२०८३ कार्तिक ११ गते मङ्गलबार

१४ अर्ब लगानीमा सुर्खेतमा सूर्यतारा सिमेन्ट सञ्चालनमा आउँदै, क्षमता दैनिक छ हजार टन

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, माघ २०
surya_tara

काठमाडौँ: कर्णाली प्रदेशको सुर्खेतमा ठूलो लगानीमा नयाँ सिमेन्ट उद्योग सञ्चालनमा आउने भएको छ। व्यवसायी मुकुन्द तिमिल्सिनाले प्रवर्द्धन गरेको सूर्यतारा सिमेन्ट उद्योगको शिलान्यास गरिएको छ।

उद्योग स्थापनाका लागि १४ अर्ब २७ करोड रुपैयाँ लगानी हुने अनुमान गरिएको छ। सिमेन्ट उत्पादनका लागि आवश्यक पूर्वाधार निर्माणको काम सुरु भइसकेको छ। यो उद्योग कर्णालीसहित सुदूरपश्चिमका लागि पनि गौरवान्वित पहिलो ठूलो सिमेन्ट उद्योग भएको तिमिल्सिनाले बताए।

२०७८ चैत १७ मा तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको लगानी बोर्डको ५०औँ बैठकले सूर्यतारा सिमेन्ट उद्योग स्थापनाका लागि लगानी स्वीकृत गरेको थियो। सूर्यतारा सिमेन्टका साथै कच्चा वस्तु क्लिंकर उत्पादन गर्ने भएको छ।

सिमेन्ट उद्योग र खानीसम्म पुग्न पहुँचमार्ग र बिजुली आपूर्ति पूर्वाधार बनाउने जिम्मा सरकारले लिएको छ। कर्णाली प्रदेशमा उत्पादन गरेर सुदूरपश्चिम क्षेत्रमा सिमेन्ट आपूर्ति गर्न सुर्खेतको पञ्चपुरी गाउँपालिका चौकुनामा कारखाना स्थापनाका लागि बोर्डले सूर्यतारालाई स्वीकृति दिएको हो।

सिमेन्ट उद्योगका लागि कैलालीको लम्कीचुहाबाट २६ किलोमिटर लामो १३२ केभी प्रसारण लाइनमार्फत बिजुली आपूर्ति गर्नुपर्ने हुन्छ। उद्योगलाई २० मेगावाटभन्दा बढी बिजुली आवश्यक पर्नेछ।

सूर्यताराले सिमेन्ट उद्योग स्थापना गर्न ४० बिघा जग्गा खरिद गरिसकेको छ। दैनिक तीन हजार टन क्लिंकर र तीन हजार टन (६० हजार बोरा) सिमेन्ट उत्पादन गर्ने उद्योगको लक्ष्य छ। उद्योगले सिमेन्ट बेचेर वार्षिक ५ अर्ब रुपैयाँ आम्दानी गर्ने अनुमान गरिएको छ। कुल लगानीमध्ये ८० प्रतिशत बैंक ऋण र बाँकी संस्थापकहरूको स्वपुँजी (इक्विटी) स्वामित्व हुने गरी लगानी संरचना बनाइएको छ। सूर्यतारा कर्णाली प्रदेशको पहिलो सिमेन्ट उद्योग हो।

अहिलेसम्म कर्णाली र सुदूरपश्चिम क्षेत्रमा सिमेन्ट उद्योग छैन। दाङबाट सिमेन्ट लैजाँदा खरिदकर्ताले ढुवानी खर्च मात्रै बोराको ९० देखि एक सय २५ रुपैयाँसम्म बढी तिर्नुपरेको छ। सोही क्षेत्रमा सिमेन्ट उद्योग स्थापना गरेपछि उपभोक्ताले प्रतिबोरा १ सय रुपैयाँसम्म सस्तोमै सिमेन्ट किन्न पाउने उद्योगीको भनाइ छ ।

दाङ सतबरियामा रहेको सम्राट सिमेन्ट उद्योग स्थापना सूर्यताराका सञ्चालक मुकुन्द तिमल्सिनाले गरेका हुन्। विनोद चौधरीलाई बेचेर सम्राट सिमेन्टबाट बाहिरिएर सूर्यतारा सिमेन्ट सञ्चालनमा ल्याउन लागेका हुन्।

सूर्यतारा सिमेन्ट उद्योग प्रालिले सरकारबाट खानी पाएको छ। सूर्यताराले प्रतिस्पर्धाबाट सुर्खेतको बाह्रताल गाउँपालिकामा रहेको लमखली चुनढुंगा खानी उत्खन्नका लागि इजाजत (लाइसेन्स) पाएको हो।

सिमेन्ट उद्योगले एक करोड ११ लाख ११ हजार १११ रुपैयाँमा सो चुनढुंगा खानी पाएको खानी तथा भुगर्भ विभागले जनाएको छ।

हाल मुलुकभर ७५ सिमेन्ट उद्योग रहेका छन्। जसमध्ये ५५ ग्रान्डिङ र २० क्लिङकर उत्पादन गर्ने उद्योग रहेको नेपाल सिमेन्ट उत्पादक संघले जनाएको छ। यि मध्ये केही उद्योग बन्द भएका छन्।

प्रकाशित: २०८२ माघ २० गते मङ्गलबार १२:५१
प्रतिक्रिया

थप समाचार

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।

सहुलियतपूर्ण कर्जा कसले कति पाउँछ?

काठमाडौं। मुलुकको समग्र आर्थिक विकास, उत्पादनशीलता वृद्धि तथा दिगो स्वरोजगार प्रवद्र्धनका लागि बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने विभिन्न कर्जामध्ये सहुलियतपूर्ण कर्जा महत्वपूर्ण...

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।

रायो साग खेतीबाट दुई महिनामै साढे दुई लाख आम्दानी 

धनगढी। धनगढीमा रायो साग खेतीबाट राम्रो आम्दानी गर्न सकिने उदाहरण बनेका छन् प्रेम राना। कृष्णपुर नगरपालिका पिपरिया–९ का राना परिवारका लागि रायो खेती आर्थिक उपार्जनको गतिलो माध्यम बन्दै गएको...

नेपाल–भारत वाणिज्य तथा उद्योग चेम्बरमा नयाँ नेतृत्व

काठमाडौँ: नेपाल–भारत वाणिज्य तथा उद्योग चेम्बरले नयाँ अध्यक्ष पाएको छ, र निर्वाचन सर्वसम्मत भएको छ। हालै चेम्बरको ३२औँ वार्षिक साधारणसभामा निर्वाचन अधिकृतले घोषणा गरेअनुसार कुनाल कायल अध्यक्षमा...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना