२०८३ कार्तिक १५ गते शनिवार

‘कफी कल्चर’मा नयाँपन दिँदै सञ्चालनमा आयो ‘अल्टुरा कफी’

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, माघ १९
aa3a4a13-75d5-4f1f-9b88-3aeda2623446

काठमाडौँ: नेपाली कफी कल्चरमा नयाँ आयाम थप्ने उद्देश्यसहित ‘अल्टुरा कफी’ औपचारिक रूपमा सञ्चालनमा आएको छ। पिक कफी हाउस प्रालिले काठमाडौंको तीनकुने, सुविधानगरमा सुविधा सम्पन्न उक्त कफी शप आइतबारबाट सञ्चालनमा ल्याएको हो।

कफी पारखीहरूलाई गुणस्तरीय कफी र फरक स्वादको अनुभव दिन लक्ष्य राखेर सञ्चालनमा ल्याइएको अल्टुरा कफीले स्वदेशी तथा अन्तर्राष्ट्रिय स्वादलाई एकै स्थानमा प्रस्तुत गर्ने बताइएको छ। युवा उद्यमीहरूको समूहले संयुक्त रूपमा सुरु गरेको यो कफी शप केवल कफी पिउने स्थान मात्र नभई भेटघाट, सिर्जनात्मक छलफल र आरामदायी समय बिताउने थलोको रूपमा पनि रहेको सञ्चालक धिरन थापाले जानकारी दिए।

‘सहरको व्यस्त जीवनशैलीबीच केही समय शान्त भएर बस्न, काम गर्न वा साथीभाइसँग गफिनका लागि उपयुक्त स्थानको रूपमा अल्टुरा कफी स्थापना गरिएको छ, उनले भने, ‘जसले विद्यार्थी, व्यावसायिक व्यक्ति तथा परिवार सबैलाई आकर्षित गर्ने अपेक्षा गरेका छौं भने गुणस्तर सेवा हाम्रो पहिलो प्राथमिकता बन्नेछ।’

नयाँ रूपमा सुरु गरिएको अल्टुरा कफीमा क्यापुचिनो, लाटे, एस्प्रेसो, मोका लगायत विभिन्न प्रकारका कफीका साथै ताजा बेकरी आइटम, केक, पेस्ट्री, स्यान्डबिच तथा हल्का भोजनको व्यवस्था रहेको थापाले बताए। उनका अनुसार करिब एक करोडको रुपैयाँको लगानीमा सञ्चालनमा ल्याइएको यो शपमा नेपाली पहाडी क्षेत्रका अर्गानिक कफी उपलब्ध रहने छ।

स्वदेशी उत्पादनको प्रवर्द्धनसँगै रोजगारी सिर्जनामा पनि महत्वपूर्ण योगदान पुर्याउदै आगामी दिनमा अल्टुरा कफीको शाखा विस्तार गर्ने योजना पनि सञ्चालक टिमको रहेको छ। ‘प्रारम्भिक चरणमा हामीले एउटा शप सञ्चालनमा ल्याएता पनि भविष्यमा मुख्य शहरी क्षेत्रमा शाखा विस्तार गर्दै जानेछौँ, नयाँ तरिका अपनाई सञ्चालनमा ल्याएको यस शपबाट पाउने सेवा र स्वादमार्फत फरक पहिचान बनाउने छ भन्ने ठानेका छौं,’ उनले भने।

शान्त वातावरण रहेको यो कफी सप भेटघाट र मनोरञ्जनको लागि उपयुक्त हुनुका साथै विद्यार्थी, व्यावसायिक व्यक्ति तथा फ्रीलान्सर आदिलाई लक्षित गर्दै निःशुल्क वाइफाइ, चार्जिङ स्टेशन जस्ता सुविधा पनि उपलब्ध गराइएको छ। उक्त कफी शप बिहान ७ बजेदेखि साँझ ९ बजेसम्म सञ्चालनमा रहनेछ।

फरक स्वाद, गुणस्तरीय सेवा र सृजनात्मक अवधारणासहित सञ्चालनमा आएको यस कफी शपले स्थानीय बजारमा सकारात्मक प्रभाव पार्ने थापाले बताउँदै धेरैले अल्टुरा कफीलाई नियमित गन्तव्य बनाउने विषयमा विश्वस्त रहेको बताए।

प्रकाशित: २०८२ माघ १९ गते सोमबार ०२:२६
प्रतिक्रिया

थप समाचार

अनलाइन अपोइन्टमेन्ट लिएपनि राहदानी विभागमा घण्टौँ लाइन बस्नुपर्ने बाध्यता

काठमाडौं। त्रिपुरेश्वरस्थित राहदानी विभागमा अनलाइनमार्फत अपोइन्टमेन्ट बुक गरेर आएका सेवाग्राहीले समेत घण्टौँ लाइनमा बस्नुपर्ने बाध्यता भोगिरहेका छन्। अनलाइन प्रणालीमार्फत समय निर्धारण...

सम्भावनाको दोबाटोमा भैरहवाः पुरानो गल्ला व्यापारदेखि औद्योगिकीकरणको मार्गमा

आज भैरहवा इतिहास र सम्भावनाको दोबाटोमा छ। एकातिर पुरानो गल्ला व्यापार, तोरीको तेल, चामल निर्यात र सीमापार कारोबारको विरासत छ भने अर्कोतिर आधुनिक उद्योग, अन्तर्राष्ट्रिय विमानस्थल, स्वास्थ्य...

कोशी प्रदेशका विभिन्न जिल्लामा दुई दिन विद्युत आपूर्ति बन्द हुने

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले केरौन १३२/३३ केभि सबस्टेसन आयोजनाद्वारा कोशी प्रदेशका विभिन्न जिल्लाहरूमा दुई दिन विद्युत आपूर्ति बन्द हुने भएको जनाएको छ। प्राधिकरणले जारी गरेको सूचना...

पत्रकारहरूमाथि प्रहरीको धरकपड

काठमाडौँ: विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारलाई लिएर प्रहरीले पत्रकार र मिडिया हाउसहरूमाथि धरपकड गरेको छ। शुक्रबार सादा पोशाकमा कार्यालयमै पुगेर प्रहरीले नेपाल प्रेसका पत्रकार विश्वमणि...

‘मिनी टिलर’ गोरुको विकल्प बन्दै

भोजपुर। दुर्गम पहाडी जिल्ला भोजपुरमा गोरुको विकल्पकारुपमा मिनी टिलरको प्रयोग बढ्दै जान थालेको छ । पछिल्लो समय जिल्लामा मिनी टिलरको बिक्री बढेको सिद्धकाली सप्लार्यसका प्रोपाइटर बाजिम मगरले...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना