प्रतिशत क्षमतामा चलिरहेका छन्। कर्जाको माग नहुँदा बैंकिङ प्रणालीमा १० खर्ब रुपैयाँ बढी लगानीयोग्य पुँजी (तरलता) थुप्रिएको छ।
यसैबीचमा मुलुकका दुई प्रतिष्ठित व्यावसायिक घरानाहरू हुलास ग्रुप र केएल दुगड ग्रुपले ११ अर्ब लगानीमा प्राइम स्टील प्रालि सञ्चालनमा ल्याउने भएका छन्। प्राइम स्टीलको पहिलो फेजको काम आगामी सन् २०२७ नोभेम्वरमा सम्पन्न हुने भएको छ। हाल उद्योग प्रारम्भिक अवस्थामा छ। हालसम्म १५ प्रतिशत वित्तीय प्रगति भएको प्राइम स्टीलले जनाएको छ।
उद्योगको वार्षिक उत्पादन क्षमता साढे छ लाख टन रहेको छ। पहिलो फेजमा साढे तीन लाख टन स्टील उत्पादन हुने भएको छ। पहिलो चरणको प्लान्ट स्थापना गर्न ११ अर्ब रुपैयाँ लगानी हुने भएको छ।
जसमा ७५ प्रतिशत बैंकको ऋण र बाँकी २५ प्रतिशत संस्थापकको स्वपुँजी (इक्विटी) हुने गरी लगानी संरचना बनाइएको छ। बैंकहरूको सहवित्तीयकरणमा ऋणको व्यवस्थापन भइसकेको उद्योगले जनाएको छ। पहिलो फेज प्लान्टका लागि गोल्छा र केएल दुगड ग्रुपले २८ प्रतिशत इक्विटी लगानी गरिसकेका छन्। दोस्रो प्लान्टका बारेमा प्राइमले खुलाएको छैन्।
पहिलो फेजमा प्राइमले हट रोल्ड स्ट्रिप (एचआर) उत्पादन गर्ने रहेको छ। पहिलो फेजको उत्पादन क्षमता वार्षिक तीन ५० हजार टन रहेको प्राइमले जनाएको छ। दोस्रो फेजबाट तीन लाख टन स्टील उत्पादन हुने भएको छ। उद्योगको स्टिल प्लान्ट पर्सा जिल्लाको पोखरियामा निर्माण हुँदैछ।
नेपालको अर्थतन्त्र विस्तारको अवस्थामा छ। आर्थिक वर्ष २०७५ को बजेटले उत्पादनमा आधारित अर्थतन्त्र निर्माण गरेर उच्च र दिगो वृद्धिमा ध्यान केन्द्रित गरेको थियो। सोही वर्षको बजेटले स्टील उत्पादनहरूको निर्यातमा ८ प्रतिशतसम्म नगद अनुदान दिने व्यवस्था गरेको छ। मासिक १० करोड रुपैयाँ वा सोभन्दा बढी बिजुली खपत गर्ने उद्योगहरूलाई १५ प्रतिशतसम्मको छुट दिइने व्यवस्था सरकारले गरेको छ।
यस्तै एक हजार भन्दा बढी रोजगारी दिने उद्योगलाई सरकारले ३० प्रतिशतसम्म आयकर छुट दिने व्यवस्था गरेको छ।
प्राइम स्टिल सन् २०२२ मा स्थापना भएको हो । सौरभ दुगड र सरद गोल्छा उद्योगको सञ्चालक हुन्। गोल्छाले सौर्य सिमेन्ट इन्डष्ट्रिज लिमिटेड, हुलास पावर र हाइग्राउन्ड एडभेन्चर्स प्रालि सञ्चालन गरिरहेका छन्।
यस्तै सौरभ दुगड ग्रुपका साथै गुराँश लाइफ इन्स्योरेन्सका सञ्चालक हुन्। उद्योगमा सौरभ दुगडको ३३ र चन्द्रकुमार गोल्छाको १६ प्रतिशत स्वामित्व रहेको छ। उद्योगको प्रवन्ध सञ्चालकमा सरद गोल्छा र सञ्चालकमा सौरभ दुगड छन्।
दुगडको खाद्यान्न र तेल उत्पादनमा ठूलो लगानी रहेको छ।
नेपालमा झण्डै दुई दर्जन स्टील उद्योग सञ्चालनमा छन्। पछिल्लो समयमा नेपालमा बिलेट उत्पादन हुन थालेको छ। उद्योगीहरूले कच्चा वस्तु बिलेट उत्पादन गर्न अर्बौं रुपैयाँ लगानी थपेर मेल्टिङ प्लान्ट सञ्चालनमा ल्याएका छन्। फलाम तथा डण्डी उद्योगहरूमा तीव्र प्रतिस्पर्धा रहेको छ।


