काठमाडौँ: राष्ट्रिय सभाले मतदाता नामावली ऐन, प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन र नेपाल विशेष सेवा ऐनसम्बन्धी तीनवटा अध्यादेश स्वीकृत गरेको छ । गृहमन्त्री ओमप्रकाश अर्यालले सभामा अध्यादेश प्रस्तुत गरेका थिए।
गृहमन्त्री अर्यालले मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश, २०८२, प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२ तथा नेपाल विशेष सेवा ऐन (दोस्रो संशोधन) अध्यादेश, २०८२ स्वीकृत गरियोस् भन्ने प्रस्ताव राष्ट्रिय सभामा पेश गरेका थिए ।
छलफलपछि सभाले ती सबै अध्यादेश पारित गरेको हो ।







