२०८३ कार्तिक १५ गते शनिवार

पोखराको लेकसाइडलाई पर्यटनमैत्री बनाउन अभियान सुरु

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, माघ २०
lakeside

पोखरा: पर्यटकीय राजधानी पोखराको मुख्य गन्तव्य लेकसाइड क्षेत्रलाई थप सुरक्षित र पर्यटनमैत्री बनाउन पोखरा पर्यटन परिषद्ले विशेष अभियान सुरु गरेको छ। लेकसाइडमा आउने पर्यटकहरूले पूर्ण रूपमा सुरक्षित महसुस गरून् र यहाँको वातावरण शान्त रहोस् भन्ने उद्देश्यले सरोकारवाला निकायहरूसँगको समन्वयमा यो कार्य थालिएको हो।

परिषद्ले वडा प्रहरी कार्यालय बैदाम, पर्यटन प्रहरी, महानगर प्रहरी, वडा प्रतिनिधि र पर्यटन सम्बद्ध विभिन्न सङ्घसंस्थाहरूसँग साझेदारी गर्दै अभियान अघि बढाएको छ। पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीका अनुसार लेकसाइड क्षेत्रमा कुनै पनि अवाञ्छित गतिविधि हुन नदिन र तत्काल सूचना आदानप्रदान गर्न एउटा ‘ह्वाटस् एप’ ग्रुप समेत तयार गरिएको छ।

अवाञ्छित गतिविधि भएको देख्नासाथ ग्रुपमा वा सम्बन्धित निकायमा खबर गरी तत्काल एक्सन लिने व्यवस्था मिलाइएको छ। परिषद्का महासचिव जीवनराज सापकोटाले विशेष गरी साँझको समयमा सरोकारवाला निकायका प्रतिनिधिहरूसहित स्थलगत अनुगमन गर्ने कार्य भइरहेको जानकारी दिए।

यस अभियान अन्तर्गत खाद्य स्वच्छतालाई ध्यानमा राख्दै सडकपेटी वा साइकलमा गरिने खुला व्यापारलाई पनि नियन्त्रण गर्न थालिएको छ। यस्ता व्यापारले पर्यटकको आवतजावतमा अवरोध पुर्‍याउनुका साथै स्वास्थ्यमा समेत जोखिम हुने भएकाले पहिलो चरणमा सचेत गराइएको र अटेर गरे कानुनी कारबाही गरिने परिषद्ले जनाएको छ।

लेकसाइडको स्वच्छता र पर्यटनमैत्री वातावरण कायम राख्न विभिन्न स्थानमा क्युआर कोडहरू राखिने योजना छ। क्युआर कोड स्क्यान गरेपछि पर्यटक र व्यवसायीले पालना गर्नुपर्ने नियमहरू र सुरक्षा सम्बन्धी जानकारीहरू सहजै प्राप्त गर्न सक्नेछन्।

पोखरालाई सुरक्षित पर्यटकीय हबका रूपमा विकास गर्न थालिएको यो प्रयासले स्वदेशी तथा विदेशी पर्यटकहरूमा सकारात्मक प्रभाव पार्ने र पर्यटन व्यवसायमा थप ऊर्जा थप्ने विश्वास गरिएको छ।

प्रकाशित: २०८२ माघ २० गते मङ्गलबार ०१:३९
प्रतिक्रिया

थप समाचार

अनलाइन अपोइन्टमेन्ट लिएपनि राहदानी विभागमा घण्टौँ लाइन बस्नुपर्ने बाध्यता

काठमाडौं। त्रिपुरेश्वरस्थित राहदानी विभागमा अनलाइनमार्फत अपोइन्टमेन्ट बुक गरेर आएका सेवाग्राहीले समेत घण्टौँ लाइनमा बस्नुपर्ने बाध्यता भोगिरहेका छन्। अनलाइन प्रणालीमार्फत समय निर्धारण...

सम्भावनाको दोबाटोमा भैरहवाः पुरानो गल्ला व्यापारदेखि औद्योगिकीकरणको मार्गमा

आज भैरहवा इतिहास र सम्भावनाको दोबाटोमा छ। एकातिर पुरानो गल्ला व्यापार, तोरीको तेल, चामल निर्यात र सीमापार कारोबारको विरासत छ भने अर्कोतिर आधुनिक उद्योग, अन्तर्राष्ट्रिय विमानस्थल, स्वास्थ्य...

कोशी प्रदेशका विभिन्न जिल्लामा दुई दिन विद्युत आपूर्ति बन्द हुने

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले केरौन १३२/३३ केभि सबस्टेसन आयोजनाद्वारा कोशी प्रदेशका विभिन्न जिल्लाहरूमा दुई दिन विद्युत आपूर्ति बन्द हुने भएको जनाएको छ। प्राधिकरणले जारी गरेको सूचना...

पत्रकारहरूमाथि प्रहरीको धरकपड

काठमाडौँ: विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारलाई लिएर प्रहरीले पत्रकार र मिडिया हाउसहरूमाथि धरपकड गरेको छ। शुक्रबार सादा पोशाकमा कार्यालयमै पुगेर प्रहरीले नेपाल प्रेसका पत्रकार विश्वमणि...

‘मिनी टिलर’ गोरुको विकल्प बन्दै

भोजपुर। दुर्गम पहाडी जिल्ला भोजपुरमा गोरुको विकल्पकारुपमा मिनी टिलरको प्रयोग बढ्दै जान थालेको छ । पछिल्लो समय जिल्लामा मिनी टिलरको बिक्री बढेको सिद्धकाली सप्लार्यसका प्रोपाइटर बाजिम मगरले...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना