२०८३ कार्तिक १४ गते शुक्रबार

रौतहट–४ मा बढ्यो चुनावी सरगर्मी, कसले मार्ला बाजी?

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, माघ १९
rautahat

रौतहट। फागुन २१ गते हुने निर्वाचनको मिति नजिकिएसँगै रौतहट क्षेत्र नं। ४ मा चुनावी सरगर्मी ह्वात्तै बढेको छ। उम्मेदवारहरू आफ्नो एजेन्डासहित मतदाताको घरदैलोमा पुगेपछि बस्तीहरुमा चुनावी बहस सुरु भएको छ।

यसपटक रौतहट–४ मा ३७ जनाको उम्मेदवारी परेको छ, जसमा ३० पुरुष र ६ महिला चुनावी मैदानमा छन्। नेपाली कांग्रेसबाट देवप्रसाद तिमल्सिना, नेकपा एमालेका रामजी साह, र नेपाली कम्युनिस्ट पार्टीका रामकुमार भट्टराईत्रीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ।

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का गणेश पौडेल र आम जनता पार्टीका ऋषि धमाला पनि सशक्त रूपमा घरदैलो अभियानमा व्यस्त छन्। जनता समाजवादी पार्टी (जसपा), जनमत पार्टी र उज्यालो नेपालका उम्मेदवारहरूले पनि आफ्नो उपस्थिति बलियो बनाउँदै मतदाता रिझाउन व्यस्त देखिन्छन्।

उम्मेदवारहरूले विकास र समृद्धिलाई मुख्य नारा बनाएका छन्। सडक सञ्जालको विस्तार, खानेपानीको सुनिश्चितता र सुकुम्बासी समस्याको स्थायी समाधान गर्ने प्रतिवद्वता समेत मतदाता समक्ष उनीहरुले जनाएका छन।

उम्मेदवारहरुले कृषिमा आधुनिकीकरण, गुणस्तरीय स्वास्थ्य सेवा र शिक्षाको सुधारका एजेन्डा पनि अघि सारेका छन। उनीहरुले संविधान संशोधनको आवश्यकता औल्याउँदै भ्रष्टाचार मुक्त प्रशासन र पारदर्शी विकासको साझा प्रतिवद्धता व्यक्त गरेका छन।

यसपटकको निर्वाचनमा ३० जना नयाँ अनुहार चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्। २० जना स्वतन्त्र उम्मेदवारहरूको उपस्थितिले ठुला दलहरूलाई दबाब सिर्जना गरेको छ। मतदाताहरूले पुरानै अनुहार दोहोर्याउने कि नयाँलाई अवसर दिने भन्ने विषयमा क्षेत्रभरि व्यापक चर्चा भइरहेको छ।

निर्वाचन नजिकिँदै गर्दा दलीय झन्डा र चुनाव चिह्नले रौतहटको क्षेत्र नम्बर ४ रंगिएको छ। ३७ उम्मेदवारमध्ये मतदाताले कसलाई विजयी गराएर संसद् पठाउने हुन्, त्यो भने फागुन २१ को मतदानपछि मात्रै टुङ्गो लाग्नेछ।

प्रकाशित: २०८२ माघ १९ गते सोमबार ०८:३५
प्रतिक्रिया

थप समाचार

सरकारले गर्‍यो एनप्याब्सन निलम्बन, संगठनका गतिविधिमा रोक

काठमाडौँ: सरकारले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) लाई निलम्बन गरेको छ।अर्को निर्णय नभएसम्मका लागि संस्थाको दर्ता तथा सञ्चालनसम्बन्धी गतिविधिमा रोक लगाइएको...

कांग्रेसको नयाँ कार्यसमितिले आजदेखि जिम्मेवारी सम्हाल्ने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि विधिवत् रूपमा पार्टी सञ्चालनको सम्पूर्ण जिम्मेवारी सम्हाल्ने भएको छ। ललितपुरको सानेपास्थित...

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त

काठमाडौँ: बौद्ध भिक्षुणी तथा चर्चित गायिका आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडगराज पौडेलका अनुसार मन्त्रालयको...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना