२०८३ कार्तिक १५ गते शनिवार

३ मिनेटमा सात लिटर बढी दूध दोहेर पाठक बने नेपालकै पहिलो दूध दुहुने प्रतियोगिताको विजेता

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, माघ २२
dudha

काठमाडौँ: नेपालमै पहिलो पटक पशुपालक किसानहरूबीच आयोजना गरिएको दूध दुहुने प्रतियोगितात्मक रियालिटी शो ‘दूध’ का विजेता ताराप्रसाद पाठक बनेका छन्। उनले ३ मिनेटमा ७.४

कार्यक्रममा भरतपुर महानगरपालिकाका व्यावसायिक पशुपालकमध्ये दूध विविधीकरण गर्ने सहकारीमार्फत दूध बिक्री गर्ने २० जना किसान छनोट गरी प्रतिस्पर्धा गराइएको थियो। प्रतियोगितामा वासुदेव पौडेल दोस्रो, मथुरा महतो तेस्रो तथा धनमाया भण्डारी सान्त्वना भए। प्रथम स्थान हासिल गरेका पाठक विभिन्न पेसा छाडेर पशुपालनमा लागेको जनाइएको छ।

दोस्रो भएका पौडेल अमेरिका जाने क्रममा ठगीमा परेपछि पशुपालनमा फर्किएका थिए। तेस्रो भएका महतो कूलत त्यागेर पशुपालनमा होमिएको प्रतियोगिताका आयोजक विवेक पोख्रेलले बताए।

सान्त्वना प्राप्त भण्डारी र उहाँको परिवारको मुख्य पेसा पशुपालन रहेको जनाइएको छ। गाईका कल्चौँडोसँग अभ्यस्त किसानलाई बजारमा पुग्ने दूधका ‘ब्रान्ड एम्बेसडर’का रूपमा स्थापित गर्ने र पशुपालन पेसालाई मर्यादित एवं सम्मानित बनाउने उद्देश्यले ‘शो’ सञ्चालन गरिएको आयोजकले जनाएको छ। उक्त शोमा किसानको दूध दुहुने सीपसँगै पशुप्रतिको व्यवहार, आहार व्यवस्थापन, गोठको सरसफाइ र दूधको शुद्धताजस्ता पक्षहरूको मूल्या‌ंकनका आधारमा विजेता घोषणा गरिएको कार्यक्रमका निर्माता रविन सुवेदीले जानकारी दिए।

उक्त कार्यक्रमले मेहनती किसानको सम्मानसँगै पशुपालक किसानको अवस्था देखाउनुका साथै नयाँ पुस्ताले बुझ्ने गरी मेहनत र सङ्घर्षका कथा रोचक ढङ्गले प्रस्तुत गरिएको सुवेदीले बताए। पहिलो संस्करणप्रति सकारात्मक प्रतिक्रिया प्राप्त भएकाले नेपाल सरकारसँग सहकार्य गरी आगामी दिनमा पनि कार्यक्रमलाई थप जानकारीमूलक र बृहत् बनाउने योजना रहेको उनको भनाइ छ।

कार्यक्रम संयोजक गोविन्द न्यौपानेले पशुपालनकै माध्यमबाट धेरै किसानले आर्थिक उन्नति हासिल गरेको अवस्थामा किसानलाई ‘आइडल’ बनाउने उद्देश्यले ‘शो’ सञ्चालन गरिएको उल्लेख गरे। खेती नामक संस्थाले मुख्य प्रायोजन गरेको कार्यक्रममा भरतपुर महानगरपालिका प्रवर्द्धकका रूपमा रहेको थियो। प्रतियोगिताको निर्णायकमा भरतपुर महानगरपालिकाका वरिष्ठ कृषि अर्थविज्ञ तेजेन्द्रप्रसाद पौडेल, कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपप्राध्यापक शत्रुघन शाह, केन्द्रीय दुग्ध उत्पादक सहकारी सङ्घका उपाध्यक्ष भगिरथ तिमिल्सेना तथा राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम रामपुरका प्राविधिक अधिकृत डा यज्ञराज पाण्डे रहेका थिए।

प्रकाशित: २०८२ माघ २२ गते बिहिबार ०२:४१
प्रतिक्रिया

थप समाचार

अनलाइन अपोइन्टमेन्ट लिएपनि राहदानी विभागमा घण्टौँ लाइन बस्नुपर्ने बाध्यता

काठमाडौं। त्रिपुरेश्वरस्थित राहदानी विभागमा अनलाइनमार्फत अपोइन्टमेन्ट बुक गरेर आएका सेवाग्राहीले समेत घण्टौँ लाइनमा बस्नुपर्ने बाध्यता भोगिरहेका छन्। अनलाइन प्रणालीमार्फत समय निर्धारण...

सम्भावनाको दोबाटोमा भैरहवाः पुरानो गल्ला व्यापारदेखि औद्योगिकीकरणको मार्गमा

आज भैरहवा इतिहास र सम्भावनाको दोबाटोमा छ। एकातिर पुरानो गल्ला व्यापार, तोरीको तेल, चामल निर्यात र सीमापार कारोबारको विरासत छ भने अर्कोतिर आधुनिक उद्योग, अन्तर्राष्ट्रिय विमानस्थल, स्वास्थ्य...

कोशी प्रदेशका विभिन्न जिल्लामा दुई दिन विद्युत आपूर्ति बन्द हुने

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले केरौन १३२/३३ केभि सबस्टेसन आयोजनाद्वारा कोशी प्रदेशका विभिन्न जिल्लाहरूमा दुई दिन विद्युत आपूर्ति बन्द हुने भएको जनाएको छ। प्राधिकरणले जारी गरेको सूचना...

पत्रकारहरूमाथि प्रहरीको धरकपड

काठमाडौँ: विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारलाई लिएर प्रहरीले पत्रकार र मिडिया हाउसहरूमाथि धरपकड गरेको छ। शुक्रबार सादा पोशाकमा कार्यालयमै पुगेर प्रहरीले नेपाल प्रेसका पत्रकार विश्वमणि...

‘मिनी टिलर’ गोरुको विकल्प बन्दै

भोजपुर। दुर्गम पहाडी जिल्ला भोजपुरमा गोरुको विकल्पकारुपमा मिनी टिलरको प्रयोग बढ्दै जान थालेको छ । पछिल्लो समय जिल्लामा मिनी टिलरको बिक्री बढेको सिद्धकाली सप्लार्यसका प्रोपाइटर बाजिम मगरले...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना