जेनजी आन्दोलनपछि नष्ट भएको सर्वोच्च अदालतको भौतिक संरचना निर्माणको काम धमाधम भइरहेको छ। जेनजी आन्दोलनको क्रममा भदौ २४ गतेको आगजनी, ढुङ्गामुढा, तोडमोड र लुटपाटका कारण अदालतको भौतिक संरचना पूर्णरूपमा नष्ट भएको थियो भने मुद्दाका मिसिलहरूसमेत जलेका थिए।