काठमाडौँ:काठमाडौँबाट टर्कीका लागि उडेको टर्किस एयरको जहाजमा समस्या देखिएपछि भारतको कोलकत्तामा आकस्मिक अवतरण गरेको छ। जहाजको दायाँ इन्जिनमा आगजनी भएपछि कोलकत्ता डाइभर्ट गरिएको थियो।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले एक विज्ञप्ति जारी गर्दै ३ बजेर ३ मिनेटमा सकुशल अवतरण भएको छ। टर्किस एयर फ्लाईट नम्बर टीके-७२७/ए ३३३ को जहाज त्रिभुवन विमानस्थलदेखि स्तानवुलको लागि दिउँसो १:२९ बजे उडान गरेको थियो। उचाई लिने क्रममा दायाँ इन्जिनमा आगो देखिएको थियो।
जहाजमा २२५ यात्रु र चालक दलका ११ सदस्यसहित २३६ जना रहेका थिए।



